Headline

लिभरपुल र आर्सनल भिड्दा परिणाम निर्धारण गर्ने तीन प्रमुख लडाई

Published

on

इङ्गलिस प्रिमियर लिगको शुरुवाती पहिलो दुई खेल जित्नु अघि एफए कप र कम्युनिटी शिल्ड जिताएका मिकेल आर्टेटाले आर्सनलाम मुड परिवर्तन गराएको लिभरपुल व्यवस्थापक योर्गेन क्लोप मान्छन् ।

तर आर्सनलको लागि यो सिजनको सबैभन्दा कठिन परिक्षा भने सोमबार एन्फिल्डको यात्रा रहनेछ । एन्फिल्डमा लिभरपुल पछिल्लो ६० प्रिमियर लिग खेलमा अपराजित रहेको छ । आर्सनल व्यवस्थापक आर्टेटा लिभरपुलको घर उनले यात्रा गर्न गइरहेको सबैभन्दा गाह्रो ठाँउ रहेको मानेका छन् ।

यद्दपि, प्रिमियर लिग डिफेन्डिङ्ग च्याम्पियनबिरुद्ध पछिल्लो तीन महिनामा हात पारेको जितहरुले आत्मबिश्वास दिनेछ । सोमबारको ठूलो लिग खेलमा हार जितको निर्णय गर्ने प्रमुख तीन लडाइ कस्ता छन् त ?

ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड भर्सेस पिएरे एमेरिक–औबामेयाङ

औबामेयाङ आर्सनललाई पुर्नजिवित बनाउने एक प्रमुख आधार रहेका छन् । उनले एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटी र फाइनलमा चेल्सीबिरुद्ध दुई गोल गरेका थिए । त्यति मात्र नभएर कम्युनिटी शिल्डमा पनि गोल गर्दै लिभरपुलबिरुद्ध टाइ ब्रेकरको बिजयी पेनाल्टी प्रहार गरेका थिए ।

आर्टेटाले क्लोपको अनुशरण गर्दै वाइड एरियाबाट गोल गर्ने आफ्नो प्रमुख हतियारलाई प्रयोग गर्दै आइरहेका छन् भने एलेक्जेण्डर–आर्नोल्ड अगाडी बढ्दै छोड्न सक्ने खाली ठाँउबाटै औबामेयाङ आक्रमण गर्न खोज्नेछन् ।

आर्सनलको काउन्टर अट्याकमा जुन स्पिड छ त्यसले समस्या सृजना गर्न सक्छ, क्लोप भन्छन् । तर औबामेयाङले नपछ्याएका लिगको सबैभन्दा रचनात्मक खेलाडी मध्येका एक एलेक्जेण्डर–आर्नोल्डबाट लिभरपुलले भने धेरै फाइदा उठाउन सक्छ ।

सामान्य चोटका कारण एलेक्जेण्डर–आर्नोल्डले कम्युनिटी शिल्ड गुमाउदा औबामेयाङले अनुभवहीन नेस्को विलियम्सको उपस्थितिको फाइदा उठाउन पाएका थिए । उनको आगमनपछि भने लिभरपुल टोलीमा भिन्नता स्पष्ट देखिनेछ ।

थियोगो अल्कन्टारा भर्सेस ग्रानित जाका

उपाधि रक्षा गर्ने योजनासहित लिभरपुलले बायर्न म्युनिखबाट बिश्वस्तरीय अल्कन्टारालाई अनुबन्ध गरेको हो । आफूले लिगमा दिन सक्ने कुराको एक झलक दिदै अल्कन्टाराले गत हप्ता स्ट्याम्फोर्ड ब्रिजमा लिभरपुलले २–० को जित हात पार्दा मात्र दोश्रो हाफ खेलेपनि चेल्सी कुनै पनि खेलाडीले भन्दा बढी पास दिएका थिए ।

जोर्डन हेन्डरसन चोटग्रस्त हुदा स्पेनिस अन्तर्राष्ट्रिय अल्कान्टाराले पहिलो पटक लिभरपुलको लागि शुरुवाती ११ मा स्थान पाउन सक्नेछन् । र जाकाको काम भनेको अल्कन्टारालाई खेलमा नियन्त्रण गर्न नदिने हुनेछ । स्विस फुटबलर जाकाको खेलमा जुन परिवर्तन आएको छ त्यसले आर्टेटाको आगमनपछि आर्सनलमै आएको परिवर्तनलाई प्रतिबिम्बित गरेको छ ।

क्रिष्टल प्यालेसको खेलबिरुद्ध सब्स्टिच्युट हुदा आफ्नो आर्म ब्याण्ड निकाल्दै आफ्नै समर्थकहरुलाई मुख छाड्ले जाकाले मैदान छोडेको एक बर्ष पनि भएको छैन । तर त्यसयता आर्सनलको मिडफिल्डको मुटु बन्दै उनले समर्थकहरुको भरपुर साथ फेरि कमाएका छन् ।

मोहम्मद सलाह भर्सेस किरान टिएर्ने

सिजनको पहिलो दिन लिड्सबिरुद्धको सनसनीपूर्ण जितमा ह्याट्रिक गरेका मोहम्मद सलाहको प्रिमियर लिग इतिहासमा लिभरपुलको घरेलु मैदानमा ५७ खेलबाट ५१ गोल भइसकेको छ । ती मध्ये आर्सनलले तय गरेको तीन यात्राको प्रत्येक खेलमा उनले १–१ गोल गरेका छन् । तर आर्सनलको बाया तर्फको रक्षपंक्तिमा मजबुती ल्याएका टिएर्ने पहिलो पटक लिभरपुललाई एन्फिल्डमा सामना गरिरहेका छन् ।

स्कटिस टिएर्ने आर्सनलको तीन जनाको रक्षपंक्ति संरचनामा राम्ररी फिट हुन्छन् । ३२ मिलियन डलरमा सेल्टिकबाट आउनुअघि उनले गर्दै आइरहेको पोजेसन लिने कामका लागि पनि उनी उपयुक्त छन् ।

सलाहले चेल्सी र लिभरपुलका लागि आर्सनलबिरुद्ध खेलिएका सबै ६ खेलमा गोल गरेका छन् तर टिएर्ने संलग्न रहेको पछिल्लो दुई खेलमा भने उनले गोल गर्न सकेका छन् ।

Click to comment

Trending