Headline

म्याराडोना कि पेले ? को महान भन्ने बिवाद अझै पनि निरन्तर चलिरहनेछ

Published

on

लियोनल मेस्सी आउनु अघि फुटबलमा को महान भन्ने कहिल्यै नटुङ्गिएको बिवादमा जम्मा दुई खेलाडी संलग्न थिएः डिएको म्याराडोना र पेले ।

यो यस्तो बिवाद थियो जुन बर्षौसम्म छत र बारमा चलिरह्यो, इन्टरनेटमा पनि चल्यो र टेलिभिजनमा पनि ।

बुनोस आएर्समा बुधबार ह्रदयघातका कारण मृत्यु भएका म्याराडोनाले कुनै पनि प्रमुख प्रतियोगितामा शायद इतिहासकै सबैभन्दा प्रेरणादायी प्रदर्शन गर्दै अर्जेन्टिनालाई १९८६ को बिश्वकप थमाए र अस्तित्व पनि खतरामा रहेको नापोलीलाई इटाली र युरोपको उचाइमा पुर्याए ।

पेलेले अभुतपुर्व रुपमा तीन बिश्वकप जिते र निकै सानो शहर सान्तोसलाई बिश्व मानचित्रमा खडा गरिदिए भने न्युयोक कसमसमार्फत अमेरिकामा राज गरे ।

कसको लिगेसी ठूलो भन्ने बिवादले फुटबल जगतलाई यसरी दुई चिरा पारिदियो की म्याराडोनाले फिफाको इन्टरनेट पोलमा सबैभन्दा बढी मत ल्याउदै २० औं शताब्दीको उत्कृष्ट खेलाडी चुनिदा कराडौं स्तब्ध भए । धेरैलाई असह्य भएपछि दवाबमै फिफाले अर्को पोल आफ्नै फुटबल फ्यामिलीको नाममा खडा गरेपछि पेलेले जिते र पुरस्कार बाडिएको जस्तो देखिएको थियो ।

“एकातर्फ छन् पेले यस्ता स्ट्राइकर जसको क्षेत्र पेनाल्टी बक्स थियो, यस्ता खेलाडी जसले मजाको लागि गाल गरे, खेलकुद मन्त्री पनि भए र तपाईले खोजेको जस्तै शान्त ब्यक्ति बने,” २०१३ मा भोटिङ्गपछि भएको समारोहमा फिफाले भन्यो ।

“अर्को तर्फ छन् म्याराडोना, सम्भवत सबैभन्दा पूर्ण खेलाडी, प्लेमेकर र गोलस्कोरर, प्राविधिक रुपमा निपूण, अविश्वसनीय र मैदान भित्र र बाहिरका सनकी र बर्षौ बिभिन्न समस्याले घेरिएका खेलाडी,” दुवैतर्फ सन्तुलन कायम गर्ने क्रममा फिफाले लेखेको थियो ।

दुई खेलाडीको महानताको बिवादमा अन्य केही पदहरु पनि थपिएर आउथेः अर्जेन्टाइनबिरुद्ध ब्राजिलियन, जनताको छोरा बिरुद्ध संस्थापनका व्यक्ति, पार्टी एनिमलबिरुद्ध शान्त ब्यक्ति र क्रान्तिकारीबिरुद्ध परम्परागत छवि ।

सबैले आ–आफ्नो पक्ष लिन्थे भने दुवै जनाले कहिल्यै पनि एक अर्काप्रति आफ्नो धारणालाई लुकाएर राखेनन् । पेलेलाई म्याराडोना सामाजिक रुपमा स्विकार गर्न नसकिने र नालायक लाग्थ्यो भने म्याराडोनालाई पेले बिकाउ ।

“खेलाडीको रुपमा पेले महान थिए तर उनी राजनैतिक रुपमा बढी सोच्छन्,” म्याराडोनाले सबैभन्दा सरल तरिकाले गरिएको आलोचनामा भनेका थिए । ड्रगको कुलतमा फसेका म्याराडोनालाई भने पेले खराब उदाहरण मान्थे ।

यद्दपि १९७९ म्याराडोना पेलेलाई भेट्न रियो दि जेनेरियो पुग्दा दुवै दक्षिण अमेरिकी खेलाडीहरुले आफ्नो पहिलो भेटलाई निकै न्यानो बनाएका थिए । अब आउदै गरेका नयाँ स्टारलाई आफ्नो सल्लाह–सुझाव दिदा पेले खुशी थिए भने म्याराडोना ब्राजिलियन लेजेण्डलाई भेट्ने सपना पुरा गर्न पाउदा निकै उत्साहित ।

दुईबीचको सम्बन्धमा तब तनाव उत्पन्न भयो जब म्याराडोना स्पेनमा भएको १९८२ बिश्वकपमा ब्राजिलियन खेलाडीलाई खुट्टाले हान्दा सोझै रेडकार्ड खादै मैदानबाट बाहिरिए । त्यसयता दुवै खेलाडी दशकौं सम्म एक अर्काको आलोचनामा बिताउदै कहिलेकाही सम्मान गर्दै क्षतिपुर्ति गर्ने काममा पनि लागेका थिए ।

म्याराडोना ६० पुग्नु एक महिना अघि ८० औं जन्मदिन मनाएका पेलेले म्याराडोनाको मृत्युको खबर सुनेपछि उदार हुदै प्रतिक्रिया दिएका थिए । “मैले निकै राम्रो साथी गुमाए र संसारले एउटा लेजेण्ड,” पेलेले बुधबार भने ।

Click to comment

Trending