Headline

प्रिमियर लिग आज: फुलह्यामको सामना गर्दै सिटी,लिड्स र चेल्सी बिचको प्रतिस्पर्धा

Published

on

प्रिमियर लिगमा आज ११ औँ चरणका खेलहरु हुँदै छन् । नेपाली समय अनुसार ६:१५ मा हुने पहिलो खेलमा बर्नलीले एवर्टनसँग खेल्दै छ । प्रिमियर लिगको सुरुवातमा सबै खेल जित्दै पहिलो स्थानमा समेत रहन सफल भएको एवर्टनले आफ्नो पछिल्लो पाँच खेलमा एक खेल मात्र जितेको छ । बर्नलीले यो सिजन अहिले सम्म एक खेल मात्रै जितेको छ ।

आजै हुने अर्को खेलमा भने फुलह्यामले म्यानचेस्टर सिटीको सामना गर्दै छ । आफ्नो अघिल्लो खेलमा बर्नलीलाई ५-० ले पराजित गरेको सिटीले यसै सिजन प्रिमियर लिगमा बढुवा भएको टोली फुलह्यामको सामना गर्दै छ । फुलह्याम हाल प्रिमियर लिगमा दुई खेलमा जित र एक बराबरी खेल्दै ७ अंकका साथ १७ औँ स्थानमा रहेको छ । यो सिजन खासै राम्रो खेल्न नसकेको सिटी पनि १४ अंकका साथ ११ औँ स्थानमा रहेको छ ।

सिटीका लागि यो खेलमा सर्जियो अग्वेरोले लामो समयको चोट पछी आगमन गर्ने विश्वास गरिएको छ । यो खेल नेपाली समय अनुसार ८:४५ बजे सुरु हुने छ ।

यस्तै आज हुने मध्यरातको खेलमा चेल्सीले लिड्स युनाइटेडको सामना गर्दै छ । चेल्सी र लिड्स बिच अप्रत्यासित प्रतिस्पर्धा रहने गरेको छ । लिड्सका समर्थकहरु चेल्सीका पुर्व मालिक केन बेट्सले लिड्सलाई किने पछि क्लबको दुर्गती सुरु भएको मान्छन र आफ्नो क्लबलाई बिथोल्दिएको कारण देखाउदै चेल्सीलाई मन पराउदैनन् र हाल चेल्सीका प्रशिक्षक रहेका फ्रांन्क लामपार्ड च्याम्पियनसिपमा डर्बी काउन्टीमा रहदा लिड्स विरुद्ध परेको कडा टक्कर र लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साको ‘स्पाइगेट कण्ड’ का कारण चेल्सी र लिड्स विरुद्धको खेल निकै खास हुने छ ।

यो पनि पढ्नुहोस:प्रिमियर लिगमा फर्किएको लिड्स र जासुस बिएल्साको ‘स्पाइगेट’ काण्ड

चेल्सी र लिड्स अन्तिम पटक २०१३ मा लिग कपमा खेल्दा चेल्सीले लिड्सलाई ५-१ ले हराएको थियो । अन्तिम पटक २००४ प्रिमियर लिगमा भेट्दा १-० ले पराजित भएको लिड्सलाई आज १६ वर्ष पछि त्यो हारको बदलालिने अवसर हुने छ ।

चेल्सीका लागि सबै खेलाडी फिट रहेका प्रशिक्षक फ्रांन्क लामपार्डले बताएका छन् । गएको बुधवार च्याम्पियन्स लिगमा चार गोल गरेका ओलिभर जिरुड यो खेलका लागि टोलीमा पर्ने सक्ने छन् । लिड्सका लागि पनि यो खेल प्रतिस्पर्धाकै लागि भए पनि उतिकै महत्वपूर्ण रहेको छ ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ । आजै हुने ११:१५ को खेलमा भने वेष्ट ह्यामले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ ।

 

Click to comment

Trending