Headline

लिभरपुलमाथि सम्मान देखाउन रेफ्रिले मेस्सीलाई आग्रह गर्दै चिच्याएको नयाँ फुटेजमा खुलाशा (भिडियो सहित)

Published

on

भर्खरै सार्वजनिक भएको युएफा डकुमेन्टरीको एक फुटेजले २०१९ को च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगका दौरान रेफ्रिले बार्सिलोना स्टार स्ट्राइकर लियोनेल मेस्सीलाई लिभरपुलमाथि केही सम्मान देखाउन आग्रह गरेको खुलाशा गरेको छ ।

फुटबल इतिहासको एक उत्कृष्ट कमब्याक गर्ने क्रममा लिभरपुलले पहिलो लेगमा नोउ क्यम्पमा ब्यहोरेको ३–० को पराजयलाई उल्टाउदै दोश्रो लेगमा एन्फिल्डमा ४–० को जितका साथ फाइनल प्रवेश गरेको थियो । फाइनलमा लिभरपुल टोटेन्ह्यामलाई पराजित गर्दै १४ बर्षपछि च्याम्पियन्स लिग जित्न सफल भएको थियो ।

एन्फिल्डमा बार्साका लागि गोल गर्न नसके पनि मेस्सीले नोउ क्याम्पमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । लुईस सुवारेजले पहिलो गोल गरेपछि मेस्सीले रिबाउण्ड र फ्रि किकमा गोल गर्दै बार्साको जित सुनिश्चित गरेका थिए ।

तर मेस्सीको प्रदर्शनले पहिलो लेगका रेफ्रि बियोन कुइपर्स भने त्यति प्रभावित थिएनन् । भर्खरै सार्वजनिक भएको एक नयाँ फुटेजमा डच रेफ्रि कुइपर्सले नोउ क्याम्पमा मेस्सीले समय खर्च गर्न प्रयोग गरेको रणनीतिका कारण उनलाई चेतावनी दिदै गरेको खुलाशा भएको छ ।

“मेस्सी ! किन ? कम अन !,” मेस्सीले फ्रि कि प्रहार गर्नु अघि समय खर्चदै गर्दा कुइपर्स उनीमाथि चिच्याउदै गरेको फुटेजमा देखिएको छ । “उनीहरुमाथि केही सम्मान देखाउ ! जाउ ! सधै तिमी यही गर्छौ । कम अन, तिमी किन यस्तो गर्छौ ? प्रहार गर !”

मेस्सीले ३–० को अग्रतामा पनि समय खर्चन प्रयोग गरेको रणनीति दोश्रो लेगमा भने काम लागेन । एन्फिल्डमा दोश्रो लेगमा डिभोक ओरिगीले सात मिनेटमै लिभरपुललाई अग्रता दिलाएका थिए जोर्जिनियो वाइनाल्डमले ५४ र ५६ औं मिनेटमा दुई गोल गरेका थिए ।

ओरिगीले १० मिनेट बाकी हुदा चोथो तथा बिजयी गोल गरेपछि लिभरपुलले ऐतिहासिक जित हात पार्दै उपाधि जित्ने आधार खडा गरेका थिए ।

भिडियो हेर्नुहोस्:

Click to comment

Trending