अन्तर्राष्ट्रिय

जिम्बाब्वे माथि आठ विकेटको सहज जित हात पार्दै पाकिस्तानलाई ट्वान्टी ट्वान्टी शृंखला

Published

on

पाकिस्तानले जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला एक खेल अगावै आफ्नो पक्ष्यमा पारेको छ । तीन खेलको शृंखला अन्तर्गत दोश्रो ट्वान्टी ट्वान्टी खेलमा आठ विकेटको सहज जित हात पार्दै पाकिस्तानले शृंखला आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

यस अघि हिजो सम्पन्न पहिलो खेलमा पाकिस्तानले छ विकेटको जित दर्ता गराएको थियो । आजको जित पछि पाकिस्तानले तीन खेलको शृंखलामा २-० को अग्रता कायम गरेको छ र मंगलबार हुने तेश्रो तथा अन्तिम खेलमा पराजित भए पनि शृंखला जित्ने छ ।

जितका लागि १३५ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको पाकिस्तानले १५ दशमलब एक ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

पाकिस्तानको जितमा हैदर अली र कप्तान बाबर अजामले अर्धशतकिय पारी खेले । पाकिस्तानको तर्फबाट खेलको म्यान अफ द म्याच घोषित अलीले अविजित रहँदै सर्वाधिक ६६ रन बनाए । ४३ बलको सामना गर्दै छ चौका र तीन छक्का प्रहार गरेका उनले २८ बलमा आठ चौका र एक छक्का सहित ५१ रन बनाएर अजामसँग मिलेर दोश्रो विकेटका लागि १०० रन जोड्दै पाकिस्तानको जित सुनिश्चित गरे । पाकिस्तानका खुशदिल शाह ११ रनमा अविजित रहे भने ओपनर फखार ज़मान पाँच रन बनाएर आउट भए ।

जिम्बाब्वेका ब्लेसिङ मुज़राबानीले दुई विकेट लिए भने अन्य बलर विकेट बिहिन रहे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १३४ रन मात्र जोड्न सक्यो । जिम्बाब्वेको तर्फबाट अविजित रहेका रायन बुरीले २२ बलमा सर्वाधिक ३२ रन बनाए ।

जिम्बाब्वेलाई सस्तैमा रोक्ने क्रममा पाकिस्तानका ह्यारिस रौफ र उस्मान कादिरले समान ३-३ विकेट हात पारे ।

Click to comment

Trending