IPL
मुम्बईका कप्तान रोहितको अर्धशतकमा कोलकत्तालाई १९६ रनको विशाल लक्ष्य
Published
4 years agoon
By
wesportzकप्तान रोहित शर्माको अर्धशतकको मद्धतमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई १९६ रनको विशाल लक्ष्य दिएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो ।
दोश्रो ओभरको दोश्रो बलमा नै एक रन बनाएका ओपनर क्विन्टन डि कक आउट भए पछि खराब सुरुवात गरेको मुम्बईको पारी अर्का ओपनर तथा कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले सम्हाले । उनीहरु दुई मिलेर दोश्रो विकेटका लागि मात्र ५८ बलमा ९० रन जोडे ।
२८ बलको सामना गर्दै चौका र एक छक्काको मद्धतमा आक्रमक ४७ रन बनाएका यादव अर्धशतक पुरा गर्न नपाई दुर्भाग्यपुर्ण रन आउट हुन् पुगे ।
यादवको विकेटको पतन पछि शर्माले चौथों नम्बरमा ब्याटिङ गर्न आएका सौरव तिवारीसँग मिलेर मुम्बईको पारी अगाडी बढाए । शर्माले तेश्रो विकेटका लागि १३ बलमा २१ रन बनाएका तिवारीसँग मिलेर १६ बलमा ४९ रनको साझेदारी गरे । तिवारी सुनिल नारायणको शिकार बने ।
त्यस पछि कप्तान रोहित शर्मा पनि ८० रन बनाएर शिभम् मावीको बलमा आउट भए । १७ दशमलब पाँच ओभरमा आउट भएका शर्माले ५४ बल खेल्दै तीन चौका र छ छक्का प्रहार गरे । हार्दिक पाण्ड्या पनि १३ रन बनाएर आन्द्रे रसेलको बलमा हिट विकेट भए ।
कोलकत्ताका शिभम् मावीले सर्वाधिक दुई विकेट लिए भने सुनिल नारायण र आन्द्रे रसेलले पनि १-१ विकेट हात पारे । नारायणले चार ओभरमा मात्र २२ रन तथा चार ओभर नै बलिङ गरेका मावीले एक मेडन ओभर सहित ३२ रन खर्चिए ।
१३औं संस्करणको आईपीएल कोलकत्ताले यो पहिलो खेल हो भने प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको थियो ।
मुम्बईले सर्वाधिक चार पटक तथा कोलकत्ता दुई पटक आईपीएलको उपाधि चुमेको छ । तर प्रतियोगितामा एक आपसको खेल हेर्ने हो मुम्बईको अघि कोलकत्ता निरिह देखिन्छ । दुबै टोली एक आपसमा २५ पटक भिडेका छन् जसमा कोलकत्ताले जम्मा छ खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।
You may like
Headline
नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि
Published
3 years agoon
May 30, 2022By
wesportzकप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमन गिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासन साई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोन हेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
Headline
बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल
Published
3 years agoon
May 28, 2022By
wesportzओपनर जस बटलरले अविजित रहँदै शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले पाखा लगाउँदै राजस्थान रोयल्स दोश्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा नै उपाधि चुमेको राजस्थान पहिलो सिजन पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । १५ औँ संस्करणको उपाधिका लागि राजस्थानले अब नव प्रवेशी टोली गुजरात टाइटान्सको सामना गर्नेछ । राजस्थानसँग पराजित हुँदा बेंगलोरको फाइनल खेल्ने सपना चकनाचुर भएको छ ।
रजत पाटिदारले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको राजस्थानले बटलरको शतकीय पारीमा तीन विकेट गुमाएर ११ बल अगावै जित आत्मसाथ गर्यो ।
राजस्थानलाई दोश्रो पटक फाइनलमा पुर्याउने क्रममा ओपनर बटलरले अविजित रहँदै रनको पारी खेले । जारी सिजनको चौथो शतक प्रहार गर्ने क्रममा बटलरले ६० बल खेल्दै १० चौका र चार छक्का प्रहार गरे । बटलर बाहेक राजस्थानको जितमा कप्तान सन्जु सामसनले २३ तथा ओपनर यशस्वी जैसवालले २१ रन बनाए ।
