राष्ट्रिय

पुनरागमनको तयारीमा भलिबल स्टार प्रतिभा माली (फोटो फिचर र भिडियो सहित)

Published

on

नेपाली महिला भलिबल टोलीकी स्टार हुन् प्रतिभा माली । गत नोभेम्बरमा नेपाली महिला भलिबल टोलीले पहिलो पटक अन्तरास्ट्रिय स्वर्ण पदक चुम्दा प्रतिभा प्रतियोगिताकै उत्कृस्ट स्पाइकर घोषित भएकी थिइन् ।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा ऐतिहासिक रजत पदक चुम्दा पनि प्रतिभाको योगदान महत्वपूर्ण रहेको थियो ।

तर पछिल्लो पटक यिनै स्टार प्रतिभा चोटबाट पिरोलिएकी छिन् । नेपाल भलिबल संघले आयोजना गरेको राष्ट्रिय प्रतियोगिताको फाइनलका क्रममा उनले घुँडाको चोट बोक्न पुगिन् । उनलाई लागेको एसिएल चोट स्पोर्ट्स इन्जुरीमै पर्ने गर्दछ ।

चोटबाट मुक्त हुन प्रतिभाले दुई पटक शल्यक्रिया पनि गरिसकेकी छिन् । हाल उनी नियमित रुपमा फिजियोथेरापी गराउँदै आएकी छिन् । फिजियोथेरापी गर्दै चोटबाट ठिक हुँदै राष्ट्रिय टोलीमा पुनरागम गर्न उनी कडा मिहिनेत पनि गर्दै आएकी छिन् ।

Click to comment

Trending