Headline

एडुवार्डो कामाभिँगाः फ्रान्सका अबका सुपरस्टारको द्रुत गतिको उदय

Published

on

बिश्व फुटबलका सम्भवत निकै नै उत्साहित बनाउने उदीयमान टिनेज फुटबलर एडुवार्डो कामाभिँगाका लागि कोशेढुँगा आउने क्रम जारी नै छ । नोभेम्बरको शुरुवातमा रेनेस र फ्रान्स मिडफिल्डर कामाभिँगा १८ बर्षको भए र मुस्कान दिदै आफूले ड्राइभिङ्ग टेस्ट पास गरेको सुनाए ।

पछिल्लो १२ महिनामा यी प्रतिभाका खानी फ्रेञ्च सिटिजन बनेका छन्, राष्ट्रिय टोलीको सबैभन्दा कान्छा प्रतिनीधि बनेका छन् र कान्छा गोलकर्ता पनि भएका छन् –– त्यो पनि एक शताब्दीमा ।

“उनीसँग जे भइरहेको छ त्यो सबै सपना जस्तो छ,” फ्रान्सको लागि पहिलो पटक खेल्नका लागि बोलाइएपछि रेनेसका प्रशिक्षक युलियन स्टेफनले भनेका थिए ।

प्रतिष्ठातर्फ उनले चालेको हरेक कदमसँगै उनको नाम युरोपका कुनै न कुनै ठूला क्लबहरुसँग जोडिने गरेको छ, बिशेषगरि रियल म्याड्रिडसँग । तर च्याम्पियन्स लिगमा यसै साता चेल्सीका सामना गर्न गइरहेको रेनेससँगै उनी आफ्नो खेलको बिकास गर्नेतर्फ केन्द्रित छन् ।

तीन हप्ता अघि कामाभिँगाले चेल्सीबिरुद्धको खेल चोटका कारण गुमाएका थिए । र उनको अनुपस्थितिमा पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको रेनेसले स्ट्यामफोर्ड ब्रिजमा पहिलो हाफमै १० खेलाडीमा सिमित हुँदा ३–० ले नतिजा सुम्पेको थियो ।

एँगोलामा जन्मिएका कामाभिँगा फर्कदा रेनेस दोश्रो लेगमा चेल्सीलाई स्तब्ध बनाउदै च्याम्पियन्स लिगमा अझै केही लामो समय टिक्ने आशा गर्दै उनलाई क्लबमै राख्ने आशा गरिरहेको छ । गत हप्ता फ्रेन्च खेलकुद दैनिक लाकुपेले कामाभिँगा २०२३ सम्मको लागि रेनेसमै रहने गरि आफ्नो सम्झौता लम्ब्याउन गइरहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

रेनेस उनी त्यति लामो समय नबस्ने स्पष्ट नै जस्तो भएपनि नयाँ सम्झौताले यदि अब ट्रान्सफर मार्केट उनकै कारणले तात्ने हो भने पैसाको ठूलै मोल–मोलाई हुने अपेक्षा गर्न सकिन्छ ।

आफ्नै हातमा भविष्य

राम्रो बडी ल्याङ्गवेज साथ खेल्ने गरेका कामाभिँगा बलसँग उत्कृष्ट छन् भने उनको देब्रे खुट्टाको नियन्त्रण अद्वितीय नै छ । उनी मज्जासँग लामो दुरी तय गर्न सक्छन् र बिस्तारै गोलमसिनमा परिणत हुदै जाने छाँट काट पनि देखाउन थालेका छन् ।

अगष्टमा उनले फ्रेञ्च लिग वान अन्तर्गत मोन्टपेलियरबिरुद्धको खेलमा दर्शनीय र निर्णायक गोल गरेका थिए । गत महिना युक्रेन बिरुद्ध युएफा नेसन्स लिगमा उनले फ्रान्सका लागि खेलेको ९ मिनेटमै आफ्नो पहिलो गोल गरे । यसो गर्दा उनले फ्रान्सका लागि १९१४ पछि सबैभ्न्दा कान्छा गोलकर्ता बन्ने किर्तिमान पनि कायम गरेका थिए ।

गत साता आफ्नो खेलको कुन पक्ष सुधार्न चाहनु हुन्छ भन्ने प्रश्नमा कामाभिँगाले भनेः “मेरो फिनिसिङ्ग । म धेरै र निर्णायक गोलहरु गर्न चाहन्छु । र मेरो दायाँ खुट्टाको खेल पनि सुधार्न चाहन्छु ।”

युवा प्रतिभाको आगमन कहिल्यै पनि समाप्त नहुने फ्रान्समा उनले आफु भन्दा तुलनात्मक रुपमा भेटेरान रहेका किलियन एमबाप्पेको समाचारलाई पनि बासी बनाइदिसकेका छन् ।

“उनी निकै साना छन् र किलियनलाई जस्तै उनीहरुलाई उमेरको कुनै मतलब हुने गर्दैन । म दुवैको समिश्रण बनाउन चाहन्छु । उनीहरु यति शान्त र परिपक्व छन् जुन म आफ्नो उमेरमा हुन सकिन । काभाभिँगको भविष्य उनकै हातमा छ,” फ्रान्स मिडफिल्डर पउल पोग्बाले केही दिनअघि भनेका थिए ।

जमिनमै खुट्टा

फुटबल करिअरलाई साइड लगाउन हो भने पनि काभाभिँगाको कहानी सुन्न लायक छ । एँगोला बाहिर रहेको शरणार्थी शिविर कबिन्डामा जन्मिएका कामाभिँगा दुई बर्षको हुँदा आफ्नो परिवारसँगै फ्रान्स आइपुगेका थिए ।

शरणार्थीको रुपमा उनीहरुलाई पहिलो पटक बोलाइएको बन्दरगाह लिले थियो । त्यहाबाट उनको परिवार फुजेरेस पुग्यो । यो शहर रेनेस नजिकै थियो । ६ मध्येका एक सन्तान कामाभिँगा आफ्नो दाजुजस्तै जुडो खेल्न चाहन्थे तर निकै चाडै उनीमा रहेको फुटबलको प्रतिभा पत्ता लाग्यो ।

२०१३ मा आफू बसेको घर आगलागी हुँदा उनको परिवारले आफ्नो पहिचानको सबै कागजपत्रहरु गुमाए । तर त्यही बर्ष उनी रेनेस क्लबसँग आबद्ध हुन पुगे । उनको परिवारले फ्रेञ्च नागरिकता पाउदा उनी एक बर्ष पुराना व्यवसायिक फुटबलर बनिसकेका थिए ।

फुटबलमा हुर्कदै गर्दा उनीमाथि महान बन्ने अपेक्षा धेरैको रहनु स्वभाविक नै छ तर उनी आफ्नो खुट्टा जमिनमै राख्न चाहन्छन् । “म मेरो परिवारसँगै हुने गर्छु । त्यसैले कुनै पनि समय मैले नचाहिदो काम गर्दा उनीहरुले मलाई सहि दिशा दिने गर्छन् । म अहिले फुटबलमा केन्द्रित हुन चाहन्छु,” उनले भने ।

Click to comment

Trending