IPL

मुम्बईका कप्तान रोहितको अर्धशतकमा कोलकत्तालाई १९६ रनको विशाल लक्ष्य

Published

on

कप्तान रोहित शर्माको अर्धशतकको मद्धतमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई १९६ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो ।

दोश्रो ओभरको दोश्रो बलमा नै एक रन बनाएका ओपनर क्विन्टन डि कक आउट भए पछि खराब सुरुवात गरेको मुम्बईको पारी अर्का ओपनर तथा कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले सम्हाले । उनीहरु दुई मिलेर दोश्रो विकेटका लागि मात्र ५८ बलमा ९० रन जोडे ।

२८ बलको सामना गर्दै चौका र एक छक्काको मद्धतमा आक्रमक ४७ रन बनाएका यादव अर्धशतक पुरा गर्न नपाई दुर्भाग्यपुर्ण रन आउट हुन् पुगे ।

यादवको विकेटको पतन पछि शर्माले चौथों नम्बरमा ब्याटिङ गर्न आएका सौरव तिवारीसँग मिलेर मुम्बईको पारी अगाडी बढाए । शर्माले तेश्रो विकेटका लागि १३ बलमा २१ रन बनाएका तिवारीसँग मिलेर १६ बलमा ४९ रनको साझेदारी गरे । तिवारी सुनिल नारायणको शिकार बने ।

त्यस पछि कप्तान रोहित शर्मा पनि ८० रन बनाएर शिभम् मावीको बलमा आउट भए । १७ दशमलब पाँच ओभरमा आउट भएका शर्माले ५४ बल खेल्दै तीन चौका र छ छक्का प्रहार गरे । हार्दिक पाण्ड्या पनि १३ रन बनाएर आन्द्रे रसेलको बलमा हिट विकेट भए ।

कोलकत्ताका शिभम् मावीले सर्वाधिक दुई विकेट लिए भने सुनिल नारायण र आन्द्रे रसेलले पनि १-१ विकेट हात पारे । नारायणले चार ओभरमा मात्र २२ रन तथा चार ओभर नै बलिङ गरेका मावीले एक मेडन ओभर सहित ३२ रन खर्चिए ।

१३औं संस्करणको आईपीएल कोलकत्ताले यो पहिलो खेल हो भने प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको थियो ।

मुम्बईले सर्वाधिक चार पटक तथा कोलकत्ता दुई पटक आईपीएलको उपाधि चुमेको छ । तर प्रतियोगितामा एक आपसको खेल हेर्ने हो मुम्बईको अघि कोलकत्ता निरिह देखिन्छ । दुबै टोली एक आपसमा २५ पटक भिडेका छन् जसमा कोलकत्ताले जम्मा छ खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

Click to comment

Trending