Connect with us

राष्ट्रिय

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि बालगोपाल प्रशिक्षक नियुक्त 

wesportz

Published

on

नेपालले बंगलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ ।

बालगोपालको प्रशिक्षणमा नेपालले हालै नेपालमा नै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

राष्ट्रिय

पुर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

wesportz

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

नेपाली क्रिकेट इतिहासका सबैभन्दा सफल कप्तान र खेलाडी पारसले आज बिहानै सामाजिक संजाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

सन् २००९ मा कप्तान घोषित पारसको कप्तानीमा नेपालले डिभिजन पाँच देखि एकदिवसीय मान्यता राष्ट्र सम्मको यात्रा तय गरेको थियो भने सन् २०१४ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप पनि खेलेको थियो ।  पारसले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि डेब्यु गरेका थिए ।

‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु,’ विज्ञप्तिमा खड्काले लेखेका छन्, ‘क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैब आफ्नो भूमिका निर्वाह गरेँ।’

उनले थप लेखेका छन् : मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो।तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौं।

‘अन्तर्राष्ट्रिट क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ। तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दैछन्,’ खड्कालले सन्यासको घोषणा गर्दै लेखेका छन्, ‘मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौं भन्ने विश्वास लिएको छु। धन्यवाद!’

Continue Reading

राष्ट्रिय

दुई महिना पछिलाई सर्यो लिग, विजेताले ७५ लाख पाउने 

wesportz

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको शहीद स्मारक ए डिभिजन लिग नोभेम्बर १५ अर्थात कार्तिक २९ गतेबाट आयोजना गर्ने भएको छ । 

एन्फा कम्प्लेक्समा आज एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरूको बैठकले यस अघि असोजमा हुने भनिएको लिग कार्तिकमा सार्ने निर्णय गरेको हो । असोज तीनबाट सुरु गर्ने भनिएको लिग साफ च्याम्पियनसिप र कोरोनालाई ध्यानमा राख्दै मिति सर्ने भएको हो ।

एन्फाले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि नेपाल सरकारले पाँच करोड दिने भए पछि त्यसका लागि आवश्यक कामहरू सुरु गर्दैछ । साफ च्याम्पियनसिप यसै वर्ष अक्टोबरमा आयोजना हुनेछ ।

त्यस्तै आजको बैठकले लिग विजेतालाई ७५ लाख पुरस्कार राशि दिने पनि निर्णय गरेको छ । अघिल्लो पटकको विजेताले ५० लाख हात पारेको थियो भने यस पटक पुरस्कार राशिमा २५ लाख बढाइएको छ । लिगमा दोश्रो र तेश्रो हुने टोलीले क्रमश ५० र २५ लाख जित्ने छन् भने सबै टोलीले २० लाख एन्फाबाट तयारी खर्च पनि प्राप्त गर्नेछन् ।

१४ टोली सम्मिलित लिग सिंगल राउन्ड रोबिन आधारमा खेलाइने भएको छ । यस अघि लिगको अंक तालिकाको माथिल्लो आठ र तल्लो छ बीच दुई प्रकारको अर्को लिग खेलाउने र त्यसैबाट विजेता र रेलेगेसन छुट्टाउने जनाए पनि कोरोनाको अवस्थालाई ध्यानमा राख्दै सिंगल राउन्ड रोबिन आधारमा खेलाउने निर्णय पनि आजको बैठकले लिएको छ ।

अंक तालिकाको पुछारमा रहने दुई टोली बि डिभिजनमा घटुवा हुनेछन् ।     

अघिल्लो संस्करणको लिग मछिन्द्र क्लबले जितेको थियो ।    


 

Continue Reading

राष्ट्रिय

अलमुताईरी र नेम्बांग बीचको विवादमा एन्फाले मन्त्रालयको सहयोग लिने   

wesportz

Published

on

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग बीचको विवाद समाधान गर्नका लागि एन्फाले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने भएको छ । 

