Headline

जर्सी बेचेर कति कमाउछन् क्लबहरु ?

Published

on

अहिले कुनै पनि क्लबले एक लोकप्रिय खेलाडीलाई भित्र्याउछ भने त्यँहा खेलको मात्रै कुरा आउँदैन । कुरा आँउछ त पैसा र क्लबको बढ्ने प्रतिष्ठाको ।

विश्वमा खेल भन्दा पनि व्यवसाय सोच्ने क्लबहरुको पनि कमी छैन । नाम चलेको क्लबहरुले खेलाडी किने पछि जर्सीको बिक्री वितरणलाई बढावा दिन अनलाइनमा आफ्नै पसल थाप्न पनि बेर लगाउदैनन् । जर्सीको बिक्री क्लबहरुको आर्थिक लाभसँग प्रत्यक्ष सम्बन्धित छ ।

धेरै समर्थक र फुटबल विश्लेषक पनि कहिले त खेलको कुरा गर्न छोडेर फुटबल जर्सीको कस्तो छ भने बिषयमा हानथाप गर्न भ्याउछन् ।

यसो सोच्नुस् त विश्वका परिचित खेलाडीहरु लियोनल मेस्सी, क्रिष्चियानो रोनाल्डो र किलियन एम्बाप्पेको जर्सीहरु मात्रै कति बिक्री हुन्छन् होला ?

करोडौँमा? तपाईंले सही सोच्नुभयो । त्यसबाट क्लबलाई हुने फाईदा अझै अर्बौँमा ? तर यो सबै कथाहरु हुन् र तपाईं भ्रममा हुनुन्छ, तपाईंको भ्रम चकनाचूर गरेकोमा माफ गर्नुहोला ।

क्लबहरुले जर्सीको मात्रै बिक्रिबाटै कति पैसा कमाउँछन् होला ? 

तपाईं हामीले लगाउने फुटबल क्लबका जर्सीहरु सबै ओरिजिनल हुन्छन् भन्ने हुँदैन ।

धेरै फुटबल क्लबहरुको जर्सी एसिया तथा बिभिन्न महादेशमा प्रतिलिपी नै जाने हुन र क्लबहरुले त्यो सबै जर्सीको पैसा पाउने आशनै नराखे हुन्छ तर उनीहरुले आफ्नो ओरिजिनल जर्सी बेचेर कति कमाउलान ?

हरेक क्लबहरुको आफ्नै जर्सी प्रायोजक हुन्छन् र क्लबहरुले त्यसको जर्सी बिक्रीबाट पाउने पैसा पनि भिन्न-भिन्नै । कतिपय क्लबहरुले बेचिएका जर्सीबाट प्रतिशतको हिसाबमा कमिसन खान्छन् भने कतिले आँफै जर्सीको सबै पैसा लिन्छन् ।

विश्वकै लोकप्रिय क्लबहरुले जर्सीको बिक्रीबाट कममा ७ दशमलव ५ प्रतिशतको नाफा खान्छन् भने कुनै कुनै भाग्यमानी क्लबहरुले १५ प्रतिशत सम्मको नाफा पाउने गर्छन् ।

उदाहरणको रुपमा लिभरपुललाई राखम । लिभरपुलले २०१९ मा मात्रै विश्व प्रख्यात ब्राण्ड नाइकीसँग १ सय ५० मिलियनको सम्झौतामा हस्ताक्षर गरेको थियो । जसमा लिभरपुलले वर्षको ३० मिलियन रुपैया पाउने छ भने जर्सीको बिक्रीबाट २० प्रतिशत पाउँछ । जुन विश्वका कुनै पनि क्लबहरुले पाउने भन्दा निकै धेरै हो ।

