Headline

इङ्गल्याण्डका ट्रिपियर सट्टेबाजी नियम उल्लंघनको आरोपमा फुटबलबाट १० साताका लागि प्रतिबन्धित

Published

on

इङ्गल्याण्ड राष्ट्रिय टोलीका फुटबलर तथा एट्लेटिको म्याड्रिड डिफेन्डर केरान ट्रिपियरलाई इङ्गल्याण्ड फुटबल एशोसिएसनले सट्टेबाजी नियम उल्लंघन गरेको आरोपमा १० हप्ताका लागि फुटबलबाटै प्रतिबन्ध गरेको छ ।

३० बर्षिय ट्रिपियरको फुटबल र फुटबल सम्बन्धित बिश्वब्यापी प्रतिबन्ध फेब्रुवरी २८ सम्मका लागि कायम रहनेछ । प्रतिबन्ध निर्णय सुनाइएको दिन (बुधबार) देखि नै लागु भएको छ । उनलाई यस अतिरिक्त ९४ हजार डलर जरिवाना पनि गरिएको छ ।

इङ्गल्याण्ड रुसमा भएको २०१८ बिश्वकपको सेमिफाइनलसम्म पुग्दाका प्रमुख खेलाडी तथा पुर्व टोटेन्ह्याम हट्स्पर स्टार ट्रिपियरले भने आफूलाई लागेको सात वटै आरोपको बिरोध गर्दै आएका छन् । इङ्गलिस एफएले उनीबिरुद्ध लगाइएका सात मध्ये चार आरोप साबित भएको र अन्य तीन खारेज गरिएको बताएको छ ।

“जुलाई, २०१९ भएको घटनालाई लिएर लागेका सातै आरोप एट्लेटिको म्याड्रिड डिफेन्डरले अस्विकार गर्दै व्यक्तिगत सुनुवाइको लागि आग्रहर गरेका छन्,” एक इङ्गलिस एफएका प्रवक्ताले भनेका छन् । उनको अनुसार सुनुवाइको लागि एक स्वतन्त्र समिति पनि बनाइएको छ ।

ट्रिपियरलाई लागेको प्रतिबन्धका कारण उनले अब एट्लेटिको म्याड्रिडले खेल्ने १४ स्पेनिस ला लिगाका म्याचहरु गुमाउने भएका छन् । यस बाहेक च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत चेल्सीबिरुद्ध फेब्रुवरी २३ का लागि तय भएको पहिलो लेग पनि गुमाउने छन् ।

रियल म्याड्रिडबिरुद्ध मार्च ७ को लागि तय भएको म्याड्रिड डर्विमा भने उनी उपस्थित हुनेछन् ।

ट्रिपियरलाई आफूले प्राप्त गरेको पोजिसनको फाइदा उठाउदै अन्य व्यक्तिलाई यसअघि बाहिर नआएको खेलको जानकारी दिइएको आरोप लागेको थियो । मे मा उनलाई पहिलो पटक आरोप लाग्दा पनि ट्रिपियर आफू निर्दोष रहेको कुरामा अडिग रहेका थिए ।

Click to comment

Trending