एलिमिनेटर खेलमा शतक प्रहार गर्दै बेंगलोरलाई क्वालिफायर्स सम्मको यात्रा तय गराएका रजत पाटिदारले ४२ बलमा सर्वाधिक ५८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले १५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । पुर्व कप्तान विराट कोहली सात, महिपाल लोमरोर आठ, दिनेश कार्तिक ६ तथा वानिन्दु हसरंगा गोल्डेन डकआउट भए भने शहबाज अहमदले अविजित १२ रनको पारी खेले ।
बेंगलोरका ओबेड म्याककोय र प्रसिध कृष्णाले समान ३-३ विकेट हात पारे ।
Headline
पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा
Published
3 years agoon
May 26, 2022By
wesportzरजत पाटिदारले शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोर लखनउ सुपर जायन्ट्स माथि १४ रनको शानदार जित निकाल्दै १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायर्समा प्रवेश गरेको छ । बेंगलोरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर्समा पराजित राजस्थान रोयल्सको सामना गर्नेछ ।
तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाटिदारको अविजित शतकमा बेंगलोरले चार विकेट गुमाएर २०७ रनको विशाल योगफल बनायो । २०८ रनको लक्ष्य पछ्याएको लखनउले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १९३ रन मात्र जोड्न सक्यो ।
कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै लखनउलाई जित तर्फ उन्मुख गराए पनि १९ औँ ओभरमा जश हेजलउडको शिकार बन्दा एलिमिनेटरबाट नै बाहिरिन पुग्यो । ५८ बलको सामना गरेका राहुलले हेजलउडको बलमा शहबाज अहमदको हातबाट क्याच आउट हुनु अघि तीन चौका र पाँच छक्का सहित सर्वाधिक ७९ रन बनाए ।
ओपनर क्विन्टन डि कक ६ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनन वोहरा १९ रनमा आउट भए पन्नी राहुलले दिपक हूडासँग तेश्रो विकेटका लागि ६१ बलमा ९६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । २६ बलमा एक चौका र चार छक्का सहित ४५ रन बनाएका हूडाको विकेटको पतन पछि आएका मार्कस स्टोइनिस नौ र कुर्नाल पान्ड्या गोल्डेन डकआउट हुँदा लखनउको क्वालिफायर्सको सपना चकनाचुर भयो ।
लखनउलाई रोक्ने क्रममा जश हेजलउडले सर्वाधिक तीन विकेट लिए भने मोहम्म्मद सिराज, हर्षल पटेल र वानिन्दु हसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
बेंगलोरको जितमा अविजित रहेका पाटिदारले ५४ बल खेल्दै १२ चौका र सात छक्काको मद्दतमा सर्वाधिक ११२ रनको पारी खेले । २८ बलमा अर्धशतक प्रहार गरेका उनले दोश्रो अर्धशतक २१ बलमा पुरा गर्दा ४९ बलमा शतक पुरा गरेका थिए । त्यस्तै उनले पछिल्लो ४९ रन मात्र १८ बलमा पुरा गरेका थिए ।
ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान फाफ डु प्लेसिस गोल्डेन डकआउट भए पनि पाटिदारले पुर्व कप्तान विराट कोहलीसँग मिलेर ६६ रनको साझेदारी गर्दै बेंगलोरको पारी सम्हाले । कोहली २५, ग्लेन म्याक्सवेल नौ तथा महिपाल लौमरोर १४ रनमा आउट हुँदा बेंगलोर १३ दशमलब एक ओभरमा चार विकेटको नोक्सानीमा ११५ रनको अवस्थामा खुम्चिन पुग्यो ।
तर दबाबमा परेको बेंगलोरको लागि पाटिदारले विकेट किपर दिनेश कार्तिकसँग चौथो विकेटका लागि ४१ बलमा अविजित ९२ रनको साझेदारी गर्दै २०० को स्कोर पार गराए । उनीहरुले अन्तिम पाँच ओभरमा ८४ रन जोड्दै बेंगलोरलाई विशाल योगफल सम्म डोर्याए । अविजित रहेका कार्तिकले २३ बलमा पाँच चौका र एक छक्का सहित अविजित ३७ रनको योगदान दिए ।
लखनउका मोहसिन खान, कुर्नाल पान्ड्या, आवेश खान र रवि बिश्नोईले समान १-१ विकेट हात पारे ।