राष्ट्रिय

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि बालगोपाल प्रशिक्षक नियुक्त 

Published

on

नेपालले बंगलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ ।

बालगोपालको प्रशिक्षणमा नेपालले हालै नेपालमा नै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

Click to comment

Trending