IPL

पराग र टेवाटियाको साझेदारीमा राजस्थानको रोमान्चक जित

Published

on

एक समय पाँच विकेट गुमाएर हारको संघारमा पुगेको राजस्थान रोयल्सका रियान पराग र राहुल टेवाटियाले ४७ बलमा ८५ रनको साझेदारी गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) आफ्नो सातौं खेलमा सनराईजर्स हैदराबाद माथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ ।

जितका लागि १५९ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले १९ दशमलब पाँच ओभरमा पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

राजस्थानको जितमा छैठौं नम्बरमा ब्याटिङ गर्न आएका रियान पराग र सातौं नम्बरमा ब्याटिङ गर्न आएका टेवाटियाले अविजित रहँदै क्रमश ४२ र ४५ रन बनाए । त्यस्तै राजस्थानको तर्फबाट सन्जु सामसनले२६, रबिन उथप्पाले १८, जस बटलरले १६ रनको पारी खेले ।

यस सिजनको पहिलो खेल खेलेका बेन स्टोक्स ओपनिङमा ब्याटिङ गर्न आए । तर दोश्रो ओभरमा नै मात्र पाँच रन बनाएका उनी खलिल अहमदको बलमा बोल्ड भए । पारीको चौथों ओभरमा पाँच रन बनाएका कप्तान स्टिभ स्मिथ पनि रन आउट हुन पुगे ।

त्यस पछि लगातार रुपमा बटलर, उथप्पा र सामसन पनि पेभेलियन फर्किंदा राजस्थान ११ दशमलब छ ओभरमा ७८ रनमा पाँच विकेटको अवस्थामा खुम्चिन पुग्यो । सामसन र उथप्पा रशिद खानको बलमा ओत भए भने बटलर अहमदको शिकार भए ।

त्यस पछि ब्याटिङ गर्न आएका पराग र टेवाटियाले राजस्थानलाई रोमान्चक जित दर्ता गराउन सफल भए । २६ बलको सामना गरेका गर्गले समान २-२ चौका र छक्का प्रहार गरे भने टेवाटियाले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

हैदराबादका खलिल अहमद र रशिद खानले समान २-२ विकेट हात पारे ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १५८ रन बनायो ।

हैदराबादको तर्फबाट मनिष पाण्डेले सर्वाधिक ५४ रन बनाए भने कप्तान डेभिड वार्नरले पनि ४८ रनको पारी खेले । चार दशमलब चार ओभरमा २३ रन हुँदा ओपनर १९ बलमा १६ रन बनाएर जोनी बेरिस्टो आउट भए पनि वार्नर र पाण्डेले दोश्रो विकेटका लागि ६० बलमा ७३ रनको साझेदारी गर्दै हैदराबादको पारी सम्हाले ।

३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरेका वार्नर १४ दशमलब चार ओभरमा जोफ्रा आर्चर बोल्ड भए भने ४४ बल खेल्दै दुई चौका र तीन छक्का प्रहार गर्दै १७ दशमलब चार ओभरमा जयदेव उनादकटको शिकार भए ।

केन विलियमसनले अविजित रहँदै १२ बलमा २२ रन बनाए भने पारीको अन्तिम बलमा रन आउट भएका प्रियम गर्गले पनि १५ रनको योगदान दिए ।

हैदराबादका जोफ्रा आर्चर, जयदेव उनादकट र कार्तिक त्यागीले समान १-१ विकेट हात पारे ।

यस सिजनको पहिलो दुई खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले र किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्दै राम्रो सुरुवात गरेको राजस्थान त्यस पछिका लगातार चार खेलमा भने पराजित हुन पुग्यो । राजस्थान कोलकाता नाइट राईडर्ससँग ३७ रनले, रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले, मुम्बई इन्डियन्ससँग ५७ रनले तथा दिल्ली क्यापिटल्ससँग ४६ रनले पराजित भएको थियो ।

हैदराबाद सुरुका दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले र कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित हुँदै प्रतियोगितामा खराब सुरुवात गर्यो । त्यस पछिका खेलमा उसले दिल्ली क्यापिटल्सलाई १५ रनले र चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गर्यो । आफ्नो पाँचौं खेलमा मुम्बईसँग ३४ रनले पराजित भएको हैदराबादले छैठौं खेलमा किंग्स ११ पन्जाबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्यो

Click to comment

Trending