Headline

खबिबले जिते, भावुक हुदै सन्यास लिए

Published

on

रुसी फाइटर खबिब नुर्मागोमेदोभले आफ्नो बिजयी यात्रालाई निरन्तरता दिए । र लगत्तै बिश्वकै बिवादास्पद र खतनाक मार्सियल आर्ट स्पर्धा युएफसी (अल्टिमेट फाइटिङ्ग च्याम्यिनशिप) बाट अप्रत्याशित सन्यास घोषणा पनि गरिदिनए ।

३२ बर्षिय खबिब अबु धाबीमा शनिबार राति भएको युएफसी २५४ अन्तर्गत जस्टिन गेथेलाई दोश्रो चरणमा हराउदै लाइटवेट उपाधि सुरक्षित गरे तर पछिल्लो केही समय निकै कठिन जीवन बिताइरहेका खबिबले सन्यास पनि घोषणा गरे । यसको कारण थियो उनका बुवा अब्दुलमनपको जुलाईमा भएको मृत्यु ।

कोरोना भाइरसका कारण स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि अब्दुमनपको जुलाईमा ५७ बर्षको उमेरमा मृत्यु भएको थियो । खबिबको सबै बाउटमा उनका बुवाले साथ दिने गरेका थिए र शनिबारको फाइट उनको बुवा बिनाको पहिलो र अन्तिम पनि हुन पुग्यो ।

शनिबारको जित खबिबले उनका प्रशिक्षक र मेन्टर बुवाकै स्मृतिमा समर्पण गरेका थिए । कति समर्थकहरुले खबिबले ३० औं करिअर जितपछि मात्रै सन्यासको बिषयमा सोच्ने अपेक्षा गरेका थिए तर शनिबारको २९ औं जितपछि भावुक खबिबले आफ्नो टिम सदस्यहरुलाई ग्लोभ्स काट्न लगाउदै सन्यास घोषणा गरेका थिए ।

“यो मेरो अन्तिम फाइट थियो । म अक्टागनमा (युएफसीको फाइट हुने आठ कुने पिजडा) आफ्नो बुवा बिना आउने सोच्न सक्दिन । मेरो बुवासँग जे भयो त्यसपछि युएफसीले पहिलो पटक यो फाइटको लागि मलाई फोन गरेको थियो । यस बिषयमा मैले मेरो आमासँग तीन दिनसम्म कुरा गरे,” खबिबले सम्झिए ।

“मेरो आमा बुवाको अनुपस्थितिमा म फाइट नखेलौं भन्ने चाहन्थिन् । मैले उनलाई यो मेरो अन्तिम फाइट हुने बताएको थिए । यदि मैले बाचा गरेको छु भने यसलाई मैले पुरा गर्नपर्छ । यो मेरो लास्ट फाइट थियो ।”

खबिबलाई युएफसी इतिहासकै सर्वकालीन महान फाइटर मान्ने धेरै छन् ।

Click to comment

Trending