Headline

अभुतपुर्व हालान्ड, बार्सिलोना र पिएसजी कमजोरः युरोपियन फुटबलको यो साताको हाइलाइट्स

Published

on

सप्ताहन्तमा ब्यहोरेको पराजयपछि बार्सिलोना र पेरिस सेन्ट जर्माइन (पिएसजी) कमजोर देखिन्छन् भने एर्लिङ्ग हालान्डले एकपटक फेरि अर्को उत्कृष्ट प्रदर्शन गरेका छन् । ३९ बर्षमा पनि ज्लाटन इब्राहिमोभिच गोल गर्दैछन् र नर्वेको क्लब बोडोरग्लिम्टले यस्तो किर्तिमान कायम गरेको छ जुन तोड्न निकै कठिन छ । यो साता युरोपियन फुटबलका मुख्य कुराहरु कस्ता छन् त ?

रोक्न नसकिने हालान्ड

एर्लिङ्ग हालान्ड एक पछि अर्को गर्दै किर्तिमान तोड्दै छन् । शनिबार नर्वेका २० बर्ष चार महिना मात्र भएका सनसनीले हर्था बर्लिनलाई उसकै घरमा ५–२ ले पराजित गर्दा बोरुसिया डर्टमण्डका लागि एक्लै चार गोल ठोके । यस क्रममा उनी बुन्डेसलिगाको एकै खेलमा चार गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।

इटालियन दैनिक टुटोस्पोर्टले युरोपका उत्कृष्ट युवा खेलाडी पुरस्कार गोल्डेन बोइ जितेका हालान्डले बुन्डेसलिगामा यो सिजन १० सहित १५ गोल गरिसकेका छन् । नर्वेका लागि उनले ६ गोल पनि गरेका छन् । साल्ज्बर्गको लागि खेल्दै गत सिजनदेखि सबैको ध्यान आकर्षित गरेका हालान्डको तथ्यांक सनसनीपूर्ण छ ।

गत सिजन जनवरीमा डर्टमण्ड आएदेखि हालान्डले २२ बुन्डेसलिगा खेलमा २३ गोल गरिसकेका छन् । यसो गर्दा उनले ह्यामबर्ग लेजेण्ड उवे सिलरले १९६३–६४ को आफ्नो पहिलो बुन्डेसलिगा सिजनमा २२ खेलबाट २० गोल गरेको किर्तिमानलाई तोडेका थिए ।

पिएसजी बिस्फोट हुदा प्रतिद्वन्दी क्लबलाई फाइदा

बिश्व फुटबलमा सबैको नजरमा रहेका अर्का युवा सनसनी किलियन एमबाप्पेले २०१७ अगष्टमा मोनाकोबाट २ सय १५ मिलियन डलरमा पेरिस आएयता पिएसजीका लागि ९९ गोल गरिसकेका छन् । शुक्रबार एमबाप्पेले दुई गोल गर्दा पहिलो हाफमा नै २–० को अग्रता बनाएको थियो । तर दोश्रो हाफमा पिएसजी बिस्फोट भयो र सेस फाब्रिगासले निर्णायक पेनाल्टीमा गोल गर्दा ३–२ ले पराजित हुन पुग्यो ।

लगातार आठ फ्रेञ्च लिव वान खेल जितेको पिएसजीको लय तोडिएको छ र लिले भन्दा मात्र दुई अंकले शिर्ष स्थानमा रहेको छ । आरबि लाइपजिगसँग बुधबार च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा उसलाई डिफेन्सिभ कमजोरीले फेरि सताउन सक्छ । प्रेस्ने किम्पेम्बे उक्त खेलको लागि प्रतिबन्धित रहनेछन् भने अब्डु डियालो पनि मोनाकोले पेनाल्टी पाउनको मुख्य कारण बन्दा दवाबमा रहने छन् ।

पहिचानमा नआएको बार्सिलोना

इच्छा बिपरित लियोनल मेस्सीलाई क्लबमा राख्दै बार्सिलोना यो सिजन स्पेनिस ला लिगाको उपाधि दाबेदार हुने सोच्दैछ भने यो काम गरिरहेको छैन । शनिबार एट्लेटिको म्याड्रिडबिरुद्ध १–० को पराजय ब्यहोर्दा रोनाल्ड कोमनको बार्सिलोनाको औषत प्रदर्शनमा मेस्सी परिधीय फिगरको रुपमा रहेका थिए ।

