Headline

राष्ट्रिय फुटबल टोली नभएका पाँच स्वतन्त्र देशहरु

Published

on

बिश्वमा कुल १ सय ९५ देशहरु भए पनि अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफामा आवद्ध राष्ट्रिय फुटबल टोलीको संख्या भने २ सय ११ छ भन्दा तपाईंहरुलाई अश्चर्य लाग्ला । यसलाई कसरी बुझ्ने भन्ने बिषयमा कन्फ्युजन भइरहदा संयुक्त अधिराज्यलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

युनाइटेड किङ्गडम भनिए पनि इङ्ल्याण्ड, वेल्स, स्कट्ल्याण्ड र नर्दन आयरल्याण्ड फिफामा छुट्टै राष्ट्रको रुपमा आबद्ध छन् । यस्तै अर्को उदाहरण नेपालले २०२२ विश्वकप छनोटका लागि खेलिरहेको चाइनिज ताइपेलाई नै लिदा हुन्छ । राष्ट्र संघमा स्वतन्त्र राष्ट्र भित्र नरहे पनि फिफा यसको फरक टोली छ ।

स्वतन्त्र राष्ट्र भएर पनि फिफा सदस्यतामा राष्ट्रिय टोली नभएका सात मुलुकहरु कुन हुन् त ?

टुभालु

ओसियाना क्षेत्रमा पर्ने यो द्विपको आफ्नो राष्ट्रिय फुटबल टोली रहेको छैन । स्वतन्त्र राष्ट्रको दर्जा पाए पनि टुभालुले कहिले पनि अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन । हवाइ र अष्ट्रेलियाको बिचमा पर्ने यो द्विपलाई बैज्ञानीकहरुले चाँडै बढ्दो समुन्द्र सतहका कारण लोप हुने राष्ट्र मध्ये पहिलो हुने अनुमान लगाएका छन् ।

सन् १८०० मा युरोपियनहरुले फेला पारेको यो द्विपको नाम एलिस आइल्याण्ड पनि रहेको थियो । लामो समय ब्रिटिस सरकारले राज गरेको यो द्विपले १९७८ मा मात्रै स्वतन्त्रता पाएको थियो भने २००० मा १ सय ८९ औँ स्वतन्त्र राष्ट्रको दर्जा पाएको थियो ।

टुभालुको टोलीले कहिले काही १५ सय सिट क्षमता भएको टुभालु राष्ट्रिय रङ्गशालामा खेल्ने गर्छ । ओसियाना फुटबल संघको आवद्ध भए पनि फिफाको सदस्य नरहेको यो टोलीले कुनै अन्तर्राष्ट्रिय स्तरको खेल खेलेको छैन । ११ हजारको जनसंख्या भएको यो द्विपको फुटबल टोलीले फाट्ट–फुट्ट प्यासफिक खेलहरु भने खेल्ने गर्छ । २०१८ मा धेरै वर्ष पछि फुटबलमा फर्किएको टुभालुले प्यासफिक खेल खेल्दा कुनै खेल नजित्दै अन्तिम स्थानमा चित्त बुझाएको थियो । अहिले भने यो देश फिफाको सदस्यता लिन लागि परेको छ ।

नौरु

ओसियाना क्षेत्रमै पर्ने यो देश विश्वको सबै भन्दा सानो देश मध्येको एक हो । १२ देखी १४ हजार सम्म जनसंख्या भएको यो देश दक्षिण प्रशान्त महासागरमा पर्ने गर्छ । १८०० को दशकमा जर्मनले राज गरेको यो देशले २० औँ शताब्दीमा आइसक्दा मात्र कोल्टे फेरेको थियो । १९६८ मा स्वतन्त्रता पाएको यो देशले राष्ट्रिय फुटबल टोली भने पाएको छैन ।

नौरुमा भएको एक अध्यानले फुटबललाई सर्वधिक लोकप्रिय सुचीको १० औँ स्थानमा राखे पनि यो द्विपमा फुटबल लोकप्रिय खेल भने होइन । नौरुमा गनेरै दुई पटक मात्र फुटबल भएका छन् । १९९४ मा सोलोमोन द्विपका पुर्व लडाकुहरु बिच र २०१४ मा नौरुको स्थानिय टोली बिच खेल भए देखी अहिले सम्म नौरुमा फुटबल खेलिएको छैन ।

