Headline

पाँच देश जहाँ फुटबल लोकप्रिय खेल मानिदैन

Published

on

फुटबललाई विश्वले मन पराउने गर्छ । फुटबल विश्वकप पृथ्वीको आधी जनसंख्याले हेर्ने गर्छन् । युरोपियन लिग र अन्य धेरै लिगहरु विश्वकै सबै भन्दा लोकप्रिय प्रतियोगिताहरु मध्ये पर्ने गर्छन् । तर आज हामी यस्ता देशको बारे लेख्दै छौँ जहाँ फुटबललाई धेरै रुचाइदैइन ।

५) अष्ट्रेलिया

पाँच पटक फिफा विश्वकप खेले पनि अष्ट्रेलियामा फुटबल लोकप्रिय खेलकुद मनिदैन । अष्ट्रेलियामा फुटबल बाहेक अन्य धेरै नौलो खेलहरु खेल्ने गरिन्छ । धेरै खेलकुद मनपराउने अष्ट्रेलियनहरु फुटबल भने धेरै रुचाउदैनन् । बरु उनीहरु छुट्टै किसिमको रुल्स फुटबलका ठुला समर्थक हुन् ।

रुल्स फुटबलसँगै अष्ट्रेलियामा क्रिकेट र रग्बीको लोकप्रियताले आकाश छुने गरेको छ । अष्ट्रेलियन क्रिकेट र रग्बी दुवैमा जहिले पनि बिश्वकप दाबेदार हुने गर्दछ । उसले क्रिकेट बिश्वकप चार र रग्बी बिश्वकप दुई पटक जितिसकेको छ । रग्बीमा अष्ट्रेलियाको टिमलाई वालबी भन्ने गरिन्छ ।

बिश्वकप नजितेको कारण नै अष्ट्रेलियनहरुको लागि फुटबल पहिलो रोजाइमा पर्दैन । केही वर्ष यता भने अष्ट्रेलियाको माथिल्लो श्रेणीको फुटबल ए–लिगमा धेरैले चासो दिएको देख्न पाईन्छ । युरोपियन फुटबलहरुमा पनि अष्ट्रेलियन खेलाडीहरुको राम्रै उपस्थिति रहे पनि अष्ट्रेलियनहरुका लागि क्रिकेट र रुल्स फुटबलको माया कसैले कम गर्न सक्दैन ।

४) क्यानडा

यदी तपाईं चिसो ठाउँमा बस्नु हुन्छ भने फुटबल तपाईंको लागि लोकप्रिय खेल नहुनु कुनै नौलो कुरा हैन । यस्तै क्यानडा पनि त्यही देशहरु मध्ये पर्दछ । एक पटक विश्वकपमा आफ्नो स्थान बनाएको क्यानडाका लागि फुटबल त्यति लोकप्रिय खेल भने होइन । फुटबलको स्थानमा क्यानडेली नागरिकहरु आइस हक्की धेरै मन पराउछन् ।

क्यानडेली क्लब भए पनि टोरोन्टो एफसी अमेरिकी लिग एमएलएसमा खेल्ने गर्छ । एमएलसमा टोरन्टो एफसीको खेल गत बर्ष धेरै समर्थकहरुले हेरेका थिए । तर पनि क्यानडामा फुटबललाई त्यती लोकप्रिय खेल भने मनिदैन । निकै सानो जनसंख्या रहेको क्यानडामा गत सिजन टोरन्टो र्याप्टर्सले अमेरिकन बास्केटल लिग एनबिए जित्दा बास्केटबलको समर्थकहरु भने ह्वात्तै बढेका छन् ।

३) अमेरिका

उत्तर अमेरिकामा जम्म दुई देश छन्, क्यानडा र अमेरिका । क्रिकेट बाहेक संसारका सबै खेल खेल्ने अमेरिकामा कुन खेल सबैभन्दा लोकप्रिय भन्ने बिषयमा विवाद भाईरहने गर्छ । तर फुटबल लोकप्रियमध्ये भने पर्दैन ।