अलमुताईरीले हिजो मात्र नेम्बांग र दुई सञ्चारकर्मीबिरुद्ध निष्पक्ष छानविन गर्न माग गर्दै एन्फामा निवेदन दिएका थिए । एन्फाको आज बसेको कार्यसमितीको बैठकले दुई बीचको विवाद समाधान गर्न असफल भए पछि मन्त्रालयको सहयोग लिन लागेको हो ।  

अलमुताइरीले केही दिन अघि नेम्बांगको कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुक स्ट्याटस लेख्दा नेपाली फुटबल तरंगित हुँदै आएको छ ।

अब्दुल्लाहले तीन साता देखि नेम्बांगले आफूलाई तनाव दिइरहेको बताउँदै उनकै कारणले राजीनामा दिने बताएका थिए । तर एन्फा नेतृत्वले उनलाई राजीनामा नदिन आग्रह गरेको थियो ।

नेम्बांगले आफुबिरुद्ध अब्दुल्लाह खनिनु निराधार रहेको र घटनाको छानविन गर्न त्यही दिन नै माग गरेका थिए । उनले आफ्नो गल्ति देखिएमा पदबाट समेत राजीनामा दिने बताएका थिए ।

यस्तै एक अनलाइनका दुई संचारकर्मीबिरुद्ध पनि छानविन गर्न अब्दुल्लाहले माग गरेका हुन् । एन्फामा प्रशिक्षणका दौरान विश्राम लिदै कम्पाउण्ड बाहिर निक्लँदै धूम्रपान गरेको विषयमा प्रश्न गर्दा अब्दुल्लाहले आफुहरुलाई दुर्व्यवहार गरेको भन्दै दुई सञ्चारकर्मीले विरोध जनाएका थिए । उनीहरुले पनि एन्फालाई यो विषयमा छानविन गर्न माग गरेका थिए । 

त्यस्तै एन्फाले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि नेपाल सरकारले पाँच करोड दिने भएका कारण यसका लागि अब साफमा पहल गर्ने पनि निर्णय लिएको छ । एन्फाले आफ्नै घरेलु मैदानमा साफ च्याम्पियनसिप आयोजना गर्न पहल गर्ने भए पछि साफको तयारीका लागि हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीको लागि मैत्रीपूर्ण खेल खेल्न भारत, बंगलादेश, सिंगापुरसँग पत्राचार जारी रहेको र यसका लागि आयोजना र सहभागिता जनाउन आवश्यक पहल गर्ने पनि निर्णय लिएको छ ।     

त्यस बाहेक भारतमा अर्को वर्ष आयोजना हुने एएफसी वुमन्स एसिया कपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण खेलका लागि इरान लगायत अन्य देशलाई पनि पहल गर्ने निर्णय लिएको छ ।


 

 

Continue Reading
अन्तर्राष्ट्रिय9 mins ago

अहमदले घातक बलिङ गर्दा अष्ट्रेलियाको लज्जास्पद हार 

राष्ट्रिय14 hours ago

पुर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

Headline2 days ago

पिएसजीलाई हराउदै लिल बन्यो च्याम्पियन्स ट्रफि बिजेता

Headline2 days ago

ओलम्पिक्सः रेफ्रिको निर्णयको बिरोधमा फ्रेञ्च बक्सर एक घण्टा रिंग भित्रै धर्नामा

राष्ट्रिय2 days ago

दुई महिना पछिलाई सर्यो लिग, विजेताले ७५ लाख पाउने 

Headline2 days ago

लोकाटोलीलाई युभेन्टस भित्र्याउनेमा नेदभेद बिश्वस्त

अन्तर्राष्ट्रिय3 days ago

हफिजले किफायती बलिङ र कप्तान बाबरको अर्धशतकमा पाकिस्तानको रोमान्चक जित 

अन्तर्राष्ट्रिय3 days ago

डिकवेला, मेन्डिस र गुनथिलकालाई एक वर्षको प्रतिबन्ध 

Headline4 days ago

ग्रिलिसलाई इंगलिस फुटबलकै महंगो ट्रान्सफरमा भित्र्याउदै सिटी

अन्तर्राष्ट्रिय4 days ago

स्टोक्सको अनिश्चित समयका लागि क्रिकेटबाट बिश्राम 

Trending

error: Content is protected !!