अन्तर्राष्ट्रिय

भारत माथि अष्ट्रेलियाको सानदार जित

Published

on

अष्ट्रेलियाले भारत विरुद्धको पहिलो टेस्टमा आठ विकेटको रोमान्चक जित हात पारेको छ । यससँगै घरेलु टोली अष्ट्रेलियाले चार खेलको शृंखलामा १-० को अग्रता कायम गरेको छ ।

पहिलो पारीमा भारतले ४३ रनको अग्रता कायम गरे पनि दोश्रो पारीमा भारतलाई मात्र ३६ रनमा रोक्दै अष्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पाएको थियो । अष्ट्रेलियाको जितमा जो बर्न्सले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए भने म्याथ्यु वेडले ३३ रनको पारी खेले ।

अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको दोश्रो पारीमा भारत मात्र ३६ रनमा अलआउट हुन पुग्यो । यो भारतको टेस्ट क्रिकेटमा सबैभन्दा सानो योगफल हो ।

तेश्रो दिनको खेल नौं रनमा एक विकेटको स्थितीबाट सुरु गरेको भारतले मात्र २७ रन जोड्दा उसले आठ विकेट गुमायो । अन्तिममा ब्याटिङ गर्न आएका मोहम्मद शामी भने घाइते भए पछि ब्याटिङ गर्न सकेनन् ।

भारतको तर्फबाट कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका ओपनर मायंक अगरवालले सर्वाधिक नौं रनमा आउट भए भने हनुमान बिहारी आठ तथा कप्तान बिराट कोहली, रिद्दीमन शाह र उमेश यादव समान ४-४ तथा जस्प्रित बुम्रा दुई रनमा पेभेलियन फर्किए । चेतेश्वर पुजारा, अजिंक्य रहाने र रविचन्द्रन अश्विनले भने रनको खाता पनि खोल्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जश हेजलउडले सर्वाधिक पाँच तथा प्याट कमिन्सले चार विकेट हात पारे । हेजलउडले पाँच ओभरमा तीन मेडन ओभर सहित आठ रन खर्चिए भने कमिन्सले १० दशमलब दुई ओभरमा २१ रन खर्चिए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिंङ गरेको भारतले आफ्नो पहिलो पारीमा २४४ रनको सानो योगफलमा समेटिएको भने अष्ट्रेलियालाई पहिलो पारीमा १९१ रनमा रोक्दै ४३ रनको अग्रता लिन सक्यो ।

भारतको तर्फबाट कप्तान कोहलीले सर्वाधिक ७४ रन बनाए भने चेतेश्वर पुजाराले ४३ तथा अजिंक्य रहानेले ४२ रनको पारी खेले ।
भारतले सुरुवात राम्रो गर्न सकेन । ओपनर पृथ्वी श दुई बल खेल्दै मिचेल स्टार्कको बलमा डक आउट हुन पुगे भने अर्का ओपनर मायंक अगरवालले पनि १७ रन भन्दा जोड्न सकेनन् ।

त्यस पछि आएका पुजारा र विराट कोहली तेश्रो विकेटका लागि ६८ रन जोड्दै भारतको पारी सम्हाल्ने प्रयास गरे । तर १६० बलको सामना गरेका नाथन लायोनको शिकार बन्न पुगे। टेस्ट क्रिकेटमा आफ्नो २३ औं अर्धशतक बनाएका कोहलीले रहानेसँग चौथों विकेटका लागि ८८ रन जोडे पछि दुर्भाग्यपूर्ण रनआउट हुन पुगे । कोहली आउट भए पछि रहाने पनि धेरै क्रिजमा टिक्न सकेनन् भने हनुमान बिहारीले पनि १६ रन भन्दा जोड्न सकेनन्।

भारतलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका तिब्र गतिका बलरहरु मिचेल स्टार्कले सर्वाधिक चार विकेट लिए भने अर्का तिब्र गतिका बलर प्याट कमिन्सले पनि तीन विकेट हात पारे भने जस हेजलउड र नाथन लायोनले समान १-१ विकेट हात पारे। स्टार्कले २१ ओभरमा पाँच मेडन ओभर सहित ५३ रन खर्चिए भने कमिन्सले २१ दशमलब एक ओभरमा सात मेडन सहित ४८ रन दिए ।

भारतले बनाएको २४४ रन पक्ष्याएको अष्ट्रेलियाले सुरवात नै राम्रो गर्न सकेनन् । उसका ओपनरद्वय म्याथ्यु वेड र जो बर्न्स समान ८-८ रनमा आउट भए भने स्टिभ स्मिथले पनि एक रन भन्दा जोड्न सकेनन् । ट्राभिस हेड सात तथा क्यामरुन ग्रिन ११ रनमा तथा मार्नस लाबुशन ४७ रनमा पेभेलियन फर्किए ।

७९ रनमा पाँच विकेट गुमाएको अष्ट्रेलियाको लागि कप्तान टिम पेनले अविजित ७३ रन जोड्दै भारतको अग्रता कम गर्न सफल रहे ।

अष्ट्रेलियालाई सास्तैमा रोक्ने क्रममा रविचन्द्रन अश्विनले सर्वाधिक चार विकेट लिए भने उमेश यादव र जस्प्रित बुम्राले क्रमश तीन र दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending