अन्तर्राष्ट्रिय

वेस्लीको अर्धशतकमा पाकिस्तानलाई चुनौतिपूर्ण लक्ष्य

Published

on

वेस्ली माधेवेरेको पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय अर्धशतकको मद्धतमा जिम्बाब्वेले घरेलु टोली पाकिस्तानलाई पहिले खेल जित्न १५७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रन बनायो ।

जिम्बाब्वेको तर्फबाट अविजित रहेका वेस्ली माधेवेरेले सर्वाधिक ७० रन बनाए । तेश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेल्दै आफ्नो पहिलो अर्धशतक प्रहार गरेका वेस्लीले नौं चौका र एक छक्का प्रहार गरे ।

वेस्ली बाहेक जिम्बाब्वेको तर्फबाट सिन विलियम्सले २५ तथा ओपनर ब्रेन्डन टेलरले २० रनको योगदान दिए भने । ओपनिङमा ब्याटिङ गर्न आएका जिम्बाब्वेका कप्तान चामु सिबाबा शुन्य, रायन बर्ल आठ तथा सिकन्दर राजा सात रन बनाएर पेभेलियन फर्किए ।

त्यस्तै जिम्बाब्वेको पारीको अन्तिम बलमा आउट भएका एल्टन चिगमबराले पनि १३ बल खेल्दै दुई चौका र एक छक्काको मद्धतमा २१ रनको पारी खेले ।

पाकिस्तानका ह्यारिस रौफ र वहाबा रियाजले समान २-२ विकेट हात पारे ।

पाकिस्तान र जिम्बाब्वे दुई बर्ष भन्दा बढी पछि पहिलो पटक एक आपसमा भिड्दै छन् । पछिल्लो पटक जुलाई २०१८ मा भएको खेलमा पाकिस्तानले जिम्बाब्वेलाई सात विकेटले पराजित गरेको थियो ।

पाकिस्तान र जिम्बाब्वेले अहिले सम्म ट्वान्टी ट्वान्टीमा ११ पटक भिडेका छन् जसमा पाकिस्तानले सबै नै खेलमा जित दर्ता गराउँदा जिम्बाब्वे जित बिहिन रहेको छ ।

हालै सम्पन्न तीन खेलको एकदिवसीय शृंखला पाकिस्तानले २-१ ले जितेको थियो । लगातार पहिलो दुई खेलमा क्रमश २६ रन र छ विकेटको जित हात पारेको पाकिस्तान तेश्रो तथा अन्तिम खेलमा भने सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

 

Click to comment

Trending