IPL

भारतले गर्ने अस्ट्रेलिया भ्रमण सुनिश्चित, अस्ट्रेलिया सरकारले दियो स्विकृति

Published

on

भारतले आगामी महिनाबाट गर्ने भनेको अस्ट्रेलिया भ्रमण सुनिश्चित भएको छ । अस्ट्रेलिया क्रिकेट बोर्डले आज जनाए अनुसार सरकारले भ्रमणको स्विकृति दिएको छ ।

सरकारको तर्फबाट स्विकृत पाए पनि खेलाडीहरुले क्वारेन्टिनको नियम पालना गर्न पर्ने हुन्छ । न्यु साउथ वेल्स सरकारले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी अस्ट्रेलियन र भारतीय खेलाडीले क्वारेन्टिनमा बस्न पर्ने भए पनि अभ्यास गर्न पाउने जनाएको छ ।

भारतले अस्ट्रेलिया भ्रमणका क्रममा समान ३-३ ट्वान्टी ट्वान्टी र एकदिवसीय तथा चारवटा टेस्ट खेल्ने छ । पहिलो र दोश्रो ट्वान्टी ट्वान्टी क्रमश नोभेम्बर २७ र २९ मा सिड्नीमा तथा तेश्रो र अन्तिम एकदिवसीयका साथ साथै पहिलो ट्वान्टी ट्वान्टी खेल डिसेम्बर एक र चार तारिखमा क्यानबेरामा हुनेछ ।त्यस्तै फेरी बाँकी दुई ट्वान्टी ट्वान्टीका लागि दुबै टोली सिड्नी फर्कने छन् र ति खेलहरु डिसेम्बर छ र आठ तारिखमा हुनेछ ।

भारतले अस्ट्रेलिया भ्रमणको पहिलो टेस्ट भने डे-नाइट टेस्टबाट सुरु गर्नेछ । एडिलेड ओभलमा हुने उक्त खेल डिसेम्बर १७ बाट २१ सम्म संचालन हुनेछ । दोश्रो टेस्टको लागि भने अस्ट्रेलियाले दुईवटा भेन्यु छुट्टाएको छ । बक्सिङ डे टेस्ट मेलबर्नमा डिसेम्बर २६ बाट ३० तारिख सम्म खेलाइने छ । तर यदि कोरोनाका कारण मेलबर्नले आयोजना गर्न नसक्ने भएको खण्डमा एडिलेडले नै दोश्रो टेस्ट पनि आयोजना गर्नेछ ।

तेश्रो टेस्ट सिड्नीमा जनावरी सात देखि ११ सम्म तथा चौथों र अन्तिम टेस्ट ब्रिसबेनमा जनावरी १५-१९ सम्म चल्ने छ ।

Click to comment

Trending