Headline

रोनाल्डो र मेस्सीलाई पनि पछि पारेका हालान्ड के सर्वकालीन महान बन्लान ?

Published

on

एर्लिङ्ग हालान्ड गोल नगरि बस्नै सक्दैनन् ।

यस्तो लाग्छ उनले फेरि गोल गरेको वा नयाँ रेकर्ड तोडेको भन्दै नाम नआएको कुनै हप्ता छैन । बोरुसिया डर्टमण्डका यी २० बर्षिय स्ट्राइकरको तथ्यांक हेरे मात्रै पुग्छ ।

हालान्डले नर्वेका लागि जम्मा ७ खेल खेलेका छन् तर ६ गोल भने ठोकिसकेका छन्, पहिलो गोल दुई महिना अगाडी मात्रै गरेका थिए । उनले यो सिजन डर्टमण्डको लागि १३ खेल खेलका छन् र मात्रै तीनमा गोल गर्न सकेनन् । उनले यो सिजन डर्टमण्डका लागि १७ गोल गरिसकेका छन् । यस क्रममा शनिबार एकै बुन्डेसलिगा खेलमा चार गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको किर्तिमान पनि भँग गरिसकेका छन् ।

हालान्डले पछिल्लो लगातार ७ खेलमा गोल गरेका छन् र मङ्गलवार बेल्जियन टोली क्लब बुगबिरुद्धको दुई गोलले उनको नाममा च्याम्पियन्स लिगमा १६ गोल भइसकेको छ । च्याम्पियन्स लिग इतिहासमा कुनै पनि खेलाडीले आफ्नो पहिलो १२ खेलमा १६ गोल गर्न सकेका छैनन् । उनको नजिक अहिलेसम्म कुनै पनि खेलाडी रहेका छैनन् ।

उति नै म्याच खेलिसक्दा अर्जेन्टिनका लियोनेल मेस्सीले दुई गोल मात्र गरेका थिए भने रोनाल्डोले एक गोल पनि गर्न सकेका थिए । च्याम्पियन्स लिगमा उनले ब्राजिलियन पुर्व स्टारहरु रोनाल्डो र एड्रियानो भन्दा बढी गोल गरिसकेका छन् ।

युरोपियन लिग खेल्ने २१ वा त्यो भन्दा कम उमेरका उत्कृष्ट युवा खेलाडीहरुलाई दिइदै आएको गोल्डेन बोइ अवार्ड यो बर्ष उनले नै पाए । तर के उनी बिश्वकै उत्कृष्ट हुन सक्लान ?

जहाँ छोडे, त्यहीबाट अर्को शुरुवात

गत सिजन दुई क्लबका लागि ४० खेलमा ४४ गोल गर्दै अविश्वसनीय प्रदर्शन गरेका हालान्डले फेरि गोल गरिरहनु कुनै सरप्राइज होइन । गत सिजन जनवरीमा रेड बुल साल्जबर्गबाट डर्टमण्ड गएका हालान्डले नयाँ क्लबका लागि मात्रै ५९ मिनेट खेल्दा नै बुन्डेसलिग प्लेयर अफ द मन्थ घोषित भए ।

च्याम्पियन्स लिगको एन्थम उनले आफ्नो कारमा ड्राइभ गरिरहदा पनि सुन्ने गर्छन् । आफूलाई एकदम मन पर्ने प्रतियोगितामा उनले गत सिजन १० गोल गर्दै च्याम्पियन्स लिगमा पनि टिनएजरको रुपमा त्यो किर्तिमान आफ्नो नाम लेखाएका थिए ।

यस क्रममा उनले मात्र ७ खेल खेलेका थिए र च्याम्पियन्स लिगमा गोलका दोहोरो अंक छुन उनले नै सबैभन्दा कम खेल लगाए ।

ठूलो क्लबको मुभ ?

बोरुसिया डर्टमण्ड पक्कै पनि ठूलो क्लब हो । तर हालान्डले आफ्नो गोल स्कोरिङ्ग फर्मलाई अझै ठूला क्लबहरु उनलाई मोटो रकममै आबद्ध गर्न लालयित हुने पक्का–पक्की छ ।

गत सिजन समाप्त हुने बित्तिकै गरेको नयाँ सम्झौता अनुसार हालान्ड अर्को दुई बर्ष डर्टमण्डमै रहनेछन् तर २०२२ मा क्लब छोड्नको लागि राखिएको ६७ मिलियन पाउण्डको रिलिज क्लज क्रियाशिल हुनेछ । यो यस्तो रकम हो जसलाई अन्य ठूला क्लबहरुले सजिलै तिर्न सक्छन्, यदि हालान्डले गोल गरि नै रहने हो भने ।

हालान्ड स्पष्ट रुपमै एक बिजेताको रुपमा जन्मिएका हुन् । उनीमा सफलताको भोक पोर्चुगिज सुपरस्टार रोनाल्डो आफ्ना आइडल स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच जत्तिकै देखिन्छ ।

डर्टमण्डले बुन्डेसलिगा नजितेको आठ बर्ष भइसकेको छ र बायर्न म्युनिखलाई लामो समयदेखि चुनौति दिदै आएको एक मात्र क्लबले पछिल्लो पटक १९९७ मा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी जन्मिएका समेत थिएनन् । त्यसैले एक प्रमुख उपाधि जित्ने पर्खाइ समाप्त नहुने हो भने सर्वोत्कृष्ट बनेर देखाउने इखका कारण उनी अबको दुई बर्षमा अर्को क्लब पुग्नेछन् ।

तर कता ?

