यस्तो लाग्छ उनले फेरि गोल गरेको वा नयाँ रेकर्ड तोडेको भन्दै नाम नआएको कुनै हप्ता छैन । बोरुसिया डर्टमण्डका यी २० बर्षिय स्ट्राइकरको तथ्यांक हेरे मात्रै पुग्छ ।
हालान्डले नर्वेका लागि जम्मा ७ खेल खेलेका छन् तर ६ गोल भने ठोकिसकेका छन्, पहिलो गोल दुई महिना अगाडी मात्रै गरेका थिए । उनले यो सिजन डर्टमण्डको लागि १३ खेल खेलका छन् र मात्रै तीनमा गोल गर्न सकेनन् । उनले यो सिजन डर्टमण्डका लागि १७ गोल गरिसकेका छन् । यस क्रममा शनिबार एकै बुन्डेसलिगा खेलमा चार गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको किर्तिमान पनि भँग गरिसकेका छन् ।
हालान्डले पछिल्लो लगातार ७ खेलमा गोल गरेका छन् र मङ्गलवार बेल्जियन टोली क्लब बुगबिरुद्धको दुई गोलले उनको नाममा च्याम्पियन्स लिगमा १६ गोल भइसकेको छ । च्याम्पियन्स लिग इतिहासमा कुनै पनि खेलाडीले आफ्नो पहिलो १२ खेलमा १६ गोल गर्न सकेका छैनन् । उनको नजिक अहिलेसम्म कुनै पनि खेलाडी रहेका छैनन् ।
उति नै म्याच खेलिसक्दा अर्जेन्टिनका लियोनेल मेस्सीले दुई गोल मात्र गरेका थिए भने रोनाल्डोले एक गोल पनि गर्न सकेका थिए । च्याम्पियन्स लिगमा उनले ब्राजिलियन पुर्व स्टारहरु रोनाल्डो र एड्रियानो भन्दा बढी गोल गरिसकेका छन् ।
युरोपियन लिग खेल्ने २१ वा त्यो भन्दा कम उमेरका उत्कृष्ट युवा खेलाडीहरुलाई दिइदै आएको गोल्डेन बोइ अवार्ड यो बर्ष उनले नै पाए । तर के उनी बिश्वकै उत्कृष्ट हुन सक्लान ?
जहाँ छोडे, त्यहीबाट अर्को शुरुवात
गत सिजन दुई क्लबका लागि ४० खेलमा ४४ गोल गर्दै अविश्वसनीय प्रदर्शन गरेका हालान्डले फेरि गोल गरिरहनु कुनै सरप्राइज होइन । गत सिजन जनवरीमा रेड बुल साल्जबर्गबाट डर्टमण्ड गएका हालान्डले नयाँ क्लबका लागि मात्रै ५९ मिनेट खेल्दा नै बुन्डेसलिग प्लेयर अफ द मन्थ घोषित भए ।
च्याम्पियन्स लिगको एन्थम उनले आफ्नो कारमा ड्राइभ गरिरहदा पनि सुन्ने गर्छन् । आफूलाई एकदम मन पर्ने प्रतियोगितामा उनले गत सिजन १० गोल गर्दै च्याम्पियन्स लिगमा पनि टिनएजरको रुपमा त्यो किर्तिमान आफ्नो नाम लेखाएका थिए ।
यस क्रममा उनले मात्र ७ खेल खेलेका थिए र च्याम्पियन्स लिगमा गोलका दोहोरो अंक छुन उनले नै सबैभन्दा कम खेल लगाए ।
ठूलो क्लबको मुभ ?
