IPL
निकै रोमान्चक खेलमा दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित

Published
3 years agoon
By
wesportz
निकै नै रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले तीन बलमा मात्र दुई रन बनाउन सक्यो र आफ्नो दुई विकेट गुमायो । पहिलो बलमा केएल राहुलले दुई रन लिए पनि अर्को दुई बलमा कागिसो रबाडाले राहुल र निकोलस पुरणको विकेट लिए पछि दिल्लीले जितका लागि तीन रनको लक्ष्य पाएको हो । जवाफी ब्याटिङ गरेको दिल्लीले एक बल खेल्दै जित हात पार्यो ।
जितका लागि १५८ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले पुरै खेल्दै आठ विकेटको नोक्सानी १५७ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो ।
अन्तिम ओभरमा जितका लागि १३ रन आवस्यक रहेको अवस्थामा अगरवालले लगातार तीन बलमा छक्का, दुई र चौका प्रहार गर्दै खेललाई तीन बलमा एक रन चाहिने अवस्था सम्म पुर्याय । तर अन्तिम तीन बलमा एक रन आवस्यक रहेको अवस्थामा मार्कस स्टोइनिसले पहिलो बल डट र त्यस पछिका बाँकी दुई बलमा मायाँक अगरवाल र क्रिस जोर्डनको विकेट निकाले पछि खेल बराबरी हुन पुग्यो ।
पहिलो विकेटका लागि ओपनरद्वय कप्तान केएल राहुल र मायाँक अगरवालले ३० रनको साझेदारी गर्दै मध्यम सुरुवात दिए । तर २१ रन बनाएका राहुल मोहित शर्माको बलमा आउट भए पछि पन्जाबको पतन सुरु भयो ।
दिल्लीका रविचन्द्रन अश्विन र कागिसो रबाडाले आठ बलको अन्तरालमा करुण नायर र ग्लेन म्याक्सवेल समान १-१ रन तथा निकोलस पुरणलाई शुन्य रनमा पेभेलियन पठाए पछि पन्जाब ३५ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो । सर्फराज खानले पनि १२ रन भन्दा जोड्न सकेनन् ।
अगरवाल र कृष्ण्प्पा गौथमले छैठौं विकेटका लागि ४६ रन जोड्दै पन्जाबलाई जित तर्फ लगे । तर २० रनमा गौथम पनि आउट हुन पुगे । अगरवालले एक छोडबाट पारी सम्हाल्दै पन्जाबको जित सुनिश्चित गरे । पन्जाबलाई जितका लागि दुई बलमा एक रन आवस्यक परेको अवस्थामा आउट भएका उनले ६० बलको सामना गर्दै सात चौका र चार छक्काको मद्धतमा सर्वाधिक ८९ रन बनाए ।
दिल्लीका अश्विन, रबाडा र स्टोइनिसले समान २-२ विकेट हात पारे । एक ओभर मात्र बलिङ गरेका अश्विन मात्र दुई रन खर्चिए । तर उनी आफ्नो पहिलो ओभरको अन्तिम बलमा बल रोक्ने क्रममा घाइते भएका कारण त्यस पछि बलिङ गर्न सकेनन् ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवातका बाबजुद पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो ।
छैठौं नम्बरमा ब्याटिङ गर्न आएका मार्कस स्टोइनिसले दिल्लीको तर्फबाट सर्वाधिक ५३ रन बनाए । दिल्लीको पारीको अन्तिम बलमा रन आउट हुन पुगेका उनले तुफानी पारी खेल्दै २१ बलमा सात चौका र तीन छक्का प्रहार गरे ।
ओपनरद्वय शिखर धवन र पृथ्वी श क्रमश शुन्य र पाँच रन तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न. आएका शिम्रोन हेटमायर सात रन बनाएर आउट हुँदा १३ रनमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले ७३ रन जोड्दै दिल्लीको पारी सम्हाल्ने कोशिश गरे ।
तर ३२ बलमा तीन छक्काको मद्धतमा ३९ रन बनाएका कप्तान ऐयर र २९ बलमा चार चौका सहित ३१ रन बनाएका पन्त तीन बलको अन्तरालमा आउट भए पछि दिल्ली १४ दशमलब एक ओभरमा ८७ रनको अवस्थामा पाँच विकेटको अवस्थामा खुम्चिन पुग्यो ।
पन्जाबका मोहम्मद शामीले सर्वाधिक तीन विकेट हात पारे । घातक बलिङ गरेका उनले चार ओभरमा मात्र १५ रन खर्चिए । त्यस्तै शेल्डन कोट्रेलले दुई विकेट लिए भने भारत यु१९ टोलीका लेग स्पिनर रवि बिष्नोईले पनि आफ्नो डेब्यु खेलमा चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर आफ्नो नाममा एक विकेट दर्ता गराए ।
दिल्लीले आजको खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएन ।
You may like
Headline
नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि

Published
2 years agoon
May 30, 2022By
wesportz
कप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमन गिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासन साई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोन हेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
Headline
बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल

