लेख

च्याम्पियन्स लिग: बायर्न एट्लेटिकोको समाना गर्दै, रियल म्याड्रिडको खेल पनि आजै

Published

on

च्याम्पियन्स लिगको दोस्रो दिन आज आठ खेलहरु हुँदै छन् । कोरोना भाईरसक बावजुद युएफाले प्रतियोगिता शुरु गर्दा क्लबहरुलाई आ–आफ्नो देशको सरकारले अनुमती दिएको खण्डमा कोभिड–१९ को प्रोटोकलमा बाध्दै रँगशाला प्रवेश गराउने अनुमती पनि दिएको छ ।

यसको फाईदा कम संक्रमित भएको देश युक्रेनका दुई क्लब शख्तर दोनेस्क र डाइनामो किएभ र हंगेरियन क्लब फेरेन्सभरोसीले उठाउने देखिन्छ ।

नेपाली समय अनुसार १०:४० मा शुरु हुने पहिलो दुई खेलमा रेड बुल साल्जबर्गले लोकोमोटिभ मस्कोको र रियल म्याड्रिडले शख्तर दोनेस्कको समाना गर्ने छन् ।

रियल म्याड्रिड र शख्तर दोनेस्क २०१५/२०१६ को समुह चरण पछि पहिलो पटक भिड्न लागेका हुन् ।

रियलका लागि चोट ठुलो टाउको दुखाइ बनेको छ । कप्तान सर्जियो रामोस र विङर एडेन हजार्डले दोनेस्क विरुद्धको खेल गुमाउने छन् भने बेलको अनुपस्थितीमा दुई युवा खेलाडी रोड्रिगो र भिनिसियस जुनियरले यो मौका पाउने देखिन्छ ।

अन्य खेलहरुमा के हुदैछ?

लिभरपुल भर्सेस आयाक्स

केही दिन अघि मात्र आफ्नो प्रमुख खेलाडी भर्जिल भान डाइकलाई गम्भिर चोटका कारण गुमाएको लिभरपुलले योहान क्रुएफ एरिनामा आयाक्सको समाना गर्दै छ ।

यस च्याम्पियन्स लिग सिजनको आफ्नो पहिलो खेलमा खेल्दै गर्दा आयाक्स भने आफ्नो घरेलु लिगमा उत्कृष्ट लयमा देखिएको छ । यता लिभरपुल भने प्रिमियर लिगमा अघिल्लो खेलमा एवर्टनसँग बराबरीमा रोकिएको थियो । तर लिभरपुल अझै पनि एस्टन भिल्लासँग बेहोरेको ७–२ को पराजयबाट बाहिर निस्किन सकेको छैन ।

युवा टोलीले भरिएको आयाक्सले लिभरपुललाई पराजित गर्न नसक्ला भन्न सकिदैन । १९६६–१९६७ पछि पहिलो पटका भिड्न लागेका यि दुई टोलीको खेल निकै रोमान्चक हुने मनिएको छ ।

खेल नेपाली समय अनुसार १२ः४५ मा सुरु हुने छ ।

यो पनि पढ्नुहोस्:च्याम्पियन्स लिगको सेमिफाइनल पुगेर युरोपलाई चकित बनाएको आयाक्समा अहिले के बाकी छ ?

बायर्न म्युनिख भर्सेस एट्लेटिको म्याड्रिड

मुख्य खेलाडी सर्जी नाब्रीलाई कोरोना भाईरस संक्रमण देखिए लगतै आइसोलेसनमा पठाए पनि अन्य खेलाडीहरुसंगै अभ्यास गरेका कारण युएफाले खेलाडीहरुको पुन:परिक्षण गर्नु पर्ने बताएको छ ।

नाब्रीसँगै अन्य धेरै खेलाडीमा कोरोना देखिए बायर्न र एट्लेटिकोको खेल रोकिने धेरै सम्भावना रहेको छ । खेल भएको खण्डमा भने साविक बिजेता बायर्नले एट्लेटिकोको रक्षात्मक खेललाई तोड्न निकै गार्हो पर्ने देखिन्छ ।

बायर्न र एट्लेटिको युरोपियन प्रतियोगितामा साँतौ पटक भिड्न लागेका हुन् । २०१६/२०१७ को च्याम्पियन्स लिग सिजनमा पनि एकै समुहमा परेका यि दुई टोलीले अन्तिम १६ मा स्थान बनाएका थिए ।

बायर्नले अघिल्लो सिजनदेखि सुपर कपसम्म युरोपियन प्रतियोगितामा एक खेल पनि हारेको छैन । आज हुने एट्लेटिकोविरुद्धको खेलमा भने यो किर्तिमान बायर्नले जोगाउन सक्ला कि नसक्ला भन्ने बिषय निकै रोचक हुने छ ।

खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

यस्तै १२:४५ मै सुरु हुने अन्य खेलहरुमा म्यानचेस्टर सिटीले पोर्टो, मिजील्याण्डले एट्लान्टा, ओलम्पियाकोसले मार्से र इन्टर मिलानले जर्मन क्लब बोरुसिया मोचेनग्लाड्ब्याचको समाना गर्ने छ ।

 

Click to comment

Trending