बोरुसिया डर्टमण्ड पक्कै पनि ठूलो क्लब हो । तर हालान्डले आफ्नो गोल स्कोरिङ्ग फर्मलाई अझै ठूला क्लबहरु उनलाई मोटो रकममै आबद्ध गर्न लालयित हुने पक्का–पक्की छ ।
गत सिजन समाप्त हुने बित्तिकै गरेको नयाँ सम्झौता अनुसार हालान्ड अर्को दुई बर्ष डर्टमण्डमै रहनेछन् तर २०२२ मा क्लब छोड्नको लागि राखिएको ६७ मिलियन पाउण्डको रिलिज क्लज क्रियाशिल हुनेछ । यो यस्तो रकम हो जसलाई अन्य ठूला क्लबहरुले सजिलै तिर्न सक्छन्, यदि हालान्डले गोल गरि नै रहने हो भने ।
हालान्ड स्पष्ट रुपमै एक बिजेताको रुपमा जन्मिएका हुन् । उनीमा सफलताको भोक पोर्चुगिज सुपरस्टार रोनाल्डो आफ्ना आइडल स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच जत्तिकै देखिन्छ ।
डर्टमण्डले बुन्डेसलिगा नजितेको आठ बर्ष भइसकेको छ र बायर्न म्युनिखलाई लामो समयदेखि चुनौति दिदै आएको एक मात्र क्लबले पछिल्लो पटक १९९७ मा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी जन्मिएका समेत थिएनन् । त्यसैले एक प्रमुख उपाधि जित्ने पर्खाइ समाप्त नहुने हो भने सर्वोत्कृष्ट बनेर देखाउने इखका कारण उनी अबको दुई बर्षमा अर्को क्लब पुग्नेछन् ।
तर कता ?
म्यानचेस्टर युनाइटेडले यसअघि उनलाई लिने इच्छा देखाएको भनिएपनि उसले हालान्डलाई इङ्गलिस प्रिमियर लिग वा युरोपियन उपाधि जित्ने मौका सृजना गर्न सक्छ वा सक्दैन हेर्न बाकी नै छ । स्पेनिस महारथी रियल म्याड्रिडले पनि उनलाई लिने रुचि देखाएको रिपोर्ट सार्वजनिक भएको थियो भने हालान्ड आफै पनि स्पेनको राजधानी जान रुचाउने दाबी गरिएको छ ।
त्यसपछि आफ्ना बुवा आल्फ इन्जले कुनै समय खेलेको र आफूले सानै देखि समर्थन गर्दै आएको अर्को इङ्गलिस क्लब लिड्स पनि छ । तर १६ बर्षपछि मात्रै प्रिमियर लिगमा फर्किएको टोलीबाट दुई बर्षको अन्तरालमा उपाधिको दोबेदारी गर्ने टोली बन्ने अपेक्षा गर्नु भने यथार्थपरक हुदैन ।
इमान्दारी पुर्वक भन्ने हो भने हालान्डले आफ्नो लय कायमै राख्ने हो भने आफूले रोजेको क्लब नै पाउनेछन् ।
मेस्सी र रोनाल्डो सधै यत्तिकै जान सक्दैनन्
पछिल्लो १५ बर्ष वा त्यो भन्दा बढी समय बिश्वक दुई उत्कृष्ट खेलाडीहरु ३५ बर्षिय रोनाल्डो र ३३ बर्षिय मेस्सीलाई मात्र देख्न पाउदा हामीलाई उत्कृष्ट मात्रै हेर्ने बानीले बिगारिसकेको छ । यी दुई खेलाडी एकै समयमा खेल्दा हामीले व्यवसायिक फुटबलरबाट धेरै माथिल्लो स्तरको अपेक्षा मात्रै राख्न थालिसकेका छौं ।
तर यथार्थ के हो भने मेस्सी र रोनाल्डो सधै भरि फुटबल पिचमा रहिररहने छैनन् । अथवा त्यही स्तरमा खेलिरहने छैनन् । अहिले त बायर्न म्युनिखका गोल मसिन रोबर्ट लेवान्डोस्की पनि ३२ बर्षका भइसकेका छन् । त्यसो भए के हालान्डले यी खेलाडीहरुले छोेडेको रिक्त स्थानको पुर्ति गर्न सक्लान ?
हालान्डका नर्वे राष्ट्रिय टोलीका प्रशिक्षक लार्स लागरब्याक उनले त्यसो गर्नेमा निश्चिन्त छन् ।
“म शायद धेरै लामो समयदेखि यही रहदै आएको छु र मलाई लाग्छ मेस्सी र रोनाल्डोपछि हालान्ड जसरी युवा अवस्थामा आफ्नो खेल बिकास गरेका अन्य कोही खेलाडी छैनन्,” सेप्टेम्बरमा हालान्डले नर्वेका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि लागरब्याकले भनेका थिए ।
“उनी बिछट्टै छन् र एक बिश्वस्तरीय खेलाडी बन्नका लागि सबै सम्भावनाहरु छन् । मैदानको अफेन्सिभ थर्ड र बक्समा मात्रै हेर्ने हो भने पनि उनी साच्चिकै उच्च स्तरकै छन् । जुन गुण उनीमा छ र जति केन्द्रित रहने गरेका छन्, चोटबाट मुक्त हुने हो भने उनले त्यो स्थान लिन सक्छन्,” लागरब्याकले भने ।
अन्य टप क्लास हुन सक्ने युवा प्रतिभा को छन् ?
