अन्तर्राष्ट्रिय

१६ बर्ष पछि पाकिस्तानको भ्रमण गर्दै इंग्ल्यान्ड

Published

on

इंग्ल्यान्ड क्रिकेट टोलीले १६ बर्ष पछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । इंग्ल्यान्डले सन् २०२१ को अक्टोबरमा गर्ने पाकिस्तान भ्रमणका क्रममा दुईवटा ट्वान्टी ट्वान्टी खेलको शृंखला खेल्ने छ ।

पछिल्लो पटक इंग्ल्यान्डले सन् २००५ मा पाकिस्तान भ्रमण गरेको थियो । उक्त समयमा इंग्ल्यान्डले तीन टेस्ट र पाँच एकदिवसीय खेलको शृंखला खेलेको थियो । सन् २००९ मा श्रीलंका क्रिकेट टोली माथि भएको आतंककारी हमला पछि कुनै पनि टोलीले पाकिस्तान खेल्न नखोजे पछि पाकिस्तानले युएईलाई आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको छ । इंग्ल्यान्डले पाकिस्तानको घरेलु शृंखलाका लागि सन् २०१२ र २०१५ मा युएईको भ्रमण गरेको थियो ।

यस अघि इंग्ल्यान्डले सन् २०२१ को सुरुवातमा नै पाकिस्तानको भ्रमण गर्ने जनाए पनि भारत र श्रीलंका भ्रमणका कारण इंग्ल्यान्डले शृंखलालाई अक्टोबर सम्मका लागि सार्न पाकिस्तान क्रिकेट बोर्डलाई आग्रह गरेको थियो । इंग्ल्यान्डले सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको तयारी स्वरुप पाकिस्तानको भ्रमण गर्न लागेको हो ।

इंग्ल्यान्ड टोलीले पाकिस्तान भ्रमणका क्रममा अक्टोबर १४ र १५ तारिखमा दुई खेल खेल्ने छ । इंग्ल्यान्ड टोली १२ तारिखमा पाकिस्तान आइपुग्ने छ भने १६ तारिखमा भारतको लागि प्रस्थान गर्नेछ ।

Click to comment

Trending