भ्याटिकन सिटी

विश्वको सबैभन्दा सानो देश रहेको भ्याटिकन सिटीको पनि आफ्नो फुटबल टोली रहेको छैन । एक हजरको जनसंख्या र १०० एकड जमिन रहेको यो देश इटालीको राझ्धानी रोमको छेउमा रहेको छ । क्रिष्चियन धर्मगुरु पोपकै लागि बनाइएको यो देशले अहिले सम्म अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको छैन ।

१९२९ मा इटाली र होली सि बिच भएको सम्झौता पछि स्वतन्त्र राष्ट्र भएको यो मुलुकमा निकै कम फुटबल खेलिन्छ । अन्तर्राष्ट्रिय टोली नभए पनि भ्याटिकन सिटीमा फुटबल भने निकै लोकप्रिय छ । फिफा र युएफाको सदस्य नभए पनि भ्याटिकन सिटीले प्रतिनीधि टोली भने बनाएको थियो ।

भ्याटिकन सिटीले १९९४ मा आफ्नो पहिलो अनौपचारिक खेल खेलेको थियो जहाँ उसले स्यान मरिनोलाई बराबरीमा रोकेको थियो । भ्याटिकन सिटीले आजको दिन सम्म कुल १४ अनौपचारिक खेलहरु खेलेको छ । सुरक्षाकर्मी, प्रहरी र हुलाकीहरुको जमातले भरिएको टोलीले भने अहिले सम्म फिफाको सदस्यता पाएको छैन ।

किरिबास

राष्ट्रिय टोली नभएको मध्ये सबै भन्दा ठुलो राष्ट्र किरिबास प्रशान्त महासागरमा पर्ने राष्ट्र हो । ३३ द्विपहरु मिलेर बनेको यो देशमा १ लाख १० हजारको हाराहारीमा जनसंख्या रहेको छ । लामो समय बेलायती शासनमा रहेको यो मुलुकले १९७९ मा स्वतन्त्रता पाएको थियो । टुभालु जस्तै किरीबास पनि बढ्दो समुन्द्र सतहका कारण लोप हुने देश मध्येको एक हो । किरिबासको सरकारले पनि त्यो कुरालाई मध्येनजर गर्दै अन्य स्थानमा द्विपहरु किन्न थालिसकेको छ ।

किरीबासको राष्ट्रिय टोली ओसिनियाको फुटबल संघमा आवद्ध रहे पनि फिफामा भने सदस्य रहेको छैन । किरिबासले १९७९ यता १० खेल मात्र खेलेको छ । प्यासिफिक खेलको तीन संस्करणमा भाग लिदा कुल १० खेल खेलेको किरिबासले एकमा पनि जित हात पार्न सकेको छैन । १९७९ मा आफ्नो पहिलो खेलमा फिजीसँग २४–० ले पराजित भएको किरिबासले २०११ यता कुनै खेल खेलेको छैन । २५०० सिटी क्षमता भएको राष्ट्रिय रङ्गशाला पनि जिर्ण अवस्थामा रहेको छ ।

मोनाको

तपाईंहरुले फ्रेन्च लिग खेल्ने टोली एएस मोनाकोको नाम त सुन्नु भएकै होला ? त्यही फुटबल क्लब अवस्थित देश हो मोनाको । विश्वको दोस्रो सानो देश रहेको मोनाको स्वतन्त्र राष्ट्र हो । ४० हजारको जनसंख्या रहेको मोनाको फ्रान्सको तटिय भुभाग डि’अजुरमा रहेको छ ।

मोनाको एक स्वतन्त्र राष्ट्र भए पनि यो देशमा राष्ट्रिय टोली भने छैन । तर पनि यहा एक ठुलो क्लब भने रहेको छ । मोनाको राष्ट्रिय टोली भन्दा पनि आफ्नो क्लबलाई ठुलो र धनी बनाउन चाहन्छ । एएस मोनाकोले आठ लिग वान जितेको छ भने उसले २००४ को च्याम्पियन्स लिग फाइनल पनि खेलेको थियो । १६ उपाधिहरु जितिसकेको मोनाकोको क्लब फ्रान्समा निकै सफल मानिन्छन् । मोनाकोले आफ्नो प्रतिनीधि टोली बनाए पनि फिफा र युएफाको सदस्यता भने पाएको छैन ।

Click to comment

Trending