निष्चय पनि बर्तमान बिश्व फुटबलम धेरै उत्साहित बनाउने युवा प्रतिभाहरु छन् ।
फ्रेञ्च फर्वार्ड किलियन एमबाप्पे लामै समयदेखि खेलिरहेको जस्तो लागेपनि उनी जम्मा २१ बर्षका छन् र चोटले नगाज्ने हो भने उनी लामो समय चुचुरोमै बसेर राज गर्न सक्छन् । बोरुसिया डर्टमण्डमा खेल्दै आइरहेका जेडन सान्चो र जुड बेलिङ्गम इङ्गल्याण्डका यस्ता पुस्ताका खेलाडी हुन जो फुटबलमा लामो यात्रा तय गर्न सक्छन् ।
त्यसपछि बार्सिलोनाका पेद्रि छन् । १७ बर्षिय अट्याकिङ मिडफिल्डर पेद्री अहिले मेस्सीकै संरक्षणमा छन् र उनलाई धेरै सुझावहरु दिदै आइरहेका छन् ।
रेनेसका १८ बर्षिय फ्रेञ्च मिडफिल्डर एडुवार्डो कामाभिँगाले राष्ट्रिय टोलीका लागि तीन खेल खेल्दै एक गोल गर्न समेत भ्याइसकेका छन् । उनलाई सम्झौता गराउन बिश्वका ठूला क्लबहरु पनि लागि परेको रिपोर्ट बाहिर आउन थालेको छ ।
युरोपमा उदीयमान युवा खेलाडीहरुको उपस्थिति उत्साहजनक रहे पनि हालान्डको जस्तो सानो उमेरमा धेरै कमले मात्रै आफ्नो छाप छोडेका छन् । यदि उनीबाट गोल अहिले जसरी नै निस्कने हो भने एक दिन मेस्सी र रोनाल्डोको असंख्य किर्तिमानहरु खतरामा पर्ने छन् ।
मलेसियालाई सशक्त ब्याटिङ्ग प्रदर्शन मार्फत ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको लिग चरणमा शान्दार अन्त्य गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा करण केसीको आक्रमक ब्याटिङ्गसँगै नेपालले ७ विकेट गुमाउदै २ सय १७ रनको बिशाल योगफल बनायो । जवाफमा मलेसियाले निरन्तर विकेट गुमाएपनि १९ दशमलव १ ओभरमा १ सय ४८ रनमा अल आउट भयो ।
सोमपाल कामीले आफ्नो पहिलो दुई ओभरमा दुई विकेट लिएपछि दवाबमा आएको मलेसियाले आक्रमक ब्याटिङ्गलाई जारी राख्यो तर बिशाल लक्ष्यको दवाबमा रोकिएको थियो ।
अमिनुदिन राम्लीले १८ बलमा पाँच छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ४१ रन लिएका थिए । सन्दिप लामिछाने, डेब्युटेन्ट कमल सिँह ऐरि र सोमपाल कामीले ३–३ विकेट लिएका थिए । सन्दिपले प्रतियोगितामा सर्वाधिक ११ विकेट लिइसकेका छन् । सोमपालको नाममा पाँच विकेट रहेको छ ।
यसअघि करणले धुवाधार ब्याटिङ्ग गर्दै १३ बलमा सात बिशाल छक्का प्रहार गर्दै ४५ रन जोडेपछि नेपालले आफ्नो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो सर्वाधिक योगफल बनायो ।
नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल भुटानबिरुद्ध १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएको २ सय ३६ रन हो ।
करणले बिष्फोटक पारी खेल्दै कुशल मल्ल (१० बलमा १९ रन) सँग २३ बलमा ६६ रन जोड्नु अघि अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिदा नेपाल बिशाल योगफल बनाउन सफल भएको थियो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल (१६) र आसिफ शेखले ३३ रन जोडेपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपालको बिशाल स्कोरको आधार खडा गरेका थिए । आसिफसँग ७३ रनको साझेदारी गरेका ज्ञानेन्द्रले चार छक्का र एक चौकाको मद्दतमा २५ बलमा ४१ रन बनाएका थिए ।
