Headline

प्रिमियर लिग: साताकै ठुलो खेलमा लिभरपुल र आर्सनल भिड्दै

Published

on

इङ्गलिस प्रिमियर लिगको तेस्रो चरणको अन्तिम खेलमा सोमबार साविक बिजेता लिभरपुल र आर्सनल भिड्दै छन् ।

लिभरपुल र अर्सनल दुवैले दुई खेल जितिसकेका छन् । राम्रो लयमा रहेको दुवै टोलीका लागि सोमबार उनीहरुको सिजन कस्तो हुने निर्धारण गर्न सक्छ, बिशेषगरि चेल्सीलाई हराइसकेको लिभरपुलका लागि ।

लिभरपुल बलियो टोली मानिए पनि आर्सनलले जुलाईमा भएको कम्युनिटी सिल्डमा उसलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । आफ्नो घर एन्फिल्डमा भने लिभरपुल पछिल्ला ६० खेलमा अपराजित रहदै आएको छ ।

आर्सनल व्यवस्थापक मिकेल आर्टेटाका अनुसार पनि उनको टोलीले लिभरपुललाई एन्फिल्डमा हराउनु एउटा ठुलो उपलब्धी हुनेछ ।

लिभरपुलले नयाँ खेलाडी थिआगो अलकान्टरा र प्रमुख गोलकिपर एलिसन बेकरलाई चोटका कारण गुमाएको छ । आर्सनलका लागि कप्तान पिएरे-एमेरिक औबामेयाङको उपस्थिती महत्वपूर्ण रहने छ ।

आज खेल जितेको खण्डमा एक टोली अंक तालिकाको शिर्ष स्थानमा जाने पक्का छ । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

यो पनि पढ्नु होस् :लिभरपुल र आर्सनल भिड्दा परिणाम निर्धारण गर्ने तीन प्रमुख लडाई

Click to comment

Trending