राष्ट्रिय

महिला क्रिकेटरहरुलाई समावेश गर्दै क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाक्ट तयार पार्यो

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला खेलाडीहरुलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै २०२० को लागि दुवै राष्ट्रिय टोली सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरुको सुचि तयार पारेको छ ।

क्यानले पुरुष तर्फ १८ र महिला तर्फ १९ जनालाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ । पुरुष खेलाडीहरुको तलबमा प्रत्येक बर्गमा १५ हजारको बृद्धि गरिएको छ भने महिला खेलाडीहरुलाई ए, बि र सि गरि तीन श्रेणीमा बर्गिकरण गरिएको छ ।

महिलामा ए श्रेणीमा पर्ने खेलाडीले १५ हजार, बी श्रेणीमा पर्ने खेलाडीले १२ हजार र सी श्रेणीमा पर्ने खेलाडीले १० हजार रुपैयाँ पाउने भएका छन । खेलाडीहरुको सम्झौता २०२० को शुरुवातबाट नै लागु हुनेछ ।

पुरुष तर्फको नयाँ बर्गिकरण
कप्तान ज्ञानेन्द्र मल्ल र पुर्व कप्तान पारस खड्कासहित सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारीलाई ए ग्रेडको कन्ट्रयाक्ट दिइएको छ । बि ग्रेडमा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ रहेका छन् ।

त्यस्तै सि ग्रेडमा सुभाष खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अभिनाश बोहोरा र कमल सिँह ऐरि रहेका छन् ।

महिला तर्फको बर्गिकरण
कप्तान रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सिता रानामगर र करुणा भण्डारीले ए ग्रेडको कन्ट्रयाक्ट पाएका छन् । बि ग्रेडमा ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर रहेका छन् ।

सि ग्रेडमा कविता कुवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र सोभा आले रहेका छन् ।

Click to comment

Trending