Headline

‘मलाई हाफटाइममै ११ सब्स्टिच्युट गर्न मन थियो’

Published

on

युएफा युरोपा लिग अन्तर्गत रोयल एन्टवर्पसँग १-० ले पराजित भएसँगै टोटनह्यामका प्रशिक्षक होजे मोउरिन्होले हाफटाइममै सबै खेलाडीलाई सब्स्टिच्युट गर्न मन भएको बताए ।

जियोभानी लो सेल्सो,स्टेविन बर्गवाइन,कर्लोस भिनिसियस र डेली अल्लीले महिनौ पछि खेल्न पाएको खेलमा पनि टोटनह्याम हाफ टाइममै एक गोलले पछि गरेको थियो ।

ग्यारेथ बेललाई खेलाए पनि केही गर्न नसके पछि मोउरिन्होले हाफ टाइममा चार सब्स्टिच्युट गर्दै पिएरे एम्ली होइबर्ग,एरिक लमेला,लुकास मोउरा र सन ह्युङ मिनलाई मैदान प्रवेश गराएका थिए । मोउरिन्हो निकै आक्रोशित देखिएकासँगै उनले ग्यारेथ बेललाई पनि ५७ औँ मिनेटमा निकल्दै ह्यारी केनलाई मैदान प्रवेश गराएका थिए ।

पाँच स्टार खेलाडी मैदान प्रवेश गराए पनि केही गर्न नसकेको टोटनह्याम अन्तिममा पहिलो हाफको २९ औँ मिनेटमा खाएको गोलले खेल हार्न पुगेको थियो ।

“मलाई ११ जानालाई नै सब्स्टिच्युट गराउन मन थियो,” मोउरिन्होले भने ।

“मैले पाँच वटा पनि गरिन किनभने मलाई ४५ मिनेटको समय पनि लामो लागेको थियो । म अन्य खेलाडीहरुलाई पनि मौका दिदै अनुभव ल्याउन चाहन्छु,”

“आजको खेलको लागि दोषी कोही छ भने त्यो मै हो । मैले खेल सुध्रिने आशमा भएको जती सब्स्टिच्युट सबै हाफ टाइममा प्रयोग गर्दिए र पछि मसँग खेल बदल्न केही रहेन,” मोउरिन्होले थपे ।

“बाँकीको खेलसँग म सन्तुष्ट छु।”

टोटनह्यामको युरोपा लिगमा यो पहिलो पराजय हो ।

 

Click to comment

Trending