Corona Virus

सन्दिपलाई कोरोना, ज्ञानेन्द्रसहित अन्य तीन खेलाडीको रिपोर्ट तीन दिनमै नेगेटिभ

Published

on

नेपाली स्टार युवा लेग स्पिनर सन्दिप लामिछानेलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । सन्दिपले आफ्ना सामाजिक सञ्जाल पेजहरुमार्फत आफूलाई कोरोना पोजिटिभ भएको बताएका हुन् ।

सन्दिपले आफूलाई कोरोना भएको जानकारी गराइरहदा कप्तान ज्ञानेन्द्र मल्लसहित अन्य तीन राष्ट्रिय टोलीका खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । क्यानले बिहिबारदेखि शुरु भएको बन्द प्रशिक्षणअघि गराएको परिक्षणमा ज्ञानेन्द्रसँगै टोलीका उप–कप्तान दिपेन्द्र सिँह ऐरि र युवा ब्याट्स्म्यान रोहित कुमार पौडेलेलाई कोरोना पोजिटिभ देखिएको थियो ।

तर तीन जना खेलाडीहरुले शुक्रबार तीन दिन भित्रै आफ्नो रिपोर्ट नेगेटिभ आएको सार्वजनिक गरेका थिए । अर्का भेटेरान स्पिनर बसन्त रेग्मीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनी भने ठिक भइसकेका छैनन् ।

मलाई कोभिड–१९ पोजिटिभ भएको तपाईहरुलाई जानकारी दिनु मेरो कर्तब्य हो । बुधबारदेखि मेरो जिउ दुख्ने भइरहेको थियो । अहिले भने मेरो स्वास्थ्यमा केही सुधार आइरहेको छ । सबै कुरा राम्रो भयो भने म फेरि मैदानमा फर्कनेछु । मेरो लागि प्रार्थना गर्नुहोला, सन्दिपले फेसबुक र ट्विटरमा लेखेका छन् ।

कोरोना भाइरस महामारीपछि ठप्प भएको क्रिकेटलाई क्यानले बन्द प्रशिक्षण मार्फत सुचारु गर्न खोजिरहेको छ । शुरुवाती चरणमा २२ खेलाडी बोलाइए पनि चार जनालाई कोरोना भएपछि अन्य पाँच खेलाडीलाई क्यानले प्रशिक्षणका लागि बोलाएको थियो ।

Click to comment

Trending