Headline

एमबाप्पेले पुरा गरे पिएसजीका लागि गोलको शतक

Published

on

फ्रेन्च स्टार फुटबलर किलियन एमबाप्पे अन्तिम समयमा मैदान प्रवेश गरेपनि पेरिस सेन्ट जर्माइनका लागि एक सयौं गोल गर्न सपल भएका छन् ।

लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले मोन्टपेलियरलाई पराजित गर्दा एमबाप्पेले ७८ औं मिनेटमा गोल गरेपछि डिफेन्डिङ्ग च्याम्पियनले ३–१ को सहज जित हात पार्यो ।

अर्को हप्ता हुने च्याम्पियन्स लिग अन्तर्गत टर्किस टोली इस्तानबुल बसकसेहिरबिरुद्धको खेलका लागि ब्राजिलियन सुपरस्टार नेमारलाई बचाएर राखेको पिएसजीले एमबाप्पेलाई पनि शुरुवाती ११ मा खेलाएको थिएन । कोलिन दाग्बाले ३३ औं मिनेटमा आफ्नो पहिलो करिअर गोल गर्दै पिएसजीलाई ३३ औं मिनेटमै अग्रता दिलाएका थिए ।

इङ्गलिस फर्वार्ड स्टेफि माभिडिडिले पहिलो हाफ सकिनु अघि मोन्टपेलियरका लागि बराबरी गोल फर्काएका थिए । ७७ औं मिनेटमा रफिन्हाले काउन्टर अट्याकमा बनाएको मुभमा मोइजे किनले गोल गर्दै पिएसजीलाई फेरि अग्रता दिलाए । किनको सातौं लिग खेलमा पाचौं गोल गरेका हुन् ।

एक मिनेटपछि नै किनको ठाँउमा मैदान प्रवेश गरेका एमबाप्पेले लेभिन कुर्जार्वाको क्रसमा गोल गरेका थिए । एमबाप्पेलाई पिएसजीका लागि एक सयौं गोल गर्न सबै प्रतियोगिता गरेर १ सय ३७ खेल लागेको हो ।

पिएसजीको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको सुचिमा एमबाप्पे डोमिनिक रोचेतुसँगै संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् । उरुग्वे फर्वार्ड एडिन्सन काभानीले पिएसजीका लागि सर्वाधिक २ सय गोल गरेका छन् भने स्विडिस लेजेण्ड ज्लाटन इब्राहिभोचि १ सय ५६ गोल सहित दोश्रो स्थानमा रहेका छन् ।

यस्तै पाउलेटो १ सय ९ गोल सहित तेश्रो स्थानमा छन् । लिग वानमै शनिबार भएको अर्को खेलमा लेन्ससँग २–० ले पराजित भएको रेनेसले पछिल्लो सात मध्ये ६ खेलमा पराजय व्यहोरेको छ ।

Click to comment

Trending