IPL

बेंगलोरको लज्जास्पद हार 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले लज्जास्पद हारको सामना गरेको छ । हालै सम्पन्न खेलमा बेंगलोर किंग्स ११ पन्जाबसँग ९७ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

दोश्रो खेलमा पन्जाबको यो पहिलो जित हो भने दुई खेल खेलेको बेंगलोरले पहिलो हारको सामना गरेको हो । आफ्नो पहिलो खेलमा पन्जाब सुपर ओभरमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो भने बेंगलोरले सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो ।

खेलमा जितका लागि २०७ रनको विशाल लक्ष्य पक्ष्याएको बेंगलोरले १७ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो ।

बेंगलोरले खेलको कुनै पनि समयमा पकड जमाउन सकेन । अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका देवदत्त पडिकल (दुई बलमा एक रन) पहिलो ओभरको चौथों बलमा आउट भए । आज तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जश फिलिप्पे रनको खाता पनि खोल्न नपाई मोहम्म शामीको बलमा एलबीडब्लुको धरापमा परे ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका कप्तान बिराट कोहली पनि पाँच बल खेल्दै मात्र एक रन बनाएर आउट भए पछि दुई दशमलब चार ओभरमा चार रनमा तीन विकेटको स्थितीमा पुग्यो । बेंगलोरलाई आवश्यक राम्रो सुरुवात गर्नबाट रोक्ने क्रममा शेल्डन कोट्रेलले पडिकल र कोहलीको विकेट लिए ।

ओपनर आरोन फ़िञ्च र पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्सले चौथों विकेटका लागि ५० रन जोड्दै बेंगलोरको पारी सम्हाल्ने प्रयास गरे । तर २१ बलमा २० रन बनाएका फ़िञ्च र १८ बलमा २८ रन बनाएका डि भिलियर्स क्रमश रवि  बिस्नोई र मुरुगन अश्विनको शिकार भए पछि बेंगलोर आठ दशमलब दुई ओभरमा ५७-७ को अवस्थामा खुम्चिन पुग्यो ।

त्यस पछि ब्याटिङमा आएका सौरभ दुबे १२, उमेश यादव शुन्य, वाशिंटन सुन्दर ३०, नवदिप साइनी छ तथा युज्बेन्द्र चाहाल एक रनमा आउट भए भने डेल स्टेन एक रन बनाएर अविजित रहे ।

बेंगलोरको पारी ध्वस्त पार्ने क्रममा पन्जाबका रवि विस्नोई र मुरुगन अश्विनले समान ३-३ विकेट लिए भने शेल्डन कोट्रेल पनि सुरुवाती २ विकेट हात पारे । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र ग्लेन म्याक्सवेलले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । विस्नोईले चार ओभरमा ३२ रन तथा अश्विनले तीन ओभरमा मात्र २१ रन खर्चिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै तीन विकेटको क्षतीमा २०६ रन बनायो ।

पन्जाबको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक १३२ रन बनाए । आईपीएलमा राहुलको यो दोश्रो शतक हो । ६९ बलको सामना गरेका राहुलले १४ चौका र सात छक्का प्रहार गरे । राहुलले बेंगलोरको लागि १९ औं ओभर लिएर आएका डेल स्टेनको ओभरमा तीन छक्का र दुई चौका सहित २६ रन प्रहार गरे भने पारीको अन्तिम तीन बलमा सौरब दुबेको बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

यसै बीच आजको खेलमा आईपीएलमा दुई हजार रन पुरा गर्दै राहुलले सचिन तेन्दुलकरको नाममा रहेको किर्तिमान पनि भंग गरेका छन् । राहुलले यस अघि सचिनको नाममा रहेको तिब्र दुई हजार रन प्रहार भारतीय खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । सचिनले आईपीएलको ६३ खेलमा दुई हजार रन पुरा गरेका थिए भने राहुलले मात्र ६० खेलमा २०० रन पुरा गरेका छन् ।

पन्जाबका ओपनर मायंक अगरवालले २६, निकोलस पुरणले १७ तथा ग्लेन म्याक्सवेल पाँच रन बनाएर आउट भए भने करुण नायरले अविजित १५ रनको पारी खेले ।

Click to comment

Trending