Published
2 years agoon
May 28, 2022By
wesportz
ओपनर जस बटलरले अविजित रहँदै शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले पाखा लगाउँदै राजस्थान रोयल्स दोश्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा नै उपाधि चुमेको राजस्थान पहिलो सिजन पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । १५ औँ संस्करणको उपाधिका लागि राजस्थानले अब नव प्रवेशी टोली गुजरात टाइटान्सको सामना गर्नेछ । राजस्थानसँग पराजित हुँदा बेंगलोरको फाइनल खेल्ने सपना चकनाचुर भएको छ ।
रजत पाटिदारले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको राजस्थानले बटलरको शतकीय पारीमा तीन विकेट गुमाएर ११ बल अगावै जित आत्मसाथ गर्यो ।
राजस्थानलाई दोश्रो पटक फाइनलमा पुर्याउने क्रममा ओपनर बटलरले अविजित रहँदै रनको पारी खेले । जारी सिजनको चौथो शतक प्रहार गर्ने क्रममा बटलरले ६० बल खेल्दै १० चौका र चार छक्का प्रहार गरे । बटलर बाहेक राजस्थानको जितमा कप्तान सन्जु सामसनले २३ तथा ओपनर यशस्वी जैसवालले २१ रन बनाए ।
एलिमिनेटर खेलमा शतक प्रहार गर्दै बेंगलोरलाई क्वालिफायर्स सम्मको यात्रा तय गराएका रजत पाटिदारले ४२ बलमा सर्वाधिक ५८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले १५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । पुर्व कप्तान विराट कोहली सात, महिपाल लोमरोर आठ, दिनेश कार्तिक ६ तथा वानिन्दु हसरंगा गोल्डेन डकआउट भए भने शहबाज अहमदले अविजित १२ रनको पारी खेले ।
बेंगलोरका ओबेड म्याककोय र प्रसिध कृष्णाले समान ३-३ विकेट हात पारे ।
Headline
पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा

Published
2 years agoon
May 26, 2022By
wesportz
रजत पाटिदारले शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोर लखनउ सुपर जायन्ट्स माथि १४ रनको शानदार जित निकाल्दै १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायर्समा प्रवेश गरेको छ । बेंगलोरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर्समा पराजित राजस्थान रोयल्सको सामना गर्नेछ ।
तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाटिदारको अविजित शतकमा बेंगलोरले चार विकेट गुमाएर २०७ रनको विशाल योगफल बनायो । २०८ रनको लक्ष्य पछ्याएको लखनउले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १९३ रन मात्र जोड्न सक्यो ।
कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै लखनउलाई जित तर्फ उन्मुख गराए पनि १९ औँ ओभरमा जश हेजलउडको शिकार बन्दा एलिमिनेटरबाट नै बाहिरिन पुग्यो । ५८ बलको सामना गरेका राहुलले हेजलउडको बलमा शहबाज अहमदको हातबाट क्याच आउट हुनु अघि तीन चौका र पाँच छक्का सहित सर्वाधिक ७९ रन बनाए ।
ओपनर क्विन्टन डि कक ६ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनन वोहरा १९ रनमा आउट भए पन्नी राहुलले दिपक हूडासँग तेश्रो विकेटका लागि ६१ बलमा ९६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । २६ बलमा एक चौका र चार छक्का सहित ४५ रन बनाएका हूडाको विकेटको पतन पछि आएका मार्कस स्टोइनिस नौ र कुर्नाल पान्ड्या गोल्डेन डकआउट हुँदा लखनउको क्वालिफायर्सको सपना चकनाचुर भयो ।
लखनउलाई रोक्ने क्रममा जश हेजलउडले सर्वाधिक तीन विकेट लिए भने मोहम्म्मद सिराज, हर्षल पटेल र वानिन्दु हसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
बेंगलोरको जितमा अविजित रहेका पाटिदारले ५४ बल खेल्दै १२ चौका र सात छक्काको मद्दतमा सर्वाधिक ११२ रनको पारी खेले । २८ बलमा अर्धशतक प्रहार गरेका उनले दोश्रो अर्धशतक २१ बलमा पुरा गर्दा ४९ बलमा शतक पुरा गरेका थिए । त्यस्तै उनले पछिल्लो ४९ रन मात्र १८ बलमा पुरा गरेका थिए ।
ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान फाफ डु प्लेसिस गोल्डेन डकआउट भए पनि पाटिदारले पुर्व कप्तान विराट कोहलीसँग मिलेर ६६ रनको साझेदारी गर्दै बेंगलोरको पारी सम्हाले । कोहली २५, ग्लेन म्याक्सवेल नौ तथा महिपाल लौमरोर १४ रनमा आउट हुँदा बेंगलोर १३ दशमलब एक ओभरमा चार विकेटको नोक्सानीमा ११५ रनको अवस्थामा खुम्चिन पुग्यो ।
तर दबाबमा परेको बेंगलोरको लागि पाटिदारले विकेट किपर दिनेश कार्तिकसँग चौथो विकेटका लागि ४१ बलमा अविजित ९२ रनको साझेदारी गर्दै २०० को स्कोर पार गराए । उनीहरुले अन्तिम पाँच ओभरमा ८४ रन जोड्दै बेंगलोरलाई विशाल योगफल सम्म डोर्याए । अविजित रहेका कार्तिकले २३ बलमा पाँच चौका र एक छक्का सहित अविजित ३७ रनको योगदान दिए ।
लखनउका मोहसिन खान, कुर्नाल पान्ड्या, आवेश खान र रवि बिश्नोईले समान १-१ विकेट हात पारे ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
