Headline

सिरी आ, सेभियाको बार्सिलोना परिक्षा र ओलम्पिकोः युरोपमा यो सप्ताहन्त के हेर्ने

Published

on

युरोपियन फुटबलको यो सप्ताहन्त निकै रोमाञ्चक हुने निश्चित छ । इटालीमा दुई ठूला खेल रहेका छन् भने बायर्न म्युनिख बुन्डेसलिगामा जितका साथ पुनरागमन गर्न चाहन्छ । फ्रेन्च लिग वानका दुई ठूला टोली आइतबार भिड्नेछन् ।

पिर्लोको युभेन्टसलाई नापोलीको चुनौति

गत हप्ता युभेन्टसले रोमासंग बराबरी गर्दा उ क्रिष्चियानो रोनाल्डो प्रति आभारी थियो । रोनाल्डोले नै दुई गोल गरेपछि युभेन्टस पराजयबाट बाल-बाल बचेको थियो । आइतबार नापोलीसंगको खेल नयां प्रशिक्षक आन्द्रे पिर्लोका लागि अर्को कठिन परिक्षा हुनेछ ।

नापोली र युभेन्टसबीच केही बर्ष यता प्रतिस्पर्धात्मक प्रतिद्वान्दिता स्थापित हुदै आएको छ । इन्टर मिलान गत सिजन सिरी आ को उपबिजेता बन्नुअघि जेनारो गाट्टुसोको टोली लगातार तीन सिजन तेश्रो हुदै आएको थियो । गत सिजन नापोली सातौं भएपनि इटालियन कपको फाइनलमा भने युभेन्टसलाई हराउन सफल भएको थियो ।

सिरी आ मा गत सिजन नापोलीले युभेन्टसलाई आफ्नो घरमा हराएपनि अवे खेलमा भने ४-३ ले हार्न पुगेको थियो । जेनाओलाई ६-० ले ध्वस्त पारेको नापोलीले लगातार दुईजित हात पार्दै यो सिजन सुखद शुरुवात गरिसकेको छ ।

इन्टर मिलान मनोरञ्जनका लागि गोलको बर्षा गर्दै

लामो समय देखिको इन्टरको दबदबालाई समाप्त गर्ने दाउमा रहेको इन्टरले सिरी आ मा उत्कृष्ट शुरुवात गरेको छ । फियोरेन्टिना (४-३) र बेनेभेन्तो (५-२) लाई पराजित गर्दा इन्टरले ९ गोल गरिसकेको छ । ती मध्ये तीन रोमेलु लुकाकुको नाममा रहेको छ ।

गत सिजन महत्वपूर्ण खेलमा लाजियोसंग २(ले हार्न पुगेको इन्टर आइतबार उक्त हारको बदला लिन चाहन्छ । लाजियो सिजनको दोश्रो खेलमा एट्लान्टासंग ४-१ ले हार्न पुगेको थियो । स्टाडियो ओलम्पिकोमा हुने खेलमा गोलको बर्षा हुने अपेक्षा गर्न सकिन्छ ।

सेभियाले स्पेनिस महारथीलाई चुनौति दिन सक्ला ?

संस्थागत रुपमा बार्सिलोना संकटमा हुन सक्ला तर घरेलु समर्थकको अनुपस्थितिमा पनि बार्सिलोना क्याम्प नोउमा निकै बलियो टोली हो । लियोनेल मेस्सीको क्लब छोड्ने घोषणा पछि उत्पन्न संकट पछि रोनाल्ड कोमनको प्रशिक्षकत्वमा पहिलो खेल खेल्दा बार्साले भिलारियाललाई ४-० ले हराएर यसलाई साबित गरिसकेको छ ।

युरोपा लिग बिजेता सेभिया राम्रो खेल्दै बार्सिलोनासंगको दुरी घटाउने अपेक्षामा हुनेछ । बार्सिलोना र रियल म्याड्रिड  पहिलेजस्तौ बलियो नरहेको स्थितिमा कुनै अन्य टोलीले उनीहरुलाई पाखा लगाउदै उपाधि जित्ने यो दुर्लभ सिजन हुन सक्छ ।

एट्लेटिको म्याड्रिडबाहेक सेभियालाई नै यसपटक स्पेनका दुई ठूला टोलीहरुको प्रमुख प्रतिस्पर्धी बन्न सक्ने टोलीको रुपमा हेरिएको छ । आइतबारको खेलले यस तथ्यलाई केही हदसम्म प्रमाण जुटाउन मद्दत गर्नेछ ।

के हर्था बर्लिन जर्मनीमा एक शक्ति बन्न सक्ला ?

बायर्न म्युनिख गत साता होफेन्हाइमसंग ४-१ ले स्तब्ध हुदा उसको बुन्डेसलिगाको २३ खेलको अपराजित यात्रामा पूर्णबिरामा लागेको थियो । तर त्यो हार यता जर्मन च्याम्पियनको लागि राम्रो दिन फर्किसकेको छ । बायर्नले बोरुसिया डर्टमण्डलाई हराउदै जर्मन सुपर कुप जित्यो भने रोबर्ट लेवान्डोस्कीले युएफा बर्ष पुरुष खेलाडी र ह्यान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरे।

होफेन्हाइमसंगको हार बायर्नका लागि असामान्य झड्का हुन सक्छ तर हर्थासंगको खेल भने बायर्नको लागि सबैभन्दा कठिन परिक्षा हुन सक्छ । पछिल्लो दुई टान्सफर विन्डोमा हर्थाले एक सय मिलियन भन्दा बढी खर्च गरेको छ । युरोपमा खेल्ने लक्ष्य सहित हर्थाले पैसा बगाएको हो र यसको मुल्य उसले जसरी पनि फिर्ता लिन चाहन्छ । जस्तो सुकै भएपनि हर्थाका लागि यो खेल आफू जर्मनीको उत्कृष्ट टोलीभन्दा कति टाढा रहेको पत्ता लगाउन सक्नेछ ।

लायोन र मार्सेबीच घमासान

यी दुई टोली एक अर्कालाई घृणा गर्छन् र पुर्व मार्से प्रशिक्षक रुदी गार्सियाको लायोनको बेञ्चमा उपस्थितिले यसलाई अझै मसालेदार बनाएको छ । यो भिडन्तका लागि दर्शक नहुनु एक दुर्भाग्य हो र दुवै टोलीले पेरिस सेन्ट जर्माइनलाई उपाधिका लागि चुनौति दिन नसक्ने अर्को तर्फ छदैछ ।

आन्द्रे भिलास-बोआसको मार्से गत सिजनको उपबिजेता हो र यसपटक उ एक कदम अगाडी बढ्न चाहिरहेको छ । २५ बर्षमा पहिलो पटक युरोपियन प्रतियोगितामा छनोट हुन असफल लायोन भनेचौराहमा छ । सोमाबारको टान्सफर डेडलाइन अघि उसले आफ्ना प्रमुख खेलाडीहरु हुसेम अवार र मेम्फिस डिपे गुमाउने खतरामा रहेको छ ।

Click to comment

Trending