IPL

निकै रोमान्चक खेलमा दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित 

Published

on

निकै नै रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले तीन बलमा मात्र दुई रन बनाउन सक्यो र आफ्नो दुई विकेट गुमायो । पहिलो बलमा केएल राहुलले दुई रन लिए पनि अर्को दुई बलमा कागिसो रबाडाले राहुल र निकोलस पुरणको विकेट लिए पछि दिल्लीले जितका लागि तीन रनको लक्ष्य पाएको हो । जवाफी ब्याटिङ गरेको दिल्लीले एक बल खेल्दै जित हात पार्यो ।

जितका लागि १५८ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले पुरै खेल्दै आठ विकेटको नोक्सानी १५७ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो ।

अन्तिम ओभरमा जितका लागि १३ रन आवस्यक रहेको अवस्थामा अगरवालले लगातार तीन बलमा छक्का, दुई र चौका प्रहार गर्दै खेललाई तीन बलमा एक रन चाहिने अवस्था सम्म पुर्याय । तर अन्तिम तीन बलमा एक रन आवस्यक रहेको अवस्थामा मार्कस स्टोइनिसले पहिलो बल डट र त्यस पछिका बाँकी दुई बलमा मायाँक अगरवाल र क्रिस जोर्डनको विकेट निकाले पछि खेल बराबरी हुन पुग्यो ।

पहिलो विकेटका लागि ओपनरद्वय कप्तान केएल राहुल र मायाँक अगरवालले ३० रनको साझेदारी गर्दै मध्यम सुरुवात दिए । तर २१ रन बनाएका राहुल मोहित शर्माको बलमा आउट भए पछि पन्जाबको पतन सुरु भयो ।

दिल्लीका रविचन्द्रन अश्विन र कागिसो रबाडाले आठ बलको अन्तरालमा करुण नायर र ग्लेन म्याक्सवेल समान १-१ रन तथा निकोलस पुरणलाई शुन्य रनमा पेभेलियन पठाए पछि पन्जाब ३५ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो । सर्फराज खानले पनि १२ रन भन्दा जोड्न सकेनन् ।

अगरवाल र कृष्ण्प्पा गौथमले छैठौं विकेटका लागि ४६ रन जोड्दै पन्जाबलाई जित तर्फ लगे । तर २० रनमा गौथम पनि आउट हुन पुगे । अगरवालले एक छोडबाट पारी सम्हाल्दै पन्जाबको जित सुनिश्चित गरे । पन्जाबलाई जितका लागि दुई बलमा एक रन आवस्यक परेको अवस्थामा आउट भएका उनले ६० बलको सामना गर्दै सात चौका र चार छक्काको मद्धतमा सर्वाधिक ८९ रन बनाए ।

दिल्लीका अश्विन, रबाडा र स्टोइनिसले समान २-२ विकेट हात पारे । एक ओभर मात्र बलिङ गरेका अश्विन मात्र दुई रन खर्चिए । तर उनी आफ्नो पहिलो ओभरको अन्तिम बलमा बल रोक्ने क्रममा घाइते भएका कारण त्यस पछि बलिङ गर्न सकेनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवातका बाबजुद पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो ।

छैठौं नम्बरमा ब्याटिङ गर्न आएका मार्कस स्टोइनिसले दिल्लीको तर्फबाट सर्वाधिक ५३ रन बनाए । दिल्लीको पारीको अन्तिम बलमा रन आउट हुन पुगेका उनले तुफानी पारी खेल्दै २१ बलमा सात चौका र तीन छक्का प्रहार गरे ।

ओपनरद्वय शिखर धवन र पृथ्वी श क्रमश शुन्य र पाँच रन तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न. आएका शिम्रोन हेटमायर सात रन बनाएर आउट हुँदा १३ रनमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले ७३ रन जोड्दै दिल्लीको पारी सम्हाल्ने कोशिश गरे ।

तर ३२ बलमा तीन छक्काको मद्धतमा ३९ रन बनाएका कप्तान ऐयर र २९ बलमा चार चौका सहित ३१ रन बनाएका पन्त तीन बलको अन्तरालमा आउट भए पछि दिल्ली १४ दशमलब एक ओभरमा ८७ रनको अवस्थामा पाँच विकेटको अवस्थामा खुम्चिन पुग्यो ।

पन्जाबका मोहम्मद शामीले सर्वाधिक तीन विकेट हात पारे । घातक बलिङ गरेका उनले चार ओभरमा मात्र १५ रन खर्चिए । त्यस्तै शेल्डन कोट्रेलले दुई विकेट लिए भने भारत यु१९ टोलीका लेग स्पिनर रवि बिष्नोईले पनि आफ्नो डेब्यु खेलमा चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर आफ्नो नाममा एक विकेट दर्ता गराए ।

दिल्लीले आजको खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएन ।

Click to comment

Trending