आसिफले ३२ बलमा ४२ रन बनाएका । उनले तीन चौका र तीन छक्का हिर्काए । यसअघि नेदरल्याण्ड्सबिरुद्धको खेलमा आफ्नो पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरेका दिपेन्द्र सिँह ऐरिले पनि छरितो रुपमा रन बटुल्दै १७ बलमा ३३ रन बनाए । उनले पाँच चौका र एक छक्का हिर्काए ।
नेपालको इनिङ्गस सुस्त हुदै गर्दा करणले अविश्वसनीय पारी खेलेका थिए । उनले १८ औं ओभरमा धिभेन्द्रन मोगनलाई एकै ओभरमा चार छक्का प्रहार गरेका थिए । १९ औं ओभरमा मुहम्मद वफिकलाई कुशल मल्लले दुई र करणले एक छक्का प्रहार गरेका थिए ।
सैयद अजिजको बलमा करण थर्ड म्यानमा अनवर रहमानको उत्कृष्ट डाइभिङ्ग क्याचमा रनआउट भएका थिए । अजिजले अन्तिम ओभरमा सोमपाललाई पनि आउट गर्दै मात्र चार रन खर्चिएका थिए ।
करण केसीको आक्रमक ब्याटिङ्गसँगै नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो सर्वाधिक ठूलो योगफल बनाएको छ ।
त्रिवि मैदानमा जारी त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा करण १३ बलमा सात बिशाल छक्का प्रहार गर्दै ४५ रन जोडेपछि नेपालले मलेसियालाई ७ विकेटको क्षतिमा २ सय १७ रन प्रहार गरेको छ ।
नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल भुटानबिरुद्ध १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएको २ सय ३६ रन हो ।
करणले बिष्फोटक पारी खेल्दै कुशल मल्लसँग २३ बलमा ६६ रन जोड्नु अघि अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिदा नेपाल बिशाल योगफल बनाउन सफल भएको थियो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल (१६) र आसिफ शेखले ३३ रन जोडेपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपालको बिशाल स्कोरको आधार खडा गरेका थिए । आसिफसँग ७३ रनको साझेदारी गरेका ज्ञानेन्द्रले चार छक्का र एक चौकाको मद्दतमा २५ बलमा ४१ रन बनाएका थिए ।
आसिफले ३२ बलमा ४२ रन बनाएका । उनले तीन चौका र तीन छक्का हिर्काए । नेपालको इनिङ्गस सुस्त हुदै गर्दा करणले अविश्वसनीय पारी खेलेका थिए । उनले १८ औं ओभरमा धिभेन्द्रन मोगनलाई एकै ओभरमा चार छक्का प्रहार गरेका थिए । १९ औं ओभरमा मुहम्मद वफिकलाई कुशल मल्लले दुई र करणले एक छक्का प्रहार गरेका थिए ।
सैयद अजिजको बलमा करण थर्ड म्यानमा अनवर रहमानको उत्कृष्ट डाइभिङ्ग क्याचमा रनआउट भएका थिए । अजिजले अन्तिम ओभरमा सोमपाल कामीलाई पनि आउट गर्दै मात्र चार रन खर्चिएका थिए ।
नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई माइ सेकेण्ड टिचरले प्रायोजन गरेको छ ।
एक बर्षका लागि भएको सम्झौता अनुसार दिपेन्द्र, कुशल र आसिफ तिनै जना खेलाडीले आफुले प्रयोग गर्ने क्रिकेट ब्याटमा माइ सेकेण्ड टिचर तथा आइएनजी समुहको लोगो प्रयोग गर्नेछन् । हिजो मात्र आइएनजी समुह र खेलाडीहरु बीच सम्झौता भएको हो । सम्झौता रकम नखुलाइएको भए पनि प्रत्येक खेलाडी एक बर्षको करिब पाँच लाख प्राप्त गर्नेछन् ।
यो सम्झौता एएनएस समुह अन्तर्गतको एडप्याड मार्फत भएको हो ।
आइएनजी समुह अन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ्ग मोबाइल एप्लिकेशन माइ सेकेण्ड टिचर राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सर पनि हो । नेपाली क्रिकेट टोलीको जर्सीको बित्तीय अधिकार प्रदान गरेको एडप्याड मार्फत माइ सेकेण्ड टिचर भित्रिएको थियो ।