IPL

कोलकाता पहिले ब्याटिङ गर्दै, पन्जाबले आज पनि क्रिस गेललाई खेलाएन

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा किंग्स ११ पन्जाब विरुद्ध कोलकाता नाइट राईडर्सले पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशालामा कोलकाताका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

कोलकाता र पन्जाब दुबैले आजको खेलमा १-१ परिवर्तन गरेका छन् । कोलकाताले सिबम मावीको स्थानमा प्रसिध कृष्णालाई सुरुवाती ११ मा स्थान दिएको छ भने पन्जाबले घाइते भएका शेल्डन कोट्रेलको स्थानमा क्रिस जोर्डनलाई टोलीमा समावेस गरेको छ ।

यस अघिका खेलमा आक्रमक ब्याट्सम्यान क्रिस गेललाई सुरुवाती ११ मा स्थान दिएको थिएन भने आजको खेलमा पनि उनलाई बेञ्चमा नै राख्ने भएको छ ।

पन्जाब तालिकाको पुछारमा तथा कोलकाता चौथों स्थानमा रहेको छ । छ खेल खेलेको पन्जाबले पाँच खेलमा पराजय भोगेको छ भने एक खेलमा मात्र जित हात पार्न सफल भएको छ । कोलकाताले भने यस अघि आफुले खेलेका तीन खेलमा जित दर्ता गराउंदा दुई खेलमा हारको सामना गरेको छ ।

आईपीएलमा कोलकाता र पन्जाब २५ पटक एक आपसमा भिड्दा छन् जसमा कोलकाता १७-८ ले अघि रहेको छ । पछिल्लो पाँच खेलमा कोलकाताले तीन तथा पन्जाबले दुई खेलमा जित हात परेका थिए । अघिल्लो सिजन एक आपसमा दुई पटक भिड्दा दुबै खेल कोलकाताले जितेको थियो ।

Click to comment

Trending