Headline

तीन देखि चार महिनामा कोर्ट फर्कन सक्छुः प्रतिभा माली (भिडियो अन्तर्वार्ता) 

Published

on

नेपाली महिला भलिबल टोलीकी स्टार प्रतिभा माली चोटका कारण मैदान बाहिर रहेकी छिन् । तर उनी अबको तीन देखि चार महिनामा पूर्ण फिट भएर कोर्टमा फर्कन सक्नेमा ढुक्क छिन् ।

नेपाल भलिबल संघले आयोजना गरेको राष्ट्रिय प्रतियोगिताको फाइनलका क्रममा उनले घुँडाको चोट बोक्न पुगिन् । उनलाई लागेको एसिएल चोट स्पोर्ट्स इन्जुरीमै पर्ने गर्दछ ।

चोटबाट मुक्त हुन प्रतिभाले दुई पटक शल्यक्रिया पनि गरिसकेकी छिन् । हाल उनी नियमित रुपमा फिजियोथेरापी गराउँदै आएकी छिन् । फिजियोथेरापी गर्दै चोटबाट ठिक हुँदै राष्ट्रिय टोलीमा पुनरागम गर्न उनी कडा मिहिनेत पनि गर्दै आएकी छिन् ।

विस्पोर्ट्जलाई दिएको अन्तर्वार्तामा प्रतिभा भन्छिन्, ’शल्यक्रिया हुनु अघि नै मलाई डक्टरहरुले करिब नौं महिना देखि एक बर्ष लाग्छ भन्नु भएको थियो । अहिले आठ महिना भयो । मेरो चोट लगभग ठिक पनि भैसकेको छ । तर पनि हतार नगरी पूर्ण फिट भएर मात्र मैदान फर्कन चाहन्छु ।’

हुन त प्रतिभाले अहिले नै कोर्टमा अभ्यास सुरु गरिसकेकी छिन् । तर पनि उनी खेलमा फर्कन आतुर भएर आफ्नो चोटलाई बल्झाउने पक्षमा छैनन् ।

यो पनि पढ्नुहोला :पुनरागमनको तयारीमा भलिबल स्टार प्रतिभा माली (फोटो फिचर र भिडियो 

त्यस्तै अर्थोप्लास्ट रिह्याब सेन्टरका मेडिकल निर्देशक तथा नेपाली फुटबल टोलीका पुर्व फिजियो सुरज भुसाल पनि प्रतिभाको चोट लगभग ठिक भएको बताउँछन् । प्राय खेलाडीको एसीएल अथवा एमसीएलमा समस्या आउने गर्दछ । तर प्रतिभाको भने दुवै र मिनिस्कसमा समस्या देखिएका कारण पूर्ण ठिक हुनका लागि हतार नगरेर समय लिएर फिजियो गराउने गरेको बताए ।

गत नोभेम्बरमा नेपाली महिला भलिबल टोलीले पहिलो पटक अन्तरास्ट्रिय स्वर्ण पदक चुम्दा प्रतिभा प्रतियोगिताकै उत्कृस्ट स्पाइकर घोषित भएकी थिइन् । नेपालले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा ऐतिहासिक रजत पदक चुम्दा पनि प्रतिभाको योगदान महत्वपूर्ण रहेको थियो ।

 

Click to comment

Trending