Headline

प्रिमियर लिगमा आजः लिभरपुललाई एवर्टनको चुनैती, सिटी र आर्सनल भिड्दै

Published

on

इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार हुने पहिलो खेलमा शिर्ष स्थानमा रहेको एवर्टनले साविक बिजेता लिभरपुलको समाना गर्दै छ ।

अघिल्लो खेलमा एस्टन भिल्लासँग ७–१ को लज्जास्पद हार व्यहोरेको लिभरपुललाई लगातार चार खेल अपराजित रहेको एवर्टनलाई रोक्न निकै चुनौतिपूर्ण रहनेछ । २०१० मा अन्तिम पटक २–० को जितपछि भने एवर्टनले लिभरपुललाई १९ खेलमा पराजित गर्न सकेको छैन् । गूडिसन पार्कमा हुने खेलमा एवर्टनले लिभरपुललाई हराएको खण्डमा १० बर्षमा पहिलो जित निकाल्ने छ ।

एवर्टन यस सिजन निकै लयमा देखिएको छ । हामेस रोड्रिगेजको आगमन र डोमिनिक क्याल्भर्ट लेविनको फर्म एवर्टनको लागि निकै महत्वपूर्ण रहेको छ । लिभरपुलका सादियो माने र नयाँ खेलाडी थियागो अल्कान्टराले यो खेल कोभिड–१९ का कारण गुमाउने छन् । यो खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुने छ ।

यस्तै अर्को ठुलो खेलमा म्यानचेस्टर सिटीले आर्सनलको समाना गर्दै छ । २०१५ २–१ को जित हात पारे यता आर्सनलले प्रिमियर लिगको खेलमा सिटीलाई हराउन सकेको छैन । गत सिजनको एफए कप सेमिफाइनलमा भने आर्सनलले सिटीलाई २–० ले पराजित गरेको थियो ।

नयाँ खेलाडी थोमस पार्टेको आगमन पछि आर्सनलको मिडफिल्डमा केही सुधार आएको छ । सिटीका स्टार केभिन डि ब्रुनले भने चोटका कारण खेल गुमाउने छन् ।

यो सिजन सिटीले लय समाउन सकेको छैन् । पछिल्ला तीन खेलमा चार चार अंक मात्र जोडेको सिटीले लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार पनि ब्यहोरेको थियो ।
इतिहाद स्टेडियममा हुने खेलमा सिटीले यो खेल हारेको खण्डमा पेप ग्वार्डियोलाको करिअरमा सबै भन्दा खराब शुरुवात बन्न पुग्ने पक्का छ । यो खेल नेपाली समय अनुसार १०ः१५ मा सुरु हुने छ ।

अन्य खेलहरुमा चेल्सीले साउथह्याप्टन र म्यानचेस्टर युनाइटेडले न्युकासलको समाना गर्ने छ ।

Click to comment

Trending