Headline

‘मुकोकोले बुन्डेसलिगाको धेरै किर्तिमानहरु तोड्ने छन्’

Published

on

युसुफा मुकोकोले बुन्डेसलिगामा रहेको धेरै किर्तिमानहरु तो ड्ने पुर्व बोरुसिया डर्ट्मण्डका प्रशिक्षक मिखेल फाइटनबाइनरले बताएका छन् ।

२०१६ मा सेन्ट पउलीबाट डर्ट्मण्ड आए देखी उनको खेलमा धेरै बिकास भएको छ ।१५ वर्षिय मुकोकोले डर्ट्मण्डको युवा टोलीमा ८४ खेल खेल्दै १२७ गोल र २६ असिस्ट पनि दिईसकेका छन् ।

मुकोको गएको अगस्टदेखि सिनियर टोलीसँग प्रशिक्षण गर्दै थिए भने क्लबले उनलाई १८ नम्बरको जर्सी पनि दिएको थियो ।

डर्टमण्डले २१ नोभेम्बरमा हर्था बर्लिन विरुद्ध बुन्डेसलिगामा खेल्दा मुकोकोले डेब्युको मौका पाउने धेरै संचार माध्यामहरुले जनाएका छन् । हर्था बर्लिन विरुद्ध मुकोकोले डेब्यु गर्ने हो भने त्यो उनको शुरुवात हुने पुर्व डर्ट्मण्डका प्रशिक्षक फाइटनबाइनरले बताएका छन् ।

“उनको फुटबल कौशल निकै उत्कृष्ट छ । उनी एक्लैले खेल बदल्न सक्छन् र जस्तो पनि गोल गर्दिन्छन्,” फाइटनबाइनरले भने । “मलाई लाग्छ उनले बुन्डेसलिगाको धेरै कृतिमानहरु टोड्ने छन् ।”

जर्मनको यु-२० का लागि पनि खेलिसकेका मुकोको आफ्नो बाँया खुट्टाले निकै प्रभावशाली फुटबल खेल्ने गर्छन् ।

“उनी निकै राम्रा खेलाडी हुन् । सानै उमेरमा पनि उनी निकै बलिया छन् र खेलाडीमा हुनु पर्ने ज्यान उनको छ,” फाइटनबाइनरले भने । “उनी जति गोल गरे पनि आफुलाई कहिले म स्टार हुँँ जस्तो सोच्दैनन्,” ।

मुकोकोले आउने खेलमा डेब्यु गर्ने हो भने पुर्व डर्ट्मण्ड खेलाडी नुरी शाहीनको नाममा रहेको १६ बर्ष ३ सय ३५ दिनमा बुन्डेसलिगामा डेब्यु गर्ने कान्छा खेलाडीको किर्तिमान उनले तोड्ने छन् ।

Click to comment

Trending