हारपछि बार्सा ला लिगाको १२ औं स्थानमा झरेको छ भने डिएगो सिमियोनेको एट्लेटिकोसँग ९ अंकले पछि परेको छ । दुई खेल कम खेलेको बार्सिलोना शिर्ष स्थानको रियल सोसिडाडभन्दा १२ अंक पछाडी छ । बास्क क्लब सोसिडाडको पछिल्लो फर्म हेर्न लायक छ । उसले क्लब किर्तिमान बराबरी गर्ने क्रममा लगातार ६ खेल जितेको छ भने बार्साले यसै अवधिमा मात्र एक खेल जित्दै तीनमा हारको सामना गरेको छ ।

लगातार २४ खेलमा अपराजित रहेको एट्लेटिको अब भने सम्भवत उपाधिको प्रबल दाबेदार बनेको छ भने बार्सिलोना टप फोरको स्थानको लागि संघर्ष गर्ने देखिन्छ । बार्साको घाँउमा नुन छरिदा उसले जेरार्ड पिके र सर्जि रोबर्टोलाई पनि कम्तिमा दुई महिनाको लागि गुमाइसकेको छ ।

सदाबहार ज्लाटन

के हालान्ड र एमबाप्पे ४० नजिकिदै गर्दा लगातार गोल गर्न सक्षम होलान् ? ज्लाटन सक्छन् र आफ्नो टोली एसि मिलानलाई इटालियन सिरी आ को शिर्ष स्थानमा पनि कायमै राखिरहेका छन् ।

आइतबार नापोलीलाई ३–१ ले पराजित गर्दा स्विस लेजेण्ड ज्लाटनले दुई गोल गरे र तिघ्राको चोटका कारण दोश्रो हाफमा मैदान बाहिरिए । यो सिजन अपराजित रहेको मिलान दोश्रो स्थानको सासुलोभन्दा दुई अंकले शिर्ष स्थानमा रहेको छ ।

अघिल्लो महिना ३९ बर्षको भएपनि ज्लाटन इटालीमा यो सिजन १० गोल सहित सिरी आ का सर्वाधिक गोलकर्ता हुन् । यो त्यही सिरी आ हो जहा क्रिष्चियानो रोनाल्डो युभेन्टसबाट खेलिरहेका छन् । मिलान प्रशिक्षक स्टेफानो पियोली भेटेरान फर्वार्ड ज्लाटनको चोट गहिरो नभइ उनी छिट्टै मैदान फर्कने आशामा रहने छन् । सरसर्ती हेर्दा ज्लाटन कम्तिमा पनि १० दिन मैदान बाहिर रहन सक्ने देखिएको छ ।

नर्दन डिलाइट्स

मिलानले नेपल्समा तीन गोल गर्दा तेश्रो गोल येन्स पेटर होगले गरेका थिए । मिलानले विँगर होगलाई यसै सिजनको शुरुवातमा नर्वेली क्लब बोडो/ग्लिम्टबाट अनुबन्धन गरेको थियो । आफ्नो मुख्य खेलाडीको बहिर्गमनका बावजुद होगको पुरानो क्लबले इतिहासमै पहिलो पटक नर्वेको लिग फुटबल जित्यो ।

राजधानी ओस्लोबाट १६ घण्टाको ड्राइभ र आर्कटिक सर्कलको उत्तरी भेगमा रहेको सानो शहर बोडोबाट आएको बोडो/ग्लिम्ट बिश्व फुटबल इतिहासमा प्रथम श्रेणीको उपाधि जित्ने सबैभन्दा बिकट उत्तरी क्लब हो । खेलकुद तथ्यांक तयार पार्ने बिज्ञ कम्पनी ग्रेसनोटका अनुसार बोडो/ग्लिम्टले यो उपलब्धि हात पार्ने क्रममा आइसल्याण्डको क्लब केए अकुरेरीलाई पछाडी छोडेको हो ।

लिगमा पाँच खेल सकिनु अगावै उपाधि हात पारेको बोडोरग्लिम्टले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

Click to comment

Trending