सोच्नुहोस कि लिभरपुलले २०२०-२०२१ को सिजन एक मिलियन जर्सी बेच्यो । एउटा जर्सीको मुल्य ८० पाउन्ड परे पनि नाइकीले लिभपुललाई ८० पाउन्डको २० प्रतिशत अर्थात १६ पाउन्ड दिनु पर्ने हुन्छ र एक जर्सीमा १६ पाउन्ड पाउने लिभरपुलले १६ मिलियन वर्षको जर्सी बेचेरै कमाउछ । वर्षको ३० मिलियन पाउन्ड नाइकीबाट र जर्सी बेचेर एक वर्षमा १६ मिलियन पाउन्ड कमाउने लिभरपुलले एक वर्षमा ४६ मिलियन त आफ्नो ब्राण्डले नै कमाउने गर्छ ।

फाईदा नै यात्रो हुने भए पछि क्लबहरुले किन जर्सी बेचे मार्फत कम प्रतिशत लिएका होलान ?

कारण यस्तो छ ।विश्वमा जर्सी उत्पादन कम्पनीहरु जस्तै एडिडास, पुमा, नाइकी र न्यु ब्यालेन्सले जर्सीको डिजाइन र जर्सी बनाइदिए मार्फत आफु पनि पैसा राख्ने गर्छन् र थोरै हिस्सा क्लबहरुलाई दिने गर्छन् जस्ले गर्दा कम्पनी र क्लब दुवै घाटामा जान पाउदैनन् । यि कम्पनीहरुले आफ्नो लोगो त जर्सीमा हाल्ने नै भए तर त्यो भन्दा पनि आफ्नो पनि ब्रान्डिङ गर्न छुटाउदैनन् ।

अर्को कम्पनी र क्लबको मार्केटिङको ठुलो उदाहरण हो म्यानचेस्टर युनाइटेड र एडिडास । एडिडास र म्यानचेस्टर युनाइटेडबीच जर्सी बनाउनका लागि १० वर्षको सम्झौता रहेको छ । यस बिच युनाइटेडले एडिडासले नै बनाएको जर्सी लगाउनु पर्ने हुन्छ ।

१० वर्षमा युनाइटेडलाई एडिडासले ७ सय ५० मिलियन पाउन्डको हराहरीमा पैसा बुझाउनु पर्दा एडिडास कहिले पनि घाटामा जादैन । किन ? किन भने म्यानचेस्टर युनाइटेडको नामले एडिडस बिक्ने गर्छ ।

कुन क्लबको जर्सी विश्वमा बढी बिक्री होला ?

जब २०१८ मा चेल्सीले अमेरिकि स्टार क्रिष्चियन पुलिसिचलाई स्टामफोर्ड ब्रिज भित्र्याएको थियो उसले एक राम्रो खेलाडी मात्र किनेको थिएन, एउटा देशको पुरै फुटबल बजारनै किनेको थियो ।

अमेरिका ठुलो देश भए पनि फुटबलरहरु कमै प्रिमियर लिगमा देखा पर्छन त्यही कुराको फाइदा उठाउदै चेल्सीले पुलिसिचलाई किनेको थियो । चेल्सीले अहिले अमेरिकामा मात्रै कुल ६० प्रतिशत जर्सी पछाडि पुलिसीच १० लेखिएको जर्सी बेच्ने गरेको छ ।

यस्तै विश्वमा सबै भन्दा धेरै बिक्री हुने जर्सी भनेको पहिलो बार्सिलोना र दोस्रो रियल म्याड्रिडको हो । तेस्रोमा हेर्ने हो भने चेल्सी र चौथोमा युभेन्टस रहेका छन् भने म्यानचेस्टर सिटी र जर्मनका दुई ठुला महारथी बायर्न म्युनिख र बोरुसिया डर्ट्मण्डको पनि उत्तिकै बिक्री हुने गर्छन् ।

तर प्लानेट फुटबल नामक एक संस्थाले गरेको अनुसन्धान अनुसार २०१८-२०१९ को सिजनमा म्यानचेस्टर युनाइटेडको जर्सीले विश्व बजार तताउदा २०१९-२० को सिजन लिभरपुलको जर्सीले राम्रो बिक्री गरेको थियो ।

1 Comment

Trending