Headline

यस कारण मेस्सी र रोनाल्डोभन्दा म्याराडोना महान

Published

on

दुई सुपरस्टार एकै समयमा इतिहासकै उत्कृष्ट खेलाडीको दाबी गर्दै गरि खेल्दै गर्नु फुटबल फ्यानहरुको अहोभाग्य हो र लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डो अझै पनि त्यो दाबेदारीमा हरेक हप्ता कायमै रहनु समर्थकहरु थप भाग्यमानी बन्नु हो ।

यो उत्कृष्ट खेल र महानताको दाबेदारीमा कराडौं फुटबल समर्थकहरु साक्षी छन् । यी दुई खेलाडीहरुको सबैभन्दा उत्कृष्ट प्रदर्शन प्रत्येक कोणबाट हेर्न पाइरहदा युट्युबलाई धन्यबाद दिनै पर्छ ।

जब डिएगो म्याराडोना सर्वकालीन महान बन्नका लागि दाबेदारी गरिरहेका थिए बिश्वका अधिकांशले उनको खेलको झलक चार बर्षमा एक पटक मात्र देख्न पाएका थिए जब उनले १९८२ देखि १९९४ सम्मका चार बिश्वकप खेलेका थिए । बिशेषगरि एसियाका पिछडिएका मुलुकहरुमा म्याराडोना बार्सिलोना वा नापोलीमा खेल्दा धेरै कमले मात्रै उनको खेलको अनुभव गर्न पाए ।

अनलाइनमा अहिले म्याराडोनाका केही भिडियोहरु छन् जसले १९८६ बिश्वकपमा मेक्सिकोको आज्टेका स्टेडियममा जुन २२ मा इङ्गल्याण्डबिरुद्ध उनले गरेको त्यो बिश्वबिख्यात सोलो गोलसहित उनको अन्य खेलको झल्कोहरुलाई जीवन्त राखेका छन् । तर भिडियोहरुले उनी कस्तो सामथ्र्य राख्ने गर्थे भन्ने मात्र संकेत गर्छन् । ती भिडियोहरुले उनी सर्वकालीन महान फुटबलर रहेको बिवादित तथ्यलाई बलियो बनाउनका लागि पर्याप्त प्रमाणहरु भने दिन सक्दैनन् ।

अझै गाह्रो के छ भने उनी भन्दा अघि खेलेका खेलाडीहरुलाई महान कसरी बनाउने भन्ने प्रमाण पनि निकै कम छ । पर्याप्त भिडियो प्रमाण नभएकै कारण हँगेरीका फेरेंक पुस्कास, स्पेन र अर्जेन्टिना दुवै देशबाट खेलेका अल्फ्रेडो डि स्टेफानो, ब्राजिलियन लेजेण्ड पेले, नेदरल्याण्ड्सका योहान क्रुुएफ र जर्मनका फ्रान्च बेकनबाउर लगायतका खेलाडीहरुको लिगेसीमा प्रश्न गर्नेहरु अझै छन् ।

उनीहरु फरक परिस्थिति, वातावरण, नियममा खेलेका कारण नै यो बहस सधै बिवादास्पद हुदै आएको छ । त्यसैले म्याराडोना प्राविधिक रुपमै फुटबल खेल्ने उत्कृष्ट खेलाडी हुन भनेर दावी गर्न सकिदैन ।

जे भएपनि यो बहस म्याराडोना सर्वकालीन महान भएको दाबी गर्नका लागि हो । र यसको आधार के हो भने सर्वकालीन महानमा दाबेदारी दिने गरेका अन्य कुनै खेलाडीहरुले फुटबल एक टिम खेल हो भन्ने कुरालाई म्याराडोनाले जसरी गलित साबित गर्न सकेनन् । न उनीहरु कहिल्यै यसको नजिक पनि पुग्न सके ।

आफ्नो करिअरको अधिकांश समय म्याराडोना यस्तो क्लबहरुबाट खेले जहाँ बिश्वलाई नै माथ दिने खेलाडीहरु थिएनन् । १९८६–८७ को सिजनमा नापालीलाई सिरी आ को उपाधि दिलाएको टिमको सुची नै हेर्ने हो भने त्यहाँ म्याराडोनाबाहेक अन्य कोही पनि यस्ता खेलाडी थिएनन् जो लिगको उत्कृष्ट टोलीमा समावेश हुन सक्थे ।

अर्जेन्टिनालाई १९८६ को बिश्वकप जिताउदा र १९९० को फाइनलमा पुर्याउदा तुलनात्मक रुपमा केही राम्रा खेलाडीहरु त थिए तर कसैले पनि पेलेले १९७० मा जारजिनियोको जस्तो समर्थन पाए त्यस्तै म्याराडोनाले होर्गे भाल्डानोको पाएका थिए भनेर बहस गर्दैनन् ।

प्रतिभाशाली खेलाडीहरु रहेको टिममा प्रतिभाशाली हुनु एउटा कुरा हो । आफ्नो क्लब टोलीमा उत्कृष्ट खेलाडीहरु भएको कारण मेस्सी र रोनाल्डो भाग्यमानी हुन् । तर म्याराडोनाले त निकै नै साधारण स्रोतहरुको उपयोगमा जादु गरेर देखाएका थिए ।

आफ्नो सानो कदमाथि अपेक्षाको भारी लिदै त्यसमा खरो उत्रिएको कारण पनि म्याराडोना एक अपवाद भएका हुन् । उनले १९८४ मा नापोलीका लागि सम्झौता गर्दा क्लबले एक पटक पनि लिग जितेको थिएन तर म्याराडोनाको आगमनपछि नापोली समर्थकहरुले उपाधिको सपना देख्न थाले । उनी उनी जति उत्कृष्ट खेलाडी थिए त्यती नै कप्तान पनि ।

मेस्सी लगायत अन्य फुटबलरहरुलाई तुलनात्मक रुपमा बढी दवाब होला तर फुटबलका आधुनिक सुपरस्टारहरुसँग पब्लिक रिलेसन एक्सपर्ट र मनोबिश्लेषकहरुको साथ हुने गर्छ । यी सब नुहदा म्याराडोनाले सबै कुरा एक्लै नियन्त्रणमा राखेका थिए भने देश र क्लबलाई एकपछि अर्को उपलब्धि दिलाइरहे ।

Click to comment

Trending