Headline

युभेन्टस बराबरीमा रोकियो, रोनाल्डो घाइते

Published

on

सेरी आ अन्तर्गत आज भएको खेलमा लाजियोले युभेन्टसलाई १-१ को बराबरीमा रोकेको छ ।

खेलमा पहिलो गोल युभेन्टसले गरेको थियो । १५ औँ मिनेटमा युवान क्वाडराडोले गरेको क्रसलाई क्रिष्चियानो रोनाल्डोले गोल गरेका थिए । पहिलो हाफमा रोनाल्डोले धेरै मौकाहरुलाई सही दिसा दिन नसक्दा युभेन्टस दोस्रो गोल गर्न चुकेको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा पनि धेरै गोल गर्ने मौकाहरु गुमाएको थियो । ४९औं मिनेटमा लाजियोका एडाम मारुसिकले बराबरी गोल गर्न चुकेका थिए ।

रोनाल्डोले भने दोस्रो हाफको ७६ औँ मिनेटमा चोट लागे पछि मैदान छोडेका थिए । प्रशिक्षक अन्द्रे प्रिलोले भने रोनाल्डोलाई एन्कलमा सानो चोट लागेको बताएका छन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले जोआक्विन कोरेयाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा सकाए ।

यो बराबरीसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्स ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । लाजियो ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको एसी मिलानको १६ अंक छ ।

 

Click to comment

Trending