IPL

राजस्थानको लज्जास्पद हार, मुम्बई फेरी अंक तालिकाको शिर्ष स्थानमा  

Published

on

तिब्र गतिका बलरहरु जस्प्रित बुम्रा र ट्रेन्ट बोल्ट चम्कँदा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो आफ्नो पाँचौं खेलमा राजस्थान रोयल्सले साबिक विजेता मुम्बई इन्डियन्ससँग ५७ रनको लज्जास्पद हारको सामना गरेको छ । छैठौं खेलमा मुम्बईको यो चौथों जित हो भने पाँचौं खेलमा राजस्थानको तेश्रो हार हो ।

आजको जितसँगै मुम्बई अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । मुम्बई भन्दा एक खेल कम खेलेको दिल्लीको पनि आठ अंक नै रहे पनि नेट रन रेटका आधारमा मुम्बईले पहिलो स्थान ओगटेको हो ।

१९४ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानका लागि ओपनर जस बटलरले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा १८ दशमलब एक ओभर खेल्दै मात्र १३६ रनमा अलआउट हुन पुग्यो ।

राजस्थानको लागि बटलरले सर्वाधिक ४४ रन बनाए । ओपनिङमा ब्याटिङ गर्न आएका उनले ४४ बलको सामना गर्दै चार चौका र पाँच छक्का प्रहार गरे । यस सिजन बटलरको यो पहिलो अर्धशतक हो ।

खराब सुरुवात गरेको राजस्थानले पहिलो ओभरको दोश्रो बलमा नै ओपनर यशस्वी जैसवाल शुन्य रनमा ट्रेन्ट बोल्टको बलमा आउट भए । दोश्रो ओभरको चौथों बलमा छ रन बनाएका कप्तान स्टिभ स्मिथ जस्प्रित बुम्राको बलमा पेभेलियन फर्किए । त्यस पछि ब्याटिंङ गर्न आएका सन्जु सामसन पनि खाता खोल्न नपाउँदै बोल्टको नै शिकार भए ।

एक एण्डबाट बटलर टिकेर खेले पनि अर्को एण्डबाट राजस्थानले लगातार रुपमा विकेट गुमाई राख्यो ।राजस्थानका अन्य ब्याट्सम्यानमा महिपाल लोम्रोर ११, टम कुर्रान १५, राहुल टेवाटिया पाँच रन, श्रेयस गोपाल एक,

राजस्थानको पारी ध्वस्त पार्ने क्रममा मुम्बईका जस्प्रित बुम्राले सर्वाधिक चार विकेट हात पारे भने ट्रेन्ट बोल्ट र जेम्स प्याटिनसनले समान दुई-दुई विकेट आफ्नो नाममा दर्ता गराए । समान चार – चार ओभर बलिङ गरेका बुम्रा र बोल्टले क्रमश २० र २६ रन तथा प्याटिनसनले तीन दशमलब एक ओभरमा १९ रन खर्चिए ।

यस अघि शेख जयाद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९३ रन बनायो ।

मुम्बईको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुर्य कुमार यादवले अविजित रहँदै सर्वाधिक ७९ रन बनाए । ४७ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का प्रहार गरे ।

यादव बाहेक ओपनरद्वय क्विन्टन डि कक २३ र कप्तान रोहित शर्मा ३५ रन बनाएर आउट भए । अघिल्ला खेलहरुमा राम्रो ब्याटिङ गरेका इशान किशान श्रेयस गोपालको बलमा गोल्डेन डक आउट भए । त्यस्तै कुर्नाल पाण्ड्याले पनि १२ रन भन्दा जोड्न सकेनन् भने हार्दिक पाण्ड्याले १९ बल खेल्दै दुई चौका र एक छक्काको मद्धतमा अविजित ३० रनको योगदान दिए ।

राजस्थानका श्रेयस गोपालले चार ओभर बलिङ गर्दै २८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे । त्यस्तै महँगो साबित भए पनि जोफ्रा आर्चर र आजको खेलमा आईपीएलमा डेब्यु गरेका भारत यु१९ टोलीका कार्तिक त्यागीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गर्न सफल भए ।

यस सिजनको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो । रोयल च्यालेन्जर्स बेंगलोरसँगको खेल बराबरीमा टुंगिए पनि मुम्बई सुपर ओभरमा पराजित हुन पुग्यो । मुम्बईले त्यस पछिका दुई खेलमा किंग्स ११ पन्जाबलाई ४८ रनले र सनराईजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो ।

प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा जित हात पार्दै उत्कृस्ट सुरुवात गरेको राजस्थान पछिल्लो दुई खेलमा भने पराजित हुन पुग्यो । आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले र दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरेको राजस्थान कोलकाता नाइट राईडर्ससँग ३७ रनले र रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले पराजित हुन पुग्यो ।

मुम्बई र राजस्थान कुल २३ पटक एक आपसमा भिडेका छन् जसमा दुबै टोलीले ११-११ खेल जितेका छन् भने एक खेल रद्द भएको थियो । उनीहरु आईपीएलमा २१ पटक भिड्दा १०-१० खेल जित्न सफल भएका थिए ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने मुम्बई राजस्थान अघि निरिह रहेको छ । पाँच खेलमा राजस्थानले चार खेलमा जित हात पार्दा मुम्बईले एक खेल मात्र जित्न सकेको थियो ।मुम्बईले पछिल्लो पटक राजस्थानलाई सन् २०१५ को सिजनमा पराजित गरेको थियो ।

Click to comment

Trending