Headline

लिग कपमा आज टोटनह्याम र चेल्सी भिड्दै 

Published

on

ईंग्लिस लिग कप अन्तरगत आज हुने अन्तिम १६ को खेलमा दुई  लन्डन  क्लब टोटनह्याम हट्स्पर र चेल्सी भिड्दै छन् ।

टोटनह्यामको घरमा हुने खेलमा चेल्सीले नयाँ खेलाडी हकिम जियाच र क्रिष्चियन पुलिसिकलाई चोटका कारण गुमाएको छ भने टोटनह्यामले प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेडसँग भएको खेलमा ह्यामस्टिर्ङको कारण स्टार खेलाडी ह्युङ मिन सनलाई गुमाएको छ ।

अघिल्लो चरणमा लीएटोन ओरिएन्टका खेलाडीहरुलाई कोरोना संक्रमण देखिए पछी टोटनह्यामले अन्तिम १६ मा स्वत: स्थान बनाएको थियो । चेल्सीले भने बार्न्सलेलाई ६-० ले हराउदै अन्तिम १६ मा स्थान बनाएको थियो ।

आजको खेलको बिजेताले क्वार्टर-फाइनलमा प्रवेश पाउने छ । आज चेल्सीका लागि नयाँ खेलाडी बेन चिलवेल र एड्वर्डो मेन्डीले पहिलो टोलीमा स्थान बनाएको चेल्सी प्रशिक्षक फ्रान्क लामपार्डले बताएका छन् ।

टोटनह्यामले आजको खेल पछि फेरी दुई दिनको अन्तरालमा युरोपा लिगको छनोट चरण खेल्ने छ । त्यही कारण पनि प्रशिक्षक होजे मोउरिन्होले लिग कपका लागि मुख्य खेलाडीहरु नखेलाउने बताएका छन् ।

खेल नेपाली समय अनुसार राती १२:३० मा सुरु हुने छ ।

Click to comment

Trending