अन्तर्राष्ट्रिय

शृंखला माथि कब्जा जमाउने दाउमा पाकिस्तान जिम्बाब्वेको सामना गर्दै

Published

on

पाकिस्तान र जिम्बाब्वे बीचको दोश्रो एकदिवसीय खेल आज हुँदैछ । रावलपिन्डीमा हुने खेल नेपाली समय अनुसार दिउँस १२:४५ बजे सुरु हुनेछ ।

तीन खेलको शृंखलामा पाकिस्तान १-० को अघि रहेको छ । शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा घरेलु टोली पाकिस्तानले जिम्बाब्वेलाई २६ रनले पराजित गरेको थियो । आजको खेलमा जित हात पारे पाकिस्तानले एक खेल अगावै शृंखला माथि कब्जा जमाउने छ ।

पाकिस्तानले दिएको २८२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको जिम्बाब्वेले ४९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका ब्रेन्डन टेलरले ११६ बल खेल्दै ११ चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ११२ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । टेलर बाहेक वेस्ली माधेवेरेले ६१ बलमा ५५ रन तथा क्रेग एर्विनले पनि ४१ रनको पारी खेले ।

जिम्बाब्वेको पारी ध्वस्त पार्ने क्रममा पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक पाँच विकेट हात पारे भने वहाब रियाजले आफ्नो आफ्नो नाममा चार विकेट दर्ता गराए । १० ओभर बलिङ गरेका अफ्रिदीले ४९ रन खर्चिए भने रियाजले नौं दशमलब चार ओभरमा ४१ रन खर्चिए ।

यस अघि ह्यारिस सोहेल र इमाम उल-हकले अर्ध शतक प्रहार गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले आठ विकेट गुमाएर २८१ रन बनायो ।

पाकिस्तानको तर्फबाट सोहेलले ८२ बलमा सर्वाधिक ७१ रन बनाए भने ओपनर उल हकले पनि ५८ रनको पारी खेले । त्यस्तै इमाद वासिमले आठौँ नम्बरमा ब्याटिङ गरे अविजित ३४ रनको योगदान दिए ।

 

Click to comment

Trending