अन्तर्राष्ट्रिय

आईपीएलमा अब ९ टोली

Published

on

विश्वकै सबैभन्दा धनी खेलकुद प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण हिजो मात्र सकियो । तर भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सन् २०२१ मा आयोजना हुने १४ औं संस्करणको आईपीएलको तयारी सुरु गरिसकेको छ ।

भारतीय संचारमाध्यमहरुले जनाए अनुसार १४औं संस्करणको आईपीएलमा बिसीसीआईले आठको स्थानमा नौं टोलीलाई खेलाउन लागेको छ । कोरोना भाइरसका कारण बोर्डमा आर्थिक मन्दि छाएको भन्दै सबैभन्दा धनी बोर्डले अर्को एक टोली थप्दै नौं टोली बनाउन लागेको हो ।

बिसीसीआईले अहिले नै कुन टोलीलाई समावेस गर्ने केहि जनाएको छैन । तर पनि गुजरात अहमदाबादले नवौं टोलीको रुपमा प्रवेस पाउने पनि संचारमाध्यमहरुले जनाएका छन् । गुजरातमा विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला रहेको छ जुन एक लाख १० हजार दर्शक क्षमताको छ ।

त्यस्तै बिसीसीआईले अर्को संस्करणको लागि भब्य अक्सन गर्ने भएको छ । यस बर्ष कोरोनाका कारण अप्रिल-मेको सट्टामा सेप्टेम्बरमा भएको प्रतियोगिता आगामी बर्ष भारतमा अप्रिल-मेमा नै गर्ने योजना बुनेको छ जसका लागि भब्य अक्सन जनवरी/फेब्रुअरीमा गर्नेछ ।

बिसीसीआई यस अघि सन् २०११ मा १० टोली तथा सन् २०१२ र २०१३ को सिजनमा नौं-नौं टोली समावेस गरेर आईपीएलको आयोजना गरेको थियो । तर पछि प्रतियोगिताको समय लामो भएको भन्दै सन् २०१४ बाट फेरी आठ टोलीलाई नै समावेस गर्दै प्रतियोगिता संचालन गर्दै आएको छ ।

हिजो राती सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्स माथि पाँच विकेटको जित हात पार्दै मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि चुमेको थियो ।

 

Click to comment

Trending