Headline

प्रिमियर लिग: सिटी र युनाइटेडको म्यानचेस्टर डर्बी, चेल्सी र एवर्टन भिड्दै

Published

on

प्रिमियर लिगमा शनिबार १२ औँ चरणका खेलहरु सुरु हुँदै छन् । दिनको पहिलो खेलमा वुल्भ्सले एस्टन भिल्ला विरुद्ध खेल्दै छ ।

१७ अंक सहित १० औँ स्थानमा रहेको वुल्भ्सले १५ अंक सहित १२ औ स्थानमा रहेको एस्टन भिल्लाको सामना गर्दा आफ्नो स्टार खेलाडी राउल हिमिनेजलाई यो खेलका लागि गुमाएको छ । टाउकोमा लागेको चोटका कारण हिमिनेजले यो खेल गुमाउन लागेका हुन् ।

यो खेल नेपाली समय अनुसार ६:१५ मा सुरु हुने छ ।

यस्तै आजै हुने अर्को खेलमा न्युकासल युनाइटेड र वेष्ट ब्रोम भिड्दै छन् । न्युकासलको सेन्ट जेम्स पार्कमा हुने खेलमा रेलिगेसन जोनमा रहेको वेष्ट ब्रोम र न्युकासल भिड्दा वेष्ट ब्रोमले जित निकालेको खण्डमा ९ अंकका साथ रेलिगेसन जोनबाट बहिर निस्किने छ । खेल नेपाली समय अनुसार ८:४५ मा सुरु हुने छ ।

यस्तै दिनको मुख्य खेल म्यानचेस्टर डर्बीमा आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्दै छन् । ओल्ड ट्राफोर्डमा हुने खेलमा युनाइटेडका लागि सबै खेलाडीहरु फिट रहेका छन् भने सिटीका लागि सर्जियो अग्वेरोले खेलको शुरुवातमा खेल्न नसक्ने सिटीका प्रशिक्षक पेप गोर्डियोलाले बताइसकेका छन् ।

यस सिजन अवे खेलमा पाँच खेल हारिसकेको सिटीले होममा राम्रो प्रदर्शन गर्न नसकिरहेको युनाइटेडसँग भिड्दा खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । अघिल्लो सिजन सिटीलाई होम र अवे दुवैमा हराउन सफल भएको युनाइटेडले सिटीलाई लगातार चार खेलमा पराजित गर्न सकेको छैन ।

वुधबार भएको च्याम्पियन्स लिगमा आरबी लाइपजिगसँग पराजित हुँदै युरोपा लिगमा झरेको युनाइटेडलाई सिटीसँगको खेल निकै महत्वपूर्ण हुने छ ।

यो खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ ।

यस्तै मध्यरातको खेलमा भने चेल्सीले एवर्टनको सामना गर्ने छ ।

एवर्टनको घर गूडिसन पार्कमा हुने खेलमा चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले आफ्नो पुर्व प्रशिक्षक कार्लो एन्जोलोटी विरुद्ध खेल्दै छन् । एवर्टनका लागि स्टार खेलाडी हमेज रोड्रिगेजले चोटका कारण यो खेल गुमाउने छन् भने चेल्सीका लागि ह्यामस्टरिङ्गका कारण हाकिम जियाच र क्यालुम हड्सन ओडोइले यो खेल गुमाउने छन् भने क्रिष्चियन पुलिसीचको चोटको बारे लामपार्डले गम्भिर हुन नपर्ने बताएका थिए ।

यो खेलमा जित हात पार्न सके चेल्सी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने छ ।

खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

Click to comment

Trending