IPL

राम्रो सुरुवात गरे पनि बुम्राको घातक बलिङमा बेंगलोरको मध्य स्कोर

Published

on

राम्रो सुरुवात गर्दै ओपनरद्वय देवदत्त पडिकल र जश फिलिप्पेले पहिलो विकेटका लागि ७१ रन जोडे पनि जस्प्रित बुम्राले घातक बलिङ गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४८ औं खेलमा मुम्बई इन्डियन्सलाई रोयल च्यालेन्जर्स बेंगलोरले १६५ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद रंगशाला, अबुधबीमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६४ रन बनायो ।

बेंगलोरको लागि ओपनरद्वय देवदत्त पडिकल र जश फिलिप्पेले पहिलो विकेटको लागि सात दशमलब पाँच ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिए । २४ बलमा ३३ रन बनाएका फिलिप्पे राहुल चाहारको शिकार भए । त्यस पछि आएका कप्तान बिराट कोहली नौं, एबी डि भिलियर्स १५ तथा सौरभ दुबे दुई रन बनाएर पेभेलियन फर्किए ।

उत्कृस्ट ब्याटिङ गरेका पडिकल ४५ बल खेल्दै १२ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाए । उनी १७ औं ओभरमा जस्प्रित बुम्राको बलमा आउट हुन पुगे ।

क्रिस मोरिस दुई बलमा चार रन बनाएर आउट भए पनि वाशिंगटन सुन्दर र गुरकिरत सिंहले अविजित रहँदै क्रमश १० र १४ रनको योगदान दिए ।

बेंगलोरलाई मध्यम स्कोरमा रोक्ने क्रममा जस्प्रित बुम्राले चार ओभर बलिङ गर्दै एक मेडन सहित १४ रन खर्चिएर तीन विकेट हात पारे ।

आजको खेलमा मुम्बईले आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने बेंगलोरले तीन परिवर्तन गरेको छ । बेंगलोरका तिब्र गतिका बलर डेल स्टेनले सुरुवाती ११ मा स्थान बनाउँदा आरोन फ़िञ्च टोली बाहिर रहेका छन् । त्यस्तै जश फिलिप्पे र सौरभ दुबेले टोलीमा स्थान बनाएका छन् ।

मुम्बईका कप्तान रोहित शर्मा यस अघिका दुई खेलमा चोटका कारण खेल्न सकेका थिएनन् भने आज पनि खेल्ने नखेल्ने भएका छन् । उनको स्थानमा काइरन पोलार्डले नै कप्तानी सम्हाल्ने छन् ।

मुम्बई र बेंगलोर अंक तालिकामा क्रमश पहिलो र दोश्रो स्थानमा रहेका छन् । समान ११-११ खेल खेल्दै ७-७ जित र ४-४ हारका साथ दुबै टोलीको समान १४-१४ अंक रहे पनि मुम्बई नेट रन रेटका आधारमा पहिलो र बेंगलोर दोश्रो स्थानमा रहन गएका हुन् ।

आजको खेलमा जित हात पार्ने टोलीले अंक तालिकामा शिर्ष स्थानमा पकड जमाउनुको साथ साथै प्ले अफमा पुग्ने छ । हुन त अझै पनि पाँच टोलीले १६ अंक बटुल्दै शिर्ष स्थानमा पुग्ने र प्ले अफमा स्थान जमाउने सम्भावना बाँकी नै रहेको छ । तर पनि आजको खेलमा जित निकाल्न सक्ने टोलीले लगभग प्लेअफमा स्थान जमाउन सक्ने छ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा तीन विकेट गुमाएर २०१ रन बनायो भने जवाफी ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०१ रन बनाए पछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो ।

Click to comment

Trending