म्यानचेस्टर युनाइटेडले यसअघि उनलाई लिने इच्छा देखाएको भनिएपनि उसले हालान्डलाई इङ्गलिस प्रिमियर लिग वा युरोपियन उपाधि जित्ने मौका सृजना गर्न सक्छ वा सक्दैन हेर्न बाकी नै छ । स्पेनिस महारथी रियल म्याड्रिडले पनि उनलाई लिने रुचि देखाएको रिपोर्ट सार्वजनिक भएको थियो भने हालान्ड आफै पनि स्पेनको राजधानी जान रुचाउने दाबी गरिएको छ ।

त्यसपछि आफ्ना बुवा आल्फ इन्जले कुनै समय खेलेको र आफूले सानै देखि समर्थन गर्दै आएको अर्को इङ्गलिस क्लब लिड्स पनि छ । तर १६ बर्षपछि मात्रै प्रिमियर लिगमा फर्किएको टोलीबाट दुई बर्षको अन्तरालमा उपाधिको दोबेदारी गर्ने टोली बन्ने अपेक्षा गर्नु भने यथार्थपरक हुदैन ।

इमान्दारी पुर्वक भन्ने हो भने हालान्डले आफ्नो लय कायमै राख्ने हो भने आफूले रोजेको क्लब नै पाउनेछन् ।

मेस्सी र रोनाल्डो सधै यत्तिकै जान सक्दैनन्

पछिल्लो १५ बर्ष वा त्यो भन्दा बढी समय बिश्वक दुई उत्कृष्ट खेलाडीहरु ३५ बर्षिय रोनाल्डो र ३३ बर्षिय मेस्सीलाई मात्र देख्न पाउदा हामीलाई उत्कृष्ट मात्रै हेर्ने बानीले बिगारिसकेको छ । यी दुई खेलाडी एकै समयमा खेल्दा हामीले व्यवसायिक फुटबलरबाट धेरै माथिल्लो स्तरको अपेक्षा मात्रै राख्न थालिसकेका छौं ।

तर यथार्थ के हो भने मेस्सी र रोनाल्डो सधै भरि फुटबल पिचमा रहिररहने छैनन् । अथवा त्यही स्तरमा खेलिरहने छैनन् । अहिले त बायर्न म्युनिखका गोल मसिन रोबर्ट लेवान्डोस्की पनि ३२ बर्षका भइसकेका छन् । त्यसो भए के हालान्डले यी खेलाडीहरुले छोेडेको रिक्त स्थानको पुर्ति गर्न सक्लान ?

हालान्डका नर्वे राष्ट्रिय टोलीका प्रशिक्षक लार्स लागरब्याक उनले त्यसो गर्नेमा निश्चिन्त छन् ।

“म शायद धेरै लामो समयदेखि यही रहदै आएको छु र मलाई लाग्छ मेस्सी र रोनाल्डोपछि हालान्ड जसरी युवा अवस्थामा आफ्नो खेल बिकास गरेका अन्य कोही खेलाडी छैनन्,” सेप्टेम्बरमा हालान्डले नर्वेका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि लागरब्याकले भनेका थिए ।

“उनी बिछट्टै छन् र एक बिश्वस्तरीय खेलाडी बन्नका लागि सबै सम्भावनाहरु छन् । मैदानको अफेन्सिभ थर्ड र बक्समा मात्रै हेर्ने हो भने पनि उनी साच्चिकै उच्च स्तरकै छन् । जुन गुण उनीमा छ र जति केन्द्रित रहने गरेका छन्, चोटबाट मुक्त हुने हो भने उनले त्यो स्थान लिन सक्छन्,” लागरब्याकले भने ।

अन्य टप क्लास हुन सक्ने युवा प्रतिभा को छन् ?

निष्चय पनि बर्तमान बिश्व फुटबलम धेरै उत्साहित बनाउने युवा प्रतिभाहरु छन् ।

फ्रेञ्च फर्वार्ड किलियन एमबाप्पे लामै समयदेखि खेलिरहेको जस्तो लागेपनि उनी जम्मा २१ बर्षका छन् र चोटले नगाज्ने हो भने उनी लामो समय चुचुरोमै बसेर राज गर्न सक्छन् । बोरुसिया डर्टमण्डमा खेल्दै आइरहेका जेडन सान्चो र जुड बेलिङ्गम इङ्गल्याण्डका यस्ता पुस्ताका खेलाडी हुन जो फुटबलमा लामो यात्रा तय गर्न सक्छन् ।

त्यसपछि बार्सिलोनाका पेद्रि छन् । १७ बर्षिय अट्याकिङ मिडफिल्डर पेद्री अहिले मेस्सीकै संरक्षणमा छन् र उनलाई धेरै सुझावहरु दिदै आइरहेका छन् ।

रेनेसका १८ बर्षिय फ्रेञ्च मिडफिल्डर एडुवार्डो कामाभिँगाले राष्ट्रिय टोलीका लागि तीन खेल खेल्दै एक गोल गर्न समेत भ्याइसकेका छन् । उनलाई सम्झौता गराउन बिश्वका ठूला क्लबहरु पनि लागि परेको रिपोर्ट बाहिर आउन थालेको छ ।

युरोपमा उदीयमान युवा खेलाडीहरुको उपस्थिति उत्साहजनक रहे पनि हालान्डको जस्तो सानो उमेरमा धेरै कमले मात्रै आफ्नो छाप छोडेका छन् । यदि उनीबाट गोल अहिले जसरी नै निस्कने हो भने एक दिन मेस्सी र रोनाल्डोको असंख्य किर्तिमानहरु खतरामा पर्ने छन् ।

Click to comment

Trending