अमेरिकनहरुले फुटबललाई सकर भन्छन् र उनीहरुले अमेरिकन फुटबल भन्ने गरेको खेल अन्तर्राष्ट्रिय रग्बीको आफ्नै परिमार्जित रुप हो । यसका आफ्नै नियमहरु रहेका छन् । नेशनल फुटबल लिग (एनएफएल) अमेरिकामा सबैभन्दा चर्चित र लोकप्रिय खेल हो । यसलाई त्यहा धर्मको रुपमा नै लिने गरिन्छ । यदि कसैले एनएफलको बिषयमा कुरा गर्न सक्दैन भने उ त्यो संवादमा फिट मानिदैन ।

अमेरिकाले खेलकुदमा आफ्नै दुनिया बसाएको छ । बेसबल, बास्केटबल र आइस हक्की पनि त्यहा निकै लोकप्रिय छन्, लामै समय देखि । अमेरिकाले १९९४ मा बिश्वकप आयोजन गरेपछि मात्रै त्यहा फुटबल लिग शुरु गरिएको हो । मेजर लिग सकर त्यहाको प्रथम श्रेणीको फुटबल हो ।

१९८६ देखी लागतार विश्वकप खेल्दै आएको अमेरिकी फुटबल टोली २०१८ को विश्वकपमा छनोट हुन भने चुकेको थियो । तर अमेरिकाको नयाँ पुस्ताका फुटबल खेलाडीहरु निकै उत्कृष्ट मानिने गरिन्छ । बिभिन्न अनुसन्धानहरुले भने अमेरिकामा फुटबल लोकप्रिय हुन धेरै समय नलाग्ने बताउछ ।

२) लिथुवानिया

युरोपियन देश भएर पनि फुटबल लोकप्रिय नभएको देश मध्ये पर्ने गर्दछ लिथुवानिया । लिथावानियामा बस्केटबल निकै लोकप्रिया खेल मानिन्छ । बस्केटबलमा धेरै उपाधी हात पारेको लिथवानियाको बास्केटबल टोली विश्वको उत्कृष्ट टोलीमा चौथोँ स्थानमा रहेको छ । फुटबललाई त्यसत नरुचाउने लिथुवानियनहरु बास्केटबल बाहेक एथ्लेटिक्स र साइकलिङलाई धेरै रुचाउने गर्छन् ।

लिथवानियन फुटबल टोली फिफाको बरियतामा १ सय ३१ औं स्थानमा रहेको छ । लिथवानियाले अहिले सम्म विश्वकप खेल्न सकेको छैन भने युरो कपको छनोट चरणबाटै बाहिरिदै आएको छ ।

१) भारत

भारत क्रिकेटको लागि पागल देश हो । फुटबल उनीहरुको रोजाइमा पर्दैन । बरु घरेलु फुटबल भन्दा बढी उनी युरोपियन लिग बढी फलो गर्ने गर्छन् । म्यानचेस्ट युनाइटेड भारतमा सबैभन्दा बढी फलो गरिने टोली हो । भारतमा पहिले हक्की सबैभन्दा बढी रुचाइएको खेल हुने गर्दथ्यो, कारण हो भारत ओलम्पिकमा हक्कीको स्वर्ण बिजेता नै थियो ।

तर पछि १९८३ मा क्रिकेट बिश्वकप जितेपछि हक्की पनि उनीहरुको पहिलो रोजाइबाट बाहिरियो । भारतले दुई पटक ५० ओभरको क्रिकेट बिश्वकप जितिसकेको छ ट्वान्टी ट्वान्टी बिश्वकपको पहिलो संस्करणको बिजेता पनि हो । २००७ मा पहिलो संस्करणको ट्वान्टी ट्वान्टी बिश्वकप जितेपछि भारतमा इण्डियन प्रिमियर लिग शुरु भयो र त्यसपछि क्रिकेटको लोकप्रियता झनै चुलियो ।

आइपिएलमा दर्शकको उपस्थिति इटालियन सिरी आ मा भन्दा बढी हुने गरेको छ । भारतले क्रिकेटकै शैलिमा इण्डियन सुपर लिग शुरु त गर्यो तर यसले लोकप्रियता पाउन सकेको छैन । दर्शकको अनुपस्थितिका कारण नै आईएसएल अहिले पनि घाटामा चलिरहेको लिग हो ।

Click to comment

Trending