Headline

इटाली र बेल्जियम नेसन्स लिगको सेमिफाइनलमा

Published

on

आयोजक इटाली र बेल्जियम आ–आफ्नो खेल जित्दै युएफा नेसन्स लिगको फाइनलमा प्रवेश गरेका छन् । अर्को बर्ष अक्टोबरमा हुने चार टिमको फाइनलको समिकरण अब पुरा भएको छ ।

मङ्गलवार भएको खेलहरुमा स्पेनले जर्मनीलाई पराजित गरेको थियो भने पोर्चुगलले स्विडेनलाई हराएको थियो । दुवै टोली आ–आफ्नो समुहको बिजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।

बुधबार इटालीले बोस्निया हर्जगोभिनालाई २–० ले पराजित गर्दै ग्रुप १ को शिर्ष स्थान कब्जा गर्यो । इटालीले बुधबार नै पोल्याण्डलाई २–१ ले पराजित गरेको नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । यही समुहको बिजेताले अर्को बर्षको फाइनल आयोजना गर्ने तय गरिएको थियो ।

फिफा बरियताको शिर्ष स्थानमा रहेको बेल्जियमले रोमेलु लुकाकुको दुई गोलको मद्दतमा डेनमार्कलाई ४–२ ले पराजित गर्यो । सबैभन्दा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अन्तिम चारमा अब बिश्व नम्बर एक टोलीसँगै तीन बिश्वकप बिजेता हुने भएका छन् ।

कोरोना भाइरसका कारण फुटबल तालिका नराम्ररी बिग्रन पुग्दा युरोपका ५५ देशहरु सम्मिलित प्रतियोगिता सम्पन्न गर्नका लागि बुधबार मात्रै १८ नेसन्स लिग खेलाइएका थिए । यस क्रममा थुप्रै खेलाडी र टिम स्टाफहरुलाई कोरोना संक्रमण भएको थियो । ती मध्ये इटाली प्रशिक्षक रोबटों मान्चिनी पनि थिए र बुधबारको खेलमा पनि गुमाउन पुगे ।

“मलाई लाग्छ केटाहरुले मान्चिनीलाई राम्रो उपहार दिएका छन् । अब फाइनल्समा हामी युरोपका उत्कृष्ट टिमहरुबिरुद्ध खेल्नेछौं,” मान्चिनीको अनुपस्थितिमा टिम सम्हालेका सहायक प्रशिक्षक अल्बरिको इभानीले भने ।

इटालीको जितमा आन्द्रे बेलोट्टी र डोमेनिको बेरार्डीले १–१ गोल गरेका थिए । इटाली पराजित भएको भए नेदरल्याण्ड्सले उसको ठाँउ लिने थियो । नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे र जर्जिनियो वाइनाल्डमले १–१ गोल गरेका थिए ।

बेल्जियमले ग्रुप २ को शिर्ष स्थान डेनमार्कलाई गुमाउन सक्थ्यो तर लुकाकुले दुई गोल गरेपछि उसले पहिलो हाफमै ३–१ को अग्रता लिन पुग्यो । केभिन डि ब्रुनले चौथो तथा अन्तिम गोल गरेका थिए ।

Click to comment

Trending