IPL

बेंगलोरसँग चेन्नाईको लज्जास्पद हार

Published

on

ब्याट्सम्यानहरु चल्न नसक्दा इन्डियन प्रिमियर लिग (आईपीएल) को रोयल च्यालेन्जर्स बेंगलोर विरुद्धको खेलमा मध्यम लक्ष्य पक्ष्याएको चेन्नाई सुपर किंग्सले ३७ रनको लज्जास्पद हारको सामना गरेको छ ।

छ खेल खेलेको बेंगलोरको यो चौथों हार हो भने सातौं खेलमा चेन्नाईको यो पाँचौं हार हो । आजको जितसँगै बेंगलोर अंक तालिकाको चौथों स्थानमा उक्लिएको छ भने चेन्नाई छैठौं स्थानमा झरेको छ । अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका मुम्बई इन्डियन्स र कोलकाता नाइट राईडर्सको पनि समान आठ-आठ अंकका नै भए पनि नेट रन रेटका आधारमा बेंगलोर चौथों स्थानमा रहन पुगेको हो ।

जितका लागि १७० रनको मध्य लक्ष्य लिएर ब्याटिङ गर्न आएको चेन्नाईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १३२ रन बनाउन सक्यो ।

ओपनरद्वय फाफ डु प्लेसिस १० बलमा आठ रन र शेन वाटसन १८ बलमा १४ रन बनाएर वाशिंगटन सुन्दरको शिकार हुँदा चेन्नाई खराब सुरुवात गर्दै पाँच दशमलब चार ओभरमा ३५ रनको स्थितीमा पुग्यो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अम्बाती रायुडू र आजको खेलबाट आईपीएलमा डेब्यु गरेका नारायण जगदिसान मिलेर तेश्रो विकेटका लागि आठ दशमलब चार ओभरमा ६४ रन जोड्दै चेन्नाईको पारी सम्हाल्ने प्रयास गरे । तर २८ बलमा चार चौकाको मद्धतमा ३३ रन बनाएका जगदिसान रन आउट भए पछि चेन्नाई सम्हालिन सकेन ।

त्यस पछि आएका कप्तान महेन्द्र सिंह धोनी छ बल खेल्दै १० रन बनाएर युज्बेन्द्र चाहालको बलमा आउट भए भने साम कुर्रान क्रिस मोरिसको बलमा गोल्डेन डकआउट हुन पुगे । त्यस पछिको ओभरमा जाधव पनि ४० बलमा ४२ रन बनाउँदै आउट भए पछि चेन्नाई लज्जास्पद हारको संघारमा पुग्यो ।

१९औं ओभरमा समान ७-७ रन बनाएका ड्वायन ब्राभो र रविन्द्र जडेजा क्रिस मोरिसको शिकार भए ।

बेंगलोरको जितमा यस सिजन आफ्नो पहिलो खेल खेलेका क्रिस मोरिसले चार ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने वाशिंगटन सुन्दरले पनि तीन ओभरमा १६ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । महँगो साबित भए पनि युज्बेन्द्र चाहाल र इसरु उडानाले पनि १-१ विकेट लिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६९ रन बनायो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ९० रन बनाए । ५२ बलको सामना गरेका उनले समान ४-४ चौका र छक्का प्रहार गरे । छैठौं खेलमा कोहलीको यो दोश्रो अर्धशतक हो भने यस सिजनको व्यक्तिगत उच्च योगफल हो । पहिलो तीन खेलमा मात्र १८ रन बनाउन सकेका कोहलीले राजस्थान रोयल्स विरुद्धको आफ्नो चौथों खेलमा अविजित ७२ रनको पारी खेलेका थिए ।

बेंगलोरले पारीको तेश्रो ओभरमा ओपनर आरोन फ़िञ्चलाई गुमाएर खराब सुरुवात गर्यो ।नै बल खेल्दै दुई रन बनाएका फ़िञ्च दिपक चाहारको बलमा बोल्ड हुन पुगे ।

खराब सुरुवात गरे पनि अर्का ओपनर देवदत्त पडिकल र कप्तान बिराट कोहलीले दोश्रो विकेटका लागि ५३ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर बेंगलोरले ३४ बलमा ३३ रन बनाएका पडिकल र दुई बल खेल्दै खाता खोल्न नभ्याएका एबी डि भिलियर्सलाई एकै ओभरमा गुमाए पछि दबाबमा आयो । दुबैलाई शार्दुल ठाकुरले पेभेलियनको बाटो देखाए । वाशिंगटन सुन्दरले पनि १० रन भन्दा जोड्न सकेनन् ।

१४ दशमलब तीन ओभरमा ९३ रनमा चार विकेट गुमाएको बेंगलोरको लागि कप्तान कोहली र शिबम दुबेले पाँचौं विकेटका लागि पाँच दशमलब तीन ओभरमा ७६ रनको साझेदारी गर्दै बेंगलोरलाई प्रतिस्पर्धात्मक योगफल सम्म लिएर गए । १४ बलको सामना गरेका दुबे दुई चौका र एक छक्काको मद्धतमा २२ रन बनाएर अविजित रहे ।

चेन्नाईका शार्दुल ठाकुरले चार ओभर बलिङ गर्दै ४० रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने महँगो साबित हुँदै चार ओभरमा नै ४८ रन खर्चिएका साम कुर्रानले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए । किफायती बलिङ गरेका दिपक चाहारले तीन ओभरमा १० रन मात्र खर्चिएर एक विकेट हात पारे ।

Click to comment

Trending