Headline

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बिहिबार बंगलादेश उड्ने 

Published

on

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहिबार कार्तिक २० गते बंगलादेश जाने  भएको छ । नेपाली टोली हिमालयन एयर मार्फत बंगलादेश जान लागेको हो ।

नेपाली टोलीले त्यहाँ पाँच दिन क्वारेन्टिनमा बस्न पर्ने भएकाले बंगलादेश छिटै जान लागेको हो । तर नेपाली टोलीले क्वारेन्टिनमा रहेको अवस्थामा पनि अभ्यास गर्न पाउने एन्फाका पदाधिकारीले जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि बोलाएको ३५ जना खेलाडी सहितको टोलीले बिहिबारदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गरिसकेको छ । तर पाँच जना खेलाडीलाई कोरोना संक्रमण भएका कारण उनीहरु भने आइसोलेसनमा रहेका छन् ।

यो पनि पढ्नुहोस् :- फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि सोमबार एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । बालगोपालको प्रशिक्षणमा नेपालले दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

प्रशिक्षणमा रहेका खेलाडीहरु :-अभिषेक रिजाल, बिशाल श्रेष्ठ, देबेन्द्र तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, रञ्‍जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेशेहाङ आङदेम्बे लिम्बु, जर्ज प्रिन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुबाश गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवि पासवान, सुनिल बल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, बिक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अन्जन बिष्ट, पुजन उपरकोटी, बिमल राना, भरत खवास, दिप कार्की, एरिक बिष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बु

नेपाली टोलीको अभ्यासको भिडियो 

Click to comment

Trending