अन्तर्राष्ट्रिय

कप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद पहिलो टेस्टको पहिलो दिन भारत निरिह

Published

on

घरेलु टोली अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो दिनकप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद भारतले खराब सुरुवात गरेको छ । अष्ट्रेलियन बलरहरु हाबी हुँदा भारतले पहिलो दिनको खेलको समाप्तीमा ८९ ओभर खेल्दै छ विकेट गुमाएर २३३ रन मात्र बनाउन सक्यो ।

भारतको तर्फबाट कप्तान कोहलीले सर्वाधिक ७४ रन बनाए भने चेतेश्वर पुजाराले ४३ तथा अजिंक्य रहानेले ४२ रनको पारी खेले ।

भारतले सुरुवात राम्रो गर्न सकेन । ओपनर पृथ्वी श दुई बल खेल्दै मिचेल स्टार्कको बलमा डक आउट हुन पुगे भने अर्का ओपनर मायंक अगरवालले पनि १७ रन भन्दा जोड्न सकेनन् ।

त्यस पछि आएका पुजारा र विराट कोहली तेश्रो विकेटका लागि ६८ रन जोड्दै भारतको पारी सम्हाल्ने प्रयास गरे । तर १६० बलको सामना गरेका नाथन लायोनको शिकार बन्न पुगे। टेस्ट क्रिकेटमा आफ्नो २३ औं अर्धशतक बनाएका कोहलीले रहानेसँग चौथों विकेटका लागि ८८ रन जोडे पछि दुर्भाग्यपूर्ण रनआउट हुन पुगे ।

कोहली आउट भए पछि रहाने पनि धेरै क्रिजमा टिक्न सकेनन् भने हनुमान बिहारीले पनि १६ रन भन्दा जोड्न सकेनन्। दिनको खेलको समाप्तीमा रिद्दिमन शाह नौं तथा रविचन्द्रन अश्विन १५ रनमा अविजित रहेका छन्।

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक दुई विकेट लिए भने जस हेजलउड, प्याट कमिन्स र नाथन लायोनले समान १-१ विकेट हात पारे।